Presidential
  • महरा-रोशनीको फरेन्सिक जाँच, रोशनीको शरीरको चोटमा बाहिरी मानिसको संलग्नता

    काठमाडौं, २८ असोज । निवर्तमान सभामुख कृष्णबहादुर महराबाट बलात्कार प्रयासकी पीडित रोशनी शाहीको शरीरमा लागेका चोटपटकमा बाहिरी मानिसको संलग्नता रहेको पुष्टि भएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको फरेन्सिक जाँचबाट रोशनीको अनुहारलगायत शरीरका विभिन्न भागमा लागेको चोटपटकमा बाहिर मानिसको संलग्नता देखिएको उच्च स्रोतले जानकारी..

  • चिनियाँ राष्ट्रपति सी स्वदेश प्रस्थान

    काठमाडौँ, २६ असोज। चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपालको दुई दिने राजकीय भ्रमण सक..

  • नेपाल–चीनबीच बीस समझदारीपत्रमा हस्ताक्षर   

    काठमाडौँ, २६ असोज। नेपालका सरकार प्रमुख र चीनका राष्ट्राध्यक्षको तहमा प्रतिनिधिम..

  • सबै तहमा सम्बन्ध बढाउन नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीे सहमत 

    काठमाडौँ, २६ असोज ।  नेपालको राजकीय भ्रमणमा रहनुभएका चिनियाँ राष्ट्रपति सी चीनफि..

  • सांसद अफ्ताव आलम रौतहटबाट पक्राउ

    रौतहट, २६ असोज । नेपाली कांग्रेसका सांसद मोहम्मद आफताब आलम पक्राउ परेका छन् । रौ..

  • सङ्घीयता अध्ययन केन्द्र स्थापना   

    काठमाडौैँ, १६ असोज  । परिवर्तित संरचननुसार सार्वजनिक प्रशासन तथा विभिन्न तहका सरकारको क्षमता अभिवृद्धि गर्दै सङ्घीय शासन प्रणालीका विभिन्न पक्षमा अध्ययन, अनुसन्धान तथा क्षमता अभिवृद्धि गर्न विशिष्ट संस्थाको आवश्यकता महसुस गरी नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले सङ्घीयता अध्ययन केन्द्र स्थापना गरी सञ्चालनमा ल्याएको छ । केन्द्र..

  • क्रान्तिका नाममा रीतिरिवाज तोड्नु हुँदैन: उपप्रधानमन्त्री पोखरेल

    काठमाडौँ, १६ असोज । उपप्रधानमन्त्री ईश्वर पोखरेलले सांस्कृतिक क्रान्तिका नाममा परम्परागत पहिचान र रीतिरिवाजलाई तोड्न नहुने बताउनुभएको छ । विजयादशमीका अवसरमा कामपा–५ हाँडीगाउँमा त्रिशक्ति युवा क्लबले बुधबार आयोजना गरेको दुर्गा पूजा समारोहमा उपप्रधानमन्त्री पोखरेलले कसैले पनि कसैको आस्था र विश्वासमा प्रहार गर्ने काम गर्न हुँदैन भन..

  • बिदाको दिनमा पनि बजार अनुगमन  

    काठमाडौँ, १६ असोज  । सरकारले बिदाको दिनमा पनि बजार अनुगमन गर्ने भएको छ । गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले सार्वजनिक बिदाका दिनमा समेत नियमित बजार अनुगमन हुने जानकारी दिँदै कुनै समस्या भएमा, ठगी भएको र कानूनविपरीतको कार्य भए प्रहरीलाई खबर गर्न सर्वसाधारणलाई आग्रह गर्नुभएको छ । उहाँले यात्रुलाई सहयोगका लागि सहायताकक्ष बन..

  • नौ वर्षपछि पुनः शरद ऋतुमा सगरमाथा आरोहण हुँदै   

    सोलुखुम्बु, १५ असोज ।  यो वर्षको शरद ऋतुमा सगरमाथा आरोहणका लागि दुई समूहका १० जनाले अनुमति लिएका छन् । सगरमाथा आरोहणका लागि यो मौसममा अनुमति लिएको विगत तीन वर्षपछिकै पहिलो हो । अघिल्ला दुई वर्षमा एक जनाले पनि अनुमति नलिएको पर्यटन विभागका नायबसुब्बा रामेश्वर निरौलाले जानकारी दिनुभयो । तीन वर्षपछि सगरमाथा आरोहण गर्न अनुमति लिने एउ..

  • पोषणको अवस्था सुधार ल्याउन जुम्लामा पोषण विज्ञान अध्ययन हुने 

    काठमाडौँ, १५ असोज  । मुख्यत कर्णाली प्रदेशको समग्र पोषणस्थितिलाई सुधार ल्याउन आवश्यक शैक्षिक जनशक्ति उत्पादन गर्ने ध्येयले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्नातक तहमा शैक्षिक कार्यक्रम शुरुआत गर्ने भएको छ । आगामी वर्षदेखि चारवर्षे पोषण विज्ञान आहार (क्लिनिकल न्युट्रिसन डाइटेटिक्स) कार्यक्रम सञ्चालनको अन्तिम तयारीमा प्रतिष..

