Presidential

स्याङ्जाको कफी जापानमा

स्याङ्जाको कफी जापानमा

२७ पुस ।

स्याङ्जामा उत्पादित कफी जापान निर्यात हुने क्रम बढेको छ । बिगतका बर्षमा १० टन कफी जापान निर्यात हुदै आएकोमा चालू बर्षमा १५ टन पुर्‍याउने लक्ष्य राखिएको छ । जापानमा कफी उत्पादन नहुने र अन्य मुलुकबाट आयातित कफीको तुलनामा नेपाली कफीको माग बढेपछि निर्यात बढ्ने भएको हो ।

कफी जापान निर्यात हुन थालेपछि कफी खेतीप्रति कृषकको आकर्षण बढ्दा उत्पादनमा समेत वृद्धि भएको छ । गत बर्ष झन्डै ४१ टन ड्राई पार्चमेन्ट कफी उत्पादन भएकोमा यस बर्ष उत्पादन वृद्धि भएर ५० टन पुग्ने भएको छ ।

फ्रेस चेरी २ सय टनबाट बढेर २ सय ५० टन पुग्ने जिल्ला कफी व्यवसायी संघले जनाएको छ ।

कारोबार दैनिकबाट

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

अन्य अखबारबाट

          
              Loading...     
          

      अन्तरवार्ता

      समाचार