Presidential
  • संशोधन पक्षमा दुईतिहाइ जुटेको हिसाव

     १५ वैशाख । सरकारले संसद्मा प्रस्तुत गरेको संविधान संशोधनमा दुईतिहाइ पु¥याउन कसरत थालेको छ । यसका लागि संसद्मा प्रतिनिधित्व गरेका सबै दलसँग औपचारिक–अनौपचारिक रूपमा छलफल चलिरहेको कानुनमन्त्री अजयशंकर नायकले जानकारी दिए । ‘सबै पक्षसँग छलफल भइरहेको छ, सकारात्मक वातावरण निर्माण हुँदै गइरहेको छ,’ मन्त्री नायकले नयाँ पत्रिकासँग भने, ‘..

  • तीन सय पूर्वलडाकु पर्यवेक्षक , विदेशीले पाएनन् अनुमति

    १५ वैशाख । स्थानीय तह निर्वाचनमा स्वदेशी संस्थाहरूले मात्र निर्वाचन अनुगमन तथा पर्यवेक्षण ..

  • विधेयक पारित हुन नदिने कसरतमा विपक्षी गठबन्धन

     १५ वैशाख । एमाले नेतृत्वको आठ दलको विपक्षी गठबन्धनले संविधान संशोधनको पक्षमा दुईतिहाइ बहु..

  • विपक्षी गठबन्धनले पनि संशोधन हाल्ने

    १५ वैशाख । एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा बिहीबार बसेको विपक्षी गठबन्धनको बैठकले स..

  • राष्ट्र बैंकले ८ करोडमा बेच्यो दुईवटा दरबार

     १५ वैशाख । दुई वर्षअघि गएको भूकम्पका कारण भत्किएका राष्ट्र बैंकको बालुवाटारस्थित मुख्यालय..

  • म्यादी प्रहरीमा विप्लवका कार्यकर्ताको घुसपैठ !

    १५ वैशाख । गृहमन्त्रालयले म्यादी प्रहरीमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र मधेसी मोर्चका कार्यकर्ताको घुसपैठ भएको भन्दै त्यसमाथि नै कडा निगरानी गर्न थालेको छ ।  स्थानीय तहको निर्वाचन सुरक्षाका लागि भर्ना गरिउका म्यादी प्रहरीमा निर्वाचन विरोधीको घुसपैठ भएको हुन सक्ने भन्दै म्यादी प्रहरीमाथि कडा निगरानी गर्न थालिएको हो ।..

  • कर्मचारीको पदपूर्ति एक वर्ष रोक्ने प्रस्ताव

    १५ वैशाख । सरकारले सङ्घीय संरचनाअनुसार तीन तहमा कर्मचारी समायोजन प्रक्रियाका लागि एक वर्षसम्म सरकारी कर्मचारी पदपूर्तिमा रोक लगाउने गरी समायोजन विधेयक संसद्मा दर्ता गरेको छ । तीनै तहका लागि आवश्यक कर्मचारी व्यवस्थापन सर्वेक्षण प्रतिवेदन प्राप्त नहुँदासम्म कम्तीमा एक वर्षका लागि कर्मचारी पदपूर्तिमा रोक लगाउने प्रस्ताव सरकारले गरे..

  • सर्वदलीय बैठक आज

    १५ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचन, संविधान संशोधनलगायत विषयमा छलफल गर्न शुक्रबार सर्वदलीय बैठक आयोजना गर्नुभएको छ । प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्न व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका नेतालाई बैठकमा आमन्..

  • ५५ दिन हराएका ताइवानीको तौल ३० केजी घट्यो

    १५ वैशाख । खोजी गर्न कतै बाँकी थिएन । फागुन २० देखि देश विदेशका सञ्चार माध्यम, सामाजिक सञ्जाल, जमिन र हेलिकोप्टरबाट समेत खोजी भएको थियो । बेपत्ता भएको लामो समय भइसकेकाले परिवारलाई छोराको सास पाउने आशा झिनो थियो । आमा बाबुको मन मानेन । लासै भए पनि खोज्ने भन्दै अन्तिम प्रयास गर्न ताइवानबाटै एसियन ट्रेकिङ एजेन्सीलाई […]

  • एमालेलाई चिड्याउदै प्रधानमन्त्री, मोर्चासँग गरे यस्तो सहमति

    १५ वैशाख । प्रमुख प्रतिपक्षसँग स्थानीय तहको संख्या नबढाउने सहमति गरेको सरकारले बिहीबार मधेसी मोर्चालाई संख्या थपका लागि मापदण्ड बनाउन सहमत गराएको छ । सत्ता गठबन्धन र एमालेबीच बुधबार स्थानीय तहको संख्या थप गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्ने सहमति भएपछि मधेसी मोर्चाका नेताले बिहीबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेका..

