Presidential

पर्यटनमा एक वर्षका मेरा प्राथमिकता

- योगेश भट्टराई

जनताको परिवर्तनको चाहना र निरन्तरका संघर्षपश्चात् जननिर्वाचित प्रतिनिधिहरूमार्फत इतिहासमै प्रथमपटक संविधानसभाबाट नेपालको संविधान जारी भएको हो । राजनीतिक परिवर्तनलाई संस्थागत गर्ने कार्य संविधानमार्फत भएको छ । जनचाहना केवल राजनीतिक र शासकीय स्वरूपमा मात्र छैन । यसको सार्थकता त आर्थिक–सामाजिक रूपान्तरण र त्यसबाट जीवनस्तरमा पर्ने सकारात्मक प्रभावमा रहन्छ । वर्तमान सरकारले उल्लिखित पक्षलाई मनन गरी समृद्ध नेपाल सुखी नेपालीको दूरदृष्टिसहित आवश्यक नीति, योजना र कार्यक्रम कार्यान्वयनतर्फ केन्द्रित रहेको छ । मुलुकको समृद्धि र जनताको सुख समावेशी विकासबाट सम्भव छ । समावेशी विकासका लागि तुलनात्मक लाभ भएको एक प्रमुख क्षेत्र पर्यटन हो । यसले केवल आर्थिक पक्षमा मात्र योगदान नदिई जनचेतना, रोजगारी, पूर्वाधार विकास, अन्तर्राष्ट्रिय पहिचान र सभ्यताको विकाससम्म टेवा पु¥याउँछ । जनताको आधारभूत संवैधानिक आवतजावतको हकको सुनिश्चितता र अन्तर्राष्ट्रिय जगत्मा हाम्रो पहुँच र पहिचानका लागि समेत नागरिक उड्डयन क्षेत्रको अत्यन्त महŒव रहेको छ । विश्वका केही प्राचीन मुलुकको सूचीमा पर्ने नेपालको सभ्यता, संस्कृति, पहिचान आफंैमा मौलिक र अद्वितीय छ । यसको संरक्षण र संवद्र्धन आवश्यक छ ।
संस्कृति, पर्यटन र नागरिक उड्डयनका प्रस्तुत पक्षलाई उजागर गरी यसको विकासको माध्यमबाट नेपाली जनताको मुहारमा समृद्धिको मीठो हाँसो हामीले छर्न आवश्यक छ । त्यसका लागि मेरो इमानदार प्रयास दिनरात रहनेछ । पक्कै पनि यस मन्त्रालयमा मेरो आगमन फरक अवस्थामा रह्यो । त्यसैले तपाईंहरू सबैको विश्वास कायम राख्न मैले धेरै मेहनत गर्नु छ । मैले आफ्नो कार्यलाई व्यवस्थित गर्न र परिणाममुखी उपलब्धि हासिल गर्न मन्त्रालय, यसअन्तर्गतका विभाग र निकायहरूको परामर्शमा एकवर्षीय कार्ययोजना तयार गरेको छु । एक वर्षको समय विकासका लागि धेरै होइन । चालू आर्थिक वर्षमा हुने नियमित कामका अतिरिक्त हामीले प्राथमिकता दिएका केही प्रमुख पक्षहरूमा मात्र अहिले प्रकाश पार्न चाहन्छु ।
कानुनी तथा नीतिगत सुधार
– शासकीय प्रणालीमा आएको परिवर्तन तथा परिवर्तित सन्दर्भअनुरूप यस मन्त्रालयको कार्यक्षेत्रसँग सम्बन्धित संस्कृति, पर्यटन र हवाई नीतिको परिमार्जन तथा नयाँ ऐननियमको तर्जुमा र संशोधन गर्ने ।
– नेपालको नागरिक उड्डयन क्षेत्रलाई युरोपियन युनियनको सिग्निफिकेन्स सेफ्टी कन्सर्न (एसएससी) बाट हटाउन आवश्यक पूर्वसर्तहरू पूरा गर्ने तथा यसका लागि नागरिक उड्डयन क्षेत्रमा नियामक र सेवाप्रदायक निकायको अलगअलग व्यवस्था हुनेगरी नयाँ कानुनहरू तर्जुमा गर्ने ।
– नेपालको पर्यटन क्षेत्रको विकासका लागि नयाँ ऐनको मस्यौदा तयार गर्ने ।
– लुम्बिनी, पशुपति र जनकपुर क्षेत्र विकास परिषद्का नयाँ कानुन तर्जुमा गर्ने ।
