काठमाडौ,२६ चैत । यस वर्ष नेपाल दक्षिण एसियामा तेस्रो उच्च आर्थिक वृद्धि हुने मुलुक बन्ने विश्व बैंकले जनाएको छ । सोमबार दक्षिण एसिया आर्थिक फोकस सार्वजनिक गर्दै विश्व बैंकले नेपालमा यो वर्ष (सन् २०१९मा) ६ प्रतिशत आर्थिक वृद्धि हुने जनाएको हो । यो भारत र बंगलादेशपछिको उच्च आर्थिक वृद्धि हो । भारतमा यस वर्ष ७ दशमलव ५ प्रतिशत र बंगलादेशमा ७ दशमलव ३ प्रतिशत आर्थिक वृद्धि हुने उसको प्रक्षेपण छ । यस क्षेत्रमा सबैभन्दा कमजोर आर्थिक वृद्धिदर अफगानिस्तानमा २ दशमलव ५ प्रतिशत हुँदै छ ।
आगामी वर्षमा नेपालको आर्थिक वृद्धि बढ्दै जाने पनि विश्व बैंकले प्रक्षेपण गरेको छ । बैंकले आउने दुई वर्ष २०२० र २०२१ मा क्रमशः ६ दशमलव १ र ६ दशमलव २ प्रतिशत आर्थिक वृद्धि हुने जनाएको हो । ‘पर्यटनका कारण सेवा क्षेत्रको वृद्धिदर उच्च हुनेछ । आगामी वर्षबाट मुलुककै सबैभन्दा ठूलो सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन आउने भएकाले त्यसले उत्पादनमूलक क्षेत्रमा पनि उत्साह ल्याउनेछ,’ प्रतिवेदनले भनेको छ ।
प्रतिवेदनले दक्षिण एसियामा संसारकै सबैभन्दा उच्च आर्थिक वृद्धि हुने जनाएको छ । सन् २०१९ मा यस क्षेत्रमा ७ प्रतिशतको आर्थिक वृद्धि हुने र त्यसपछिका दुवै वर्ष ७ दशमलव १ प्रतिशत आर्थिक वृद्धि हुने पनि विश्व बैंकको प्रक्षेपण छ । ‘तर, यस क्षेत्रमा आर्थिक वृद्धिलाई दिगो बनाउन मुलुकहरूले निर्यात वृद्धि गर्नुपर्छ,’ वर्षमा दुईपटक छापिने प्रतिवेदनले भनेको छ ।
‘विगत केही वर्षदेखि दक्षिण एसियाको निर्यात क्षमता घट्दै गएको छ र अहिले यो क्षमताभन्दा निकै कम छ । दीर्घकालमा यस क्षेत्रले निर्यात बढाउन सक्छ कि सक्दैन, त्यसका आधारमा आर्थिक वृद्धिको दिगोपन निर्भर हुनेछ,’ विश्व बैंकका दक्षिण एसिया हेर्ने उपाध्यक्ष हार्टविग सेफरले भने । यस क्षेत्रका मुलुकले अन्तर्राष्ट्रिय बजारसँग आफूलाई अझै बढी जोड्नुपर्ने, रोजगारी सिर्जना गर्नुपर्ने तथा जनतालाई समृद्ध बनाउनुपर्ने पनि उनले बताए । नयाँपत्रिकाबाट
तपाईं पार्टी अनुशासनमा अत्यन्त सचेत हुनुहुन्छ, सँगसँगै सरकारको कामप्रति पनि उत्तिकै चास..
तीन तह सरकारको अभ्यासमा हामी छौँ, सरकारबीच समन्वय अभाव भयो कि भन्ने टिप्पणी छ । यहाँले ..
० लामो रस्काकस्सीपछि अधिकांश केन्द्रिय सदस्यहरुको जिम्मेवारी तोकिएको छ, कस्तो लागेको छ ..
गोकुल बाँस्कोटा, सञ्चार तथा सूचना प्रविधिमन्त्री विगतमा तपाईंं आफैँ पत्रकार हुनु..
हामी बाह्रौ गणतन्त्र दिवसको उत्सवमा छौं । गणतन्त्र प्राप्तिका लागि नेपाली नागरिक र प्रे..
सिन्धुली, २२ मंसिर । प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका सिन्धुली जिल्ला सेक्र..
बाँके, २२ मंसिर । ट्रकको ठक्करबाट बालिकाको ज्यान गएपछि बाँकेको कोहलपुर तानवग्रस्त बनेको..
काठमाडौं, २२ मंसिर । नेपालमा जारी १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) को आज (..
चितवन, २२ मङ्सिर । राप्ती नगरपालिका–५ मा शनिबार साँझ भएको अटो दुर्घटनामा परी ज्यान गुम..
काठमाडौं, २२ मंसिर । काठमाडौं उपत्यकामा घर भएका तथा उपत्यकाभित्र र बाहिर स्थानीय तहका क..