  • यस्तो छ संशोधन फेल गर्ने एमालेको रणनीति

    १४ वैशाख । १.प्रक्रियामा अवरोध नगर्ने एमालेले संविधान संशोधन विधेयकमाथिको छलफल प्रक्रियामा अवरोध नगर्ने नीति लिएको छ । विधेयकको भन्डाफोर हुनेगरी पार्टीको धारणा राख्ने, तर मतदानसम्मको प्रक्रियामा कुनै अवरोध नगर्ने नीति एमालेको छ । तर, स्थानीय तहको संख्या थप्ने निर्णय सरकारले फिर्ता लिएपछि बुधबारबाटै सदन सुचारु भएको छ । २.दुईतिहाइ..

  • पछि हट्यो सरकार, संसद अवरोध खुल्यो

    १४ वैशाख । सरकारले नयाँ मापदण्ड बनाई २ र ५ नम्बर प्रदेशका ११ जिल्लामा स्थानीय तहको संख्या थप्ने निर्णय फिर्ता लिएको छ । संवैधानिक र कानुनी हिसाबले तथा निर्वाचन कार्यक्रम सार्वजनिक भइसकेपछि संख्या थप्न नमिल्ने भन्दै प्रमुख विपक्षी एमालेले संसद् अवरोध गरेपछि सरकार आफ्नो निर्णयबाट पछि हटेको हो । संख्या थपका लागि पठाइएको पत्र सरकारल..

  • राजतन्त्रसहितको लोकतन्त्र-राप्रपा 

    १४ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तहको निर्वाचनलक्षित संकल्पपत्र सार्वजनिक गरेको छ । आगामी दश वर्षमा प्रत्येक नगरपालिकालाई आधुनिक र सबै सुविधायुक्त सहर ‘स्मार्ट सिटी’का रूपमा विकास गर्ने राप्रपाको संकल्प छ । राप्रपा अध्यक्ष कमल थापा, वरिष्ठ नेताहरू विश्वबन्धु थापा र पशुपतिशमशेर राणाले संयुक्त रूपमा सार्वजनिक गरेक..

  • राष्ट्रपति कार्यालयले टेरेन : ताकेतापछि अरु ठूला कार्यालयले तिरे बिल

    १४ वैशाख । पटकपटकको ताकेता पछि ठूलाबडाले पानीको बक्यौता तिरेका छन् । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) लाई लामो समयसम्म पानीको बिल नतिरेपछि तालुकदार निकाय खानेपानी तथा सरसफाई मन्त्रालयले पत्रै काटेर ताकेता गरेपछि बक्यौता तिरेका हुन् । मन्त्रालयका अनुसार प्रधानमन्त्री निवास बालुवाटरले वैशाख १० गतेसम्मको पानी बक्यौता रक..

  • कृषि मन्त्रालयका ९५ टोली विदेश भ्रमणमा

    १४ वैशाख ।  कृषि विकास मन्त्रालयका कर्मचारी अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आइएनजिओ) को खर्चमा विदेश भ्रमण गर्ने क्रम बढेको छ । चालू आर्थिक वर्ष ०७३÷७४ को चैत मसान्तसम्म ९५ पटक गरी ३ सय २८ कर्मचारी विदेश भ्रमणमा गइसकेका छन् । यस अवधिमा २१ भन्दा बढी देशमा कृषिका कर्मचारी पुगेका छन् । कृषिका विभिन्न परियोजनामा लगानी गर्न [&helli..

  • दुर्इ जिल्लामा दुवै चरणमा चुनाव

     १४ वैशाख । नवलपरासी र रुकुम जिल्लामा दुई/दुई चरणमा चुनाव हुने भएको छ। स्थानीय चुनाव प्रयोजनका लागि सरकारले ती दुई जिल्लाको केही ठाउँ हेरफेरसहित कुन–कुन भाग कुन प्रदेशमा पर्ने भन्ने विषय टुंग्याएको छ। यी दुई जिल्लाका ४ र ६ नम्बर प्रदेशमा पर्ने गाउँपालिका र नगरपालिकामा पहिलो चरणमा वैशाख ३१ मा र ५ नम्बर प्रदेशमा पर्ने […]

  • शिर्ष नेताहरु प्रचण्ड, ओली र देउवाबीच भनाभन

    १४ वैशाख बुधबारको शिर्ष नेताको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेर बहादुर देउवा तथा एमाले अध्यक्ष केपी ओली बीच भनाभन भएको छ । ओली : निर्वाचन मिति तपाईंहरू आफैँले घोषणा गरेको होइन ? देउवाजी आफैँले निर्वाचन एक चरणमा गर्ने, त्यो पनि वैशाखमै गर्ने भनेपछि ३१ वैशाखमा मिति घोषणा भएको होइन ? त्यो मिति हामीले [&helli..