– सांस्कृतिक सम्पदाको संरक्षण र व्यवस्थापनमा संघ, प्रदेश र स्थानीय तहसमेतको समन्वय र साझेदारी हुने तथा विकास समिति ऐनबाट गठित संस्थाहरूको कानुनी तथा संस्थागत पुनःसंरचना गर्नेगरी सांस्कृतिक सम्पदा संरक्षण र व्यवस्थापनसम्बन्धी छाता कानुन बनाउने ।
– हालै मन्त्रालयद्वारा गठित कार्यदलले प्रस्तुत गर्ने प्रतिवेदनलाई समेत आधार मानी नेपाल वायुसेवा निगमलाई सार्वजनिक कम्पनीका रूपमा सञ्चालन गर्नेलगायतको सुधारका लागि आवश्यक कानुनी सुधार गर्ने ।
– नेपाली यात्रुलाई अन्तर्राष्ट्रिय मापदण्डअनुरूप बिमासम्बन्धी व्यवस्था गर्नेगरी कानुनको व्यवस्था गर्ने ।
– नेपालमा नागरिक उड्डयनको विश्वसनीयता वृद्धि गर्न केपटाउन कन्भेन्सन सम्मिलन गर्ने ।
– नेपालका थप पुराताŒिवक एवं सांस्कृतिक महŒवका स्थलहरू तिलौराकोट, रामजानकी मन्दिर र रामग्रामलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने प्रक्रियाको सुरुवात गर्ने ।
– संघीयताको अवधारणाअनुरूप तोकिएका पर्यटन सेवाहरू प्रदेश सरकारअन्तर्गतबाट सञ्चालन गर्नेगरी हस्तान्तरण गर्ने कार्य गरिनेछ ।
पर्यटन क्षेत्रको विकास र नेपाल भ्रमण वर्ष, २०२० को प्रभावकारिता
– नेपाल भ्रमण वर्ष २०२० मा कम्तीमा २० लाख पर्यटक भिœयाउन प्रमुख १० वटा स्रोत बजारको पर्यटक आगमन प्रक्षेपण र त्यसका लागि आवश्यक कार्यक्रम सञ्चालन गर्ने ।
– यूएनडब्लूटीओको सहकार्यमा सन् २०१९ डिसेम्बर अन्त्यमा ग्लोबल टुरिजम मिनिस्टर्स कन्क्लेभ गर्ने र ‘न्यु एयर इन नेपाल’को थिमसहित सन् २०२० जनवरी १ मा विभिन्न देशका पर्यटनमन्त्रीहरूलाई सहभागी गराई भिजिट नेपाल २०२० भव्य शुभारम्भ गर्ने ।
– सन् २०२० जनवरी पहिलो हप्ताभित्र विदेशमा रहेका नेपालका सबै कूटनीतिक नियोगहरू, मिसनहरू तथा सातै प्रदेशका राजधानीमा नेपाल भ्रमण वर्षको भव्य शुभारम्भ गर्ने । यसमा सम्माननीयहरू (बिग सिक्स), प्रमुख प्रतिपक्षी दलका नेता र विभिन्न राजनीतिक दलका महŒवपूर्ण नेताहरूको उपस्थितिको व्यवस्था मिलाउने ।
– नेपालबाट बाहिरिने पर्यटकको भिसा स्टाम्पिङ, ब्यागेज स्टिकर र बोर्डिङ पासमा नेपाल भ्रमण वर्षको लोगोसहितको स्टिकर राख्ने व्यवस्था मिलाउन अध्यागमन विभाग र सम्बन्धित विमान कम्पनीहरूसँग आवश्यक समन्वय गर्ने ।
– नेपालका प्रमुख प्राकृतिक तथा सांस्कृतिक सम्पदा अंकित विशेष पोस्टकार्ड बनाई पर्यटकहरूलाई नेपालबाट बिदा हुँदा नेपालको तर्फबाट धन्यवादसहितको उक्त पोस्टकार्ड विमानस्थलको प्रस्थान बिन्दुमा वितरणको व्यवस्था मिलाउने ।
– गैरआवासीय नेपाली संघको नेतृत्वमा एक नेपाली एक विदेशी साथी नेपाल पठाऊ अभियान सञ्चालन तथा विदेशस्थित नेपाली नियोगमा यस संस्थाको सहभागितामा टुरिस्ट हेल्प डेस्क सञ्चालनलगायत पर्यटन प्रवर्धनका विविध कार्यक्रम सञ्चालन गर्न नेपाल भ्रमण वर्ष २०२० को सचिवालय र एनआरएनएबीच एमओयू गर्ने ।
– नेपालमा तथा विभिन्न देशहरूमा हिमाल आरोहीहरूको भेला, गोष्ठी सेमिनार गर्ने ।
