Presidential

अस्ट्रेलियामा नेपाली विद्यार्थीलाई अवार्ड


अस्ट्रेलियामा नेपाली विद्यार्थीलाई अवार्ड

कात्तिक ५, अस्ट्रेलिया 
दक्षिण अस्ट्रेलियाको फिल्न्डर्स युनिभर्सिटीका नेपाली विद्यार्थी हिमाल कँडेलले यहाँको शैक्षिक क्षेत्रमा प्रदान गरिने दुई उत्कृष्ट अवार्ड पाएका छन् । यहाँका सबै विश्वविद्यालयमा अध्ययनरत विदेशी विद्यार्थीमध्ये उत्कृष्टलाई दिइने ‘इन्टरनेसनल स्टुडेन्ट अफ द इयर’ अवार्ड र विद्यावारिधि गरिरहेका विद्यार्थीलाई अनुसन्धानका आधारमा दिइने  ‘एकेडेमिक एक्सिलेन्स : पोस्टग्राजुएट रिसर्च’ अवार्ड कँडेलले जितेका हुन् ।

कँडेललाई व्यापार, लगानी तथा पर्यटनमन्त्री डेभिड रिज्वेले एक कार्यक्रममा अवार्ड तथा प्रमाणपत्र प्रदान गरे । बाग्लुङ, गल्कोटका कँडेल आँखामा लाग्ने रोगले मानिसको जीवनमा पार्ने प्रभावबारे अध्ययन गर्न ४ वर्षअघि अस्ट्रेलिया आएका कान्तिपुरमा खबर छ ।

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

अन्य अखबारबाट

    
        Loading...     
    

अन्तरवार्ता

समाचार