  • ५५ दिनपछि प्रेमीको जीवितै उद्धार

    १४ वैशाख । रिब दुइ महिनादेखि उत्तरी भादिङबाट हराइरहेका दुई ताइवानी पर्यटकको एसियन ट्रेकिङएजेन्सी र सिम्रिक हेलिकोप्टरले बिहीबार उद्धार गरेका छन् । ती मध्ये एकको तीन दिनअघि मृत्यु भएको थियो ।उद्धार टोलीले उत्तरी धादिङको रुबीध्याली गाउँपालिकामा ती पर्यटकको जोडीलाई फेला पारेको हो । उद्धार टोलीले खोँचमा खसेर एक जना बेहोस र अर्का एकज..

  • घर पुगेका मन्त्री र सांसद बोलाएर कोरम पुर्याइयो

    १४ वैशाख । विपक्षी एमालेसँगको सहमतिमा खुलेको संसद गणपूरक संख्या नपुगी स्थगन भएपछि घर पुगेका सांसद र मन्त्रीहरूलाई बोलाएर सत्तापक्षले कोरम र्पुयाएको थियो । मधेसकेन्द्रित दलसँगको सहमतिअनुसार वैशाख १८ भित्र संशोधन विधेयक पारित गरिसक्न बिहीबार नै संविधान संशोधन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पारित गराउने तयारीमा सत्तापक्ष थ..

  • स्थानीय निर्वाचन फेरि धरापमा : गोलचक्करमा देश

    १४ वैशाख । संसद् अवरोध गरिरहेको एमालेको मागअनुसार सरकारले मधेसमा स्थानीय तहको संख्या बढाउने परिपत्र फिर्ता लिएपछि मधेसी दल भड्किएका छन् । उनीहरूले फिर्ता लिएका आन्दोलनका कार्यक्रम फेरि ब्युँताउने र निर्वाचन बहिष्कार गर्ने चेतावनी दिएका छन् । सरकारले मधेसी मोर्चासँग २ र ५ नम्बर प्रदेशका ११ जिल्लामा नयाँ मापदण्डका आधारमा जनसंख्याक..

  • देउवालाई पीरैपीर !

    १३ वैशाख । अहिले देउवामाथि एउटा मात्र होइन अनेकथरी पीडाको पहाड छ । उम्मेदवारी छनोटको लफडा त छँदै थियो, आपसी भागबण्डाको चक्करले झन् ठूलो रिँगटा छुटाएको अवस्था छ । एकातिर रामचन्द्रले ४० प्रतिशत मागेका छन् । अर्कातिर कोइरालाहरुको उस्तै दबाब छ । खुमबहादुरको असन्तुष्टि व्यवस्थापन, मधेसी नेताको अपेक्षा आआफ्नै ठाउँमा । नेतापिच्छेको आका..

  • प्रधानमन्त्रीलाई ओलीका चार प्रश्न

     १३ वैशाख । १. दुई चरणमा निर्वाचन किन ? कांग्रेस, माओवादीकै सहमतिका आधारमा ३१ वैशाखको मिति घोषणा भएको थियो, देउवाजीले त अझै एकै चरणमा निर्वाचन गराउने अडानै लिनुभएको थियो, अनि तपाईंहरूले नै निर्वाचनको मिति घोषणा गर्नुभएको थियो, हामीले घोषणा गरेको त होइन ? यो निर्वाचन नै नगर्ने सोच त होइन ? २. बजेटपछि निर्वाचन कसरी […]

  • उत्तर कोरियामा नेपाली नेतामाथि मुक्का

    १३ वैशाख । जसले नेतृत्व गरेर विदेश लग्यो उसलाई आफैंले लगेका मान्छेबाट कुटाइ खानुप¥यो भने के हालत होला ? त्यो पनि उत्तर कोरियाजस्तो अत्यन्त कडा कानुनी व्यवस्था भएको देशमा !  उत्तर कोरिायका संस्थापक राष्ट्रनेता किम इल सुङको १०५ औं जन्मजयन्तीको अवसर पारेर नेपालबाट १५ जनाको समूह प्योङयाङ गएको थियो । जसमा फरक–फरक तीनवटा प्रतिनिधि मण्..