– नेपाल भ्रमण वर्ष २०२० को अवसरमा हिमालको नामकरण तथा केही हिमाललाई प्रवर्धन गर्न रोयल्टी छुटको व्यवस्था मिलाउने ।
– नेपालमा टुरिजम इन्भेस्टमेन्ट समिट आयोजना गर्ने ।
– टुरिजम स्याटेलाइट अकाउन्टिङ (टीएसए) को काम सम्पन्न गर्ने ।
– पर्यटन यातायात सेवालाई सहज र सरल बनाउने र मुख्य पर्यटकीय स्थलमा सम्बन्धित निकायसँग समन्वय गरी विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गर्न अध्ययन गर्ने ।
– काठमाडौं भ्याली बाई नाइटको अवधारणाअनुरूप काठमाडांै, पाटन, भक्तपुर र कीर्तिपुरमा रात्रिकालीन सम्पदा यात्राको सुरुआत गर्ने ।
– पर्यटनको विविधीकरणका लागि प्रदेश सरकार, स्थानीय तह र निजी क्षेत्र समेतको सहभागिता हुनेगरी नमुनाका रूपमा पाथीभरा, से फोक्सुन्डो, खप्तड र रारा क्षेत्रमा लोनली इको–रिसोर्ट सञ्चालनको व्यवस्था हुनेगरी सम्भाव्यता अध्ययन गरी मोडालिटी निर्धारण गर्ने ।
– चितवनको नारायणी नदीमा सामुद्रिक किनारा (सी बिच) को झल्को दिनेगरी नदी किनारामा प्रदेश सरकार, स्थानीय तह र निजी क्षेत्रसहितको सहकार्यमा आवश्यक भौतिक पूर्वाधारको विकास गरी पर्यटकीय गतिविधि वृद्धि गर्न सम्भाव्यताको अध्ययन गरी मोडालिटी निर्धारण गर्ने ।
– चितवनको रामनगरदेखि दियालो बंगलासम्म सन्ध्याकालीन पर्यटकीय गतिविधि वृद्धि गर्न नाइट सफारी पार्कको विकास गर्न सम्भाव्यता अध्ययन गर्ने ।
– नेपाल भ्रमण वर्ष २०२० को लोगो अंकित आर्म ब्यान्डलाई प्रिमियर लिगका क्लबहरूसँग सम्झौता गरी अन्तर्राष्ट्रिय फुटबलमार्फत प्रवद्र्धन गर्न प्रयास गर्ने ।
– पर्यटकलाई उपलब्ध हुने सेवा सुविधामा गुणस्तरीयता वृद्धि गर्न यस क्षेत्रसम्बद्ध १२००० जनशक्तिलाई क्षमता विकास तालिम दिने ।
– नेपालको पर्वतारोहणलाई थप सुरक्षित, भरपर्दो र व्यवस्थित बनाउन जीपीएस जीपीएस ट्र्याकिङ आवश्यक व्यवस्था मिलाई कार्यान्वयनमा लिने ।
नागरिक उड्डयन क्षेत्रको सुधार
– ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई आन्तरिक उडानको हवाई भाडामा ५० प्रतिशत छुट दिनेगरी सरोकारवालासँग छलफल गरी कार्यान्वयन गराउने ।
– उड्डयन क्षेत्रका लागि आवश्यक पर्ने जनशक्ति उत्पादन गर्न अन्तर्राष्ट्रिय स्तरको फ्लाइङ स्कुल सञ्चालन सम्भाव्यताको अध्ययन गर्ने ।
– सबै प्रदेशका राजधानी जोडिनेगरी अन्तर प्रदेश हवाई सेवा विस्तार गर्न प्रोत्साहन गर्ने ।
– गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सिभिल र मेकानिकल कार्य २०१९ डिसेम्बरभित्र सम्पन्न गर्ने । र, अर्को तीन महिनाभित्र परीक्षण उडान गरी व्यावसायिक उडानको पूर्वतयारी गर्ने । यस विमानस्थलमा विदेशबाट उडान गर्ने हवाई कम्पनीलाई प्रोत्साहन गर्न इन्सेन्टिभ प्याकेज घोषणा गर्ने ।