  • पहिलोपटक जर्मन–नेपाल व्यापारिक सम्मेलन शुरु

    काठमाडौँ, १५ असोज । नेपालमा जर्मनीको लगानी अभिवृद्धि गराउन पहिलो पटक काठमाडौँमा जर्मन–नेपाल व्यापारिक मञ्चको सम्मेलन शुरु भएको छ । लगानी बोर्ड, जर्मन दूतावास र नेपाल जर्मन चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रिजको संयुक्त आयोजनामा भएको सो सम्मेलनमा जर्मनको कोलोन नगरका उपप्रमुख हान्स वेयरनर ब्रार्चको नेतृत्वमा आएको १५ सदस्यीय व्यापारिक ..

  • यौन दुराचार प्रकरण : २४ घन्टा नबित्दै फेरियो आरोप लगाउने महिलाको बोली

    काठमाडौं, १५ असोज । सोमबार महिलाको आरोप–यतिसम्म गर्नुहोला भन्ने सोचेकी थिइनँ  उहाँ (सभामुख महरा)ले साँझ ७ बजे ‘म आउँछु’ भनेर फोन गर्नुभयो । केहीबेरमा रक्सी बोकेर आउनुभयो, आज दसैँ मनाऊँ भन्नुभयो । पहिल्यै खाएर आउनुभएको रहेछ, फेरि दुई गिलास खानुभयो ।  कोठामा पस्नेबित्तिकै जबर्जस्ती गरेपछि ममाथि कुटपिट पनि भयो । कुटाइले जिउ थिलथिलो..

  • नेकपा सचिवालयको बैठकमा यसरी भयो निर्णय : प्रचण्डको प्रस्तावमा ओलीको समर्थन

    काठमाडौं, १५ असोज । सभामुख महरालाई यौन दुराचारको गम्भीर आरोप लागेपछि मंगलबार बिहान बसेको सत्तारुढ नेकपाको सचिवालय बैठकले सभामुख र प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिन आग्रह गरेको छ । राजीनामा दिँदा निष्पक्ष छानबिनका लागि सहज वातावरण बन्ने बैठकको ठहर छ । घटना सार्वजनिक भएपछि अध्यक्ष प्रचण्डले महरालाई राजीनामा दिन सुझाएका थिए । स..

  • सभामुख महराले राजीनामा दिए

    काठमाडौ, १४ असोज । यौन दुर्व्यवहारको आरोप लागेका सभामुख कृष्णबहादुर महराले राजीनामा दिएका छन् । उनले उपसभामुखसमक्ष राजीनामा पत्र बुझाएका हुन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा महराले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने निर्णय भएपछि राजिनामा दिएका हुन् ।

  • नेकपा सचिवालय बैठक सम्पन्न,सभामुख महराले राजीनामा दिनुपर्ने निष्कर्ष

    काठमाडौ, १४  असोज। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सम्पन्न भएको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक सभामुख महराले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने निष्कर्ष निकाल्दै सम्पन्न भएको छ ।

  • नेकपा सचिवालय बैठक बस्दै   

    काठमाडौँ, १४ असोज  । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ । पार्टी एकताको बाँकी कामलगायतका विषयमा छलफल गर्न बैठक बस्न लागेको जनाइएको छ । बैठकको तयारीका लागि शीर्ष नेताहरुको छलफल अहिले बालुवाटारमा जारी छ

  • नेपाल र अष्ट्रेलियाबीच हवाईसेवा सम्झौता

    काठमाडौँ, १४ असोज  । नेपाल र अष्ट्रेलियाबीच सिधा हवाई सञ्जाल जोडिने भएको छ । क्यानाडाको शहर मन्ट्रियलमा भएको दुई देशबीचको हवाईसेवा सम्झौतासँगै नेपाली जहाज अष्ट्रेलियाका विभिन्न गन्तव्यमा उडान भर्न पाउने भएका हुन् । योसँगै नेपालले अन्तरराष्ट्रिय मुलुकसँग हवाईसेवा सम्झौता गरेको ४०आँै मुलुक अष्ट्रेलिया भएको छ । अन्तरराष्ट्रिय नागरि..

  • नारायणीमा सानो पानीजहाज सञ्चालनमा

    भरतपुर, १४ असोज । प्रदेश नं ३ सरकारको प्रत्यक्ष सहयोगमा नारायणी नदीमा क्रुज (पानीजहाज) सञ्चालन गर्ने तयारी भइरहेका बेला निजी क्षेत्रले नारायणी नदीमै छुट्टै मिनी क्रुज (सानो पानीजहाज) सञ्चालन गरेको छ । रङ्गमहल रिभर ल्यान्ड प्रालिले मिनी क्रुज सञ्चालनमा ल्याएको हो । यसको औपचारिक सुरुआत भने दशँैको फूलपातीबाट गरिने प्रालिका अध्यक्ष ..