  • यादव-गच्छदार तालमेलको तयारी

    १३ वैशाख । ६ मधेसकेन्द्रित दलहरुबीच एकताबाट राष्ट्रिय जनता पार्टी नबन्दासम्म नयाँ शक्ति पार्टीसित एकता गर्नेमा संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादवको ठिकठिकै जोड थियो । आफूले चाहेजस्तो संविधान संशोधन नभईसकेकाले उनी संविधान जारीकर्तामध्ये एक बाबुराम भट्टराईसित तत्कालै जोडिइहाल्दा मधेसी मतदाताबीच गलत सन्देश जाने भयले जोडिइहाल..

  • आयल निगमबाटै हुन्छ यसरी ठगी

    १३ वैशाख । नेपाल आयल निगमले पेट्रोल पम्पलाई तोकिएको परिणामभन्दा कम तेल दिएको भेटिएको छ । नेपाल गुणस्तर तथा नापतौल कार्यालयले गरेको छड्के अनुगमनमा चार हजार लिटरमा ९९ लिटर कम पेट्रोल दिएको तथ्य फेला परेकोहो । काठमाडौंको कालीमाटीस्थित माली पेट्रोल पम्पमा सोमबार पेट्रोल ट्यांकरको पेट्रोल नाप्दा परिणाम कम भेटिएको हो । नागरिक दैनिकमा ..

  • बजेट असार ३० मा आउने सम्भावना

    १३ वैशाख । स्थानीय तह निर्वाचनको मुखमा एमालेले नयाँ कार्यक्रमसहितको बजेट ल्याउन नदिने भनेपछि आउने आर्थिक वर्षको बजेट असार ३० गते आउने सम्भावना बढेको छ ।अर्थ मन्त्रालयमा भएको छलफल जेठ १५ गते बजेट पेस गर्नुपर्ने संविधानको धारा निलम्बन गरी यसपालि असार ३० गते बजेट पेस गर्ने निष्कर्षमा टुंगिएको स्रोतले बतायो । उपप्रधान तथा अर्थमन्त्र..

  • कति नेपाली इन्टरनेटमा हरेक दिन जोडिन्छन् ?

    १३ वैशाख । हरेक दिन कति नेपाली इन्टरनेटमा जोडिएलान् ? दुइ चार सय वा हजार ? सरकारी तथ्यांक अनुसार हरेक दिन ६ हजार भन्दा बढी नेपाली इन्टरनेटमा जोडिने गरेका छन् । नेपाल दुरसञ्चार प्राधिकरणले निकालेको पछिल्लो व्यवस्थापन सूचना प्रणाली (एमआइएस) प्रतिवेदनको तुलनात्कम विश्लेषण गर्दा यस्तो तथ्य आएको हो । पछिल्लो दुई प्रतिवेदनलाई आधार मान..

  • ११ जिल्लामा स्थानीय तहको नयाँ मापदण्ड

    १३ वैशाख । सरकारले २ र ५ नम्बर प्रदेशका ११ जिल्लामा मात्र नयाँ मापदण्ड बनाई स्थानीय तहको संख्या थप गर्न सम्बन्धित जिल्लालाई पत्राचार गरेपछि प्रमुख विपक्षी एमालेले संसद् अवरोध गरेको छ । जनसंख्याका आधारमा स्थानीय तह बनाउनुपर्ने मधेसकेन्द्रित दलका माग सम्बोधन गर्न भन्दै सरकारले ११ जिल्लामा नयाँ मापदण्डअनुसार स्थानीय तहको संख्या पुन..

  • कसले चलायो लोकमान आगमनको हल्ला ?

    १३ वैशाख । आफ्नो ज्यान सुरक्षित हुने नदेखिएपछि देश छोड्न बाध्य भएका तात्कालिक अख्तियार प्रमुख लोकमानसिंह कार्की अझै स्वदेश फर्किन सकेका छैनन् । गत पुसमा सर्वोच्च अदालतका केही न्यायाधीशहरुको निर्णयबाट पदमुक्त गरिएका कार्कीको सुरक्षा व्यवस्था हटाइएपछि उनले देश छोडेका थिए । अख्तियार प्रमुखको जिम्मेवारीमा रहँदा सर्वाधिक सुरक्षा चुनौ..

  • कांग्रेसको घोषणापत्र बजेटजस्तै

    १३ वैशाख । संसद्को सबैभन्दा ठूलो दल कांग्रेसले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै बर्सेनि तीन लाखभन्दा बढीलाई रोजगारी दिनेदेखि बर्सेनि एक खर्ब विदेशी लगानी ल्याउनेसहितका महत्वाकांक्षी योजनासहितको निर्वाचन घोषणापत्र ल्याएको छ । ३१ वैशाखको निर्वाचन आउन १९ दिन मात्र बाँकी हुँदा कांग्रेसले मंगलबार जारी गरेको घोषणापत्र सरकारको नीत..

        
            Loading...     
        

    अन्तरवार्ता

    समाचार