– निजगढ अन्तर्राष्ट्रिय विमानस्थल (बारा) को निर्माण कार्यमा शीघ्रताका लागि लगानी बोर्डसँग छलफल गरी लगानीको मोडाटिली तयार गर्ने । टाँगिया बस्ती व्यवस्थापनको मोडालिटी स्पष्ट गर्ने । वृक्षरोपणका लागि क्षेत्र पहिचान गर्ने । वन तथा वातावरण मन्त्रालयसँग समन्वय गरी साइट क्लियरेन्स गर्ने ।
– पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको हालको निर्माण गति कायम राख्दै निर्धारित समयअघि नै सम्पन्न गर्ने व्यवस्था मिलाउने ।
– सबै प्रदेश राजधानीका विमानस्थलहरूलाई कम्तीमा ७० सिटभन्दा माथिका जहाज उडान तथा अवतरण हुन सक्नेगरी स्तरोन्नति र विस्तार गर्ने । यसका लागि सुर्खेत विमानस्थलको विस्तार कार्य सुरु गर्ने । साथै, पर्यटकीय दृष्टिले महŒवपूर्ण भरतपुर विमानस्थलको समेत विस्तार कार्य अघि बढाउने ।
– प्रयोगमा नआएका विमानस्थललाई एयर स्पोर्ट्स एक्टिभिटी सेन्टरका रूपमा विकास गर्न ईओआई जारी गर्ने ।
– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एयर ट्राफिक व्यवस्थापन गर्न काठमाडौंनजिकको (रामेछाप) विमानस्थलको स्तरोन्नती गर्ने ।
– काठमाडांैबाट प्रमुख आन्तरिक एयरपोर्टमा जाने साना जहाजहरूको उडान निरुत्साहन गर्दै जाने । साथै, काठमाडांैबाहिरका विमानस्थलबाट दुर्गम क्षेत्रहरूमा हुने उडानलाई प्रोत्साहन गर्ने ।
– आन्तरिक उडानमा सेड्युल फ्लाइटलाई अनिवार्य उडान गर्ने व्यवस्था मिलाउने ।
– तीनकुनेदेखि गौशालासम्मको सडकलाई दुवैतर्फ सञ्चालनको आवश्यक मापदण्ड बनाउने तथा ब्युटिफिकेसन गर्ने कार्यको सुरुवात गर्ने ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुधार
– मुलुकको हालसम्म एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा रहेको यस विमानस्थलको अवस्था थप सुधार गर्न जरुरी छ । यसका लागि यस विमानस्थलमा ः
– यस विमानस्थललाई बुटिक अवधारणाअनुरूप रूपान्तरण गर्न तोकिएका कार्यहरू समयमै सम्पन्न गर्ने ।
– यस विमानस्थलमा ब्यागेज क्लियरेन्सको कार्य ३० मिनेटभित्र सम्पन्न हुने व्यवस्था मिलाउने ।
– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २४ सै घण्टा सञ्चालनयोग्य बनाउने ।
– बायोमेट्रिक यात्रुजाँच प्रविधि र अनलाइन भिसा र इपेमेन्टको प्रबन्ध मिलाउने ।
– अध्यागमन सेवा, यात्रु लगेज सेवा र विश्रामस्थललगायत महŒवपूर्ण स्थानहरूको सीसी क्यामरामार्फत प्रत्यक्ष निगरानी गर्ने र तत्काल पृष्ठपोषण र सुधार गर्ने प्रणाली विकास गर्ने ।
– अन्तर्राष्ट्रिय मापदण्डअनुरूप आधारभूत सेवाको व्यवस्थापन र अनुगमन गर्ने ।
– सेवाको गुणस्तरको मान्यता प्राप्त अन्तर्राष्ट्रिय संस्था एसीआई वल्र्डबाट ग्रेडिङ गर्ने ।
– आन्तरिक उडानतर्फ सम्माननीय बिग सिक्सलाई मात्र सवारीसाधनसहित विमाननजिक जान पाउने व्यवस्था गर्ने ।
– साथै भआिईपी मुभमेन्ट सम्बन्धी मापदण्ड परिमार्जन गर्ने ।
– विमानस्थलबाट सञ्चालन हुने पर्यटकीय सवारी साधनमा जीपीएस प्रणाली राख्ने व्यवस्था मिलाउने ।
– पर्यटकीय ट्याक्सी चालकलाई निर्धारित पोसाक र व्यवहारगत तालिम दिने ।