  • के हो नागरिकता विधेयक विवाद ?

    काठमाडौँ, १४ असोज । एक वर्षअघि २०७५ साउन २२ गतेदेखि नागरिकता ऐन संशोधन विधेयक प्रतिनिधिसभामा विचाराधीन छ । १४ महिनादेखि विचाराधीन विधेयक प्रतिनिधिसभाको समितिमा अहिले पनि दफाबार छलफलकै क्रममा छ । संविधानको व्यवस्था अनुसार मौजुदा ऐन परिमार्जनका लागि ल्याइएको विधेयकका केही विषयमा सहमति नहुँदा अगाडि बढेको छैन । विवादित विषय बहुमतीय ..

  • वृद्धभत्ता पाँच हजार पु¥याउने प्रमको प्रतिबद्धता

    काठमाडौँ, १४ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले ज्येष्ठ नागरिकलाई सरकारले उपलब्ध गराउँदै आएको सामाजिक सुरक्षा भत्ता आफ्नो पाँचवर्षे कार्यकालमै मासिक पाँच हजार रुपियाँ पु¥याउने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपालमा पहिलोपटक विसं २०५१ मा स्वर्गीय मनमोहन अधिकारीको नेतृत्वमा बनेको सरकारले मासिक एक सय रुपियाँबाट सुरु गरेको ज्येष्..

  • ज्येष्ठ नागरिकको जीवन मर्यादित बनाउन आग्रह

    काठमाडौँ, १४ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ नागरिकहरूको जीवनलाई सम्मानित, मर्यादित र सुखमय बनाउन आह्वान गरेकी छिन् । अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस (१ अक्टोबर) का अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले ज्येष्ठ नागरिकहरूको सुखी, स्वस्थ र सम्मानित जीवनका लागि हार्दिक शुभकामना पनि व्यक्त गरेकी छन् । ..

  • पुनर्निर्माणमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको खर्च : हिसाब नै छैन साढे २८ अर्बको

    काठमाडौँ, १४ असोज । १२ वैशाख ०७२ को भूकम्पमा ढलेका निजी र सार्वजनिक संरचना उठाउन सहयोगको हात दिएका विदेशी साझेदार संस्थाले साढे २८ अर्ब रुपैयाँ गैरकानुनी ढंगले खर्च गरेका छन् । त्यसको न लेखापरीक्षण भएको छ, न सरकारसँग व्यवस्थित तथ्यांक छ । भूकम्पपछि अन्तर्राष्ट्रिय गैरसरकारी तथा साझेदार संस्थाले ७० अर्ब ८० करोड ९१ लाख खर्च गरेका ..

  • सभामुख महरालाई यौन दुराचारको आरोप

    काठमाडौँ, १४ असोज । सभामुख कृष्णबहादुर महरालाई संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीले यौन दुराचारको आरोप लगाएकी छिन् । आइतबार बेलुका राजधानीको तीनकुनेस्थित आफ्नै डेरामा आएर महराले जबर्जस्ती गरेको ती महिलाको दाबी छ । सभामुख महराले भने आफूमाथि लागेको आरोप निराधार र कपोलकल्पित भएको भन्दै खण्डन गरेका छन् । उनी आइतबार दिउँसो १२ ..

  • वीर अस्पतालको नयाँ भवनकै छैन नक्सापास

    काठमाडौँ, १४ असोज । मुलुककै सबैभन्दा पुरानो वीर अस्पतालको नयाँ भवन नक्सापास नगरी बनाइएको छ । भवन निर्माणका लागि वातावरणीय प्रभाव मूल्यांकन (इआइए) पनि गरिएको छैन ।हाल वीर अस्पताल रहेकै स्थानमा १७ रोपनी क्षेत्रफलमा गत वर्षको असारदेखि भवन निर्माणाधीन छ । भवनको चारमध्ये तीनवटा ब्लकको बाहिरी संरचना बनिसकेको छ । कानुनअनुसार भवन निर्मा..

  • दलीय भागबण्डामा मैत्री समूह : नेकपालाई चीन, कांग्रेसलाई भारत

    काठमाडौं, ११ असोज । विपक्षी कांग्रेसले छिमेकी भारत र अमेरिका मैत्री समूहको संयोजकको जिम्मेवारी पाएको छ । ३३ देशका संसद्सँग सहकार्य गर्न संसद्ले प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसद समेटेर मैत्री समूह गठन गरेको हो । अधिकांश मैत्री समूहका संयोजकमा शीर्ष नेताहरू नै छन् । दलीय भागवण्डाअनुसार सत्तासीन नेकपा २१, विपक्षी कांग्रेस ६, सत्..

    
        Loading...     
    

अन्तरवार्ता

समाचार