– डिजिटल प्रविधि समेतबाट पृष्ठपोषण लिने व्यवस्था गरी निरन्तर विश्लेषण तथा आवश्यक सुधार गर्ने ।
– विमानस्थलभित्रका पसलबाट उपलब्ध हुने फुड उन्ड बेभरेजको मूल्य निर्धारणको सुझाव दिन कार्यदल गठन गरी सुझाव प्राप्त गर्ने तथा कार्यान्वयन गर्ने ।
– अन्तर्राष्ट्रिय प्रस्थान कक्षतर्फ ड्युटी फ्री सपको व्यवस्था गर्ने ।
– नेपाल पर्यटन बोर्डको सूचना डेस्कमा धेरै पर्यटक आउने प्रमुख मूलुकका नागरिकले बोल्ने (अंग्रेजी, चिनियाँ र हिन्दी) भाषाका सहयोगी तथा सूचना ब्रोसर राख्ने ।
– ट्रान्जिट यात्रुका लागि सुविधा सम्पन्न लाउन्ज व्यवस्था गर्ने ।
– साझा यातायात एवं पर्यटक यातायात संस्थाहरूसँगको छलफल एवं सहकार्यमा विमानस्थलबाट सहरका विभिन्न पर्यटकीय क्षेत्रमा सटल बस सञ्चालन गर्ने व्यवस्था मिलाउन सम्भाव्यताको अध्ययन गर्ने ।
– ट्रान्जिट यात्रुलाई सहज हुनेगरी आन्तरिक र अन्तर्राष्ट्रिय विमानस्थल जोड्ने बाटोलाई व्यवस्थित गर्ने ।
– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको इन्धन भण्डारणलाई भूमिगत गर्न नेपाल आयल निगमलाई अनुरोध गर्ने र यसका लागि आवश्यक जमिनको प्रबन्ध नेपाल नागरिक उड्डयन प्राधिकरणले गर्ने ।

संस्कृति तथा पुरातŒव क्षेत्र
– भूकम्पले क्षतिग्रस्त विश्व सम्पदा सूचीमा रहेका सम्पदा समेत ३ सय ८९ सम्पदाको पुनर्निर्माण सुरुवात गरी १ सय ५० सम्पदाको पुनर्निर्माण सम्पन्न गर्ने ।
– कीर्तिपुरमा रहेको जातीय संग्रहालयलाई राष्ट्रिय सांस्कृतिक संग्रहालयमा रूपान्तरण गर्नेगरी यसको अवधारणा तयार गर्ने र आवश्यक कानुनको मस्यौदा तयार गर्ने ।
– काठमाडौं उपत्यकाभित्रका विश्वसम्पदाहरूमा युनेस्कोको चासो सम्बोधन हुनेगरी कार्ययोजना बनाई कार्यान्वयन गर्ने । साथै, युनेस्को वल्र्ड हेरिटेज सेन्टरको अनुगमनबाट प्राप्त हुने सुझावसमेतको कार्यान्वयन गर्ने ।
– स्थानीय तहसँगको सहकार्यमा नेपालको उपयुक्त पहाडी क्षेत्रमा मैथिली साहित्यका महाकवि विद्यापतिको सालिक स्थापना गर्ने ।
नेपाल वायुसेवा निगमको सुधार
अन्तर्राष्ट्रिय जगतमा नेपालको पहिचान, पहुँच र ग्रामीण जनताको यातायातको साधनका रूपमा यस निगमलाई अघि बढाउन जरुरी छ । यसका लागि ः
– निगमको समग्र व्यवस्थापन सुधार कार्यलाई तीव्रता दिने ।
– निगमको वाइड बडी रियाद र गोन्जाउ उडान गर्ने ।
– सबै विमान सञ्चालनमा ल्याउने ।
– एक्जिस्टिङ फ्लाइट एनालाइसिस गरी थप गन्तव्यको उडानको व्यावसायिक कार्ययोजना बनाउने ।
– सबै प्रकारका टिकटलाई अनलाइन बिक्रीमा लैजाने व्यवस्था मिलाउने ।
– निगमबाट सञ्चालित विमानस्थलको ग्राउन्ड ह्यान्डलिङलाई थप व्यवस्थित र प्रभावकारी बनाउने ।
– विमानस्थलभित्र यात्रुहरूलाई पाँचवटा नयाँ सटल बसबाट सेवा दिने ।
– निगमको टिकट रद्दपछिको रिफन्ड प्रक्रियालाई सरलीकृत गर्ने ।
– निगमको डीडीए (ड्यु डिलिजेन्स अडिट) गराउने ।
– उडान रद्द र ढिलाइको जानकारी विमानस्थलमा यात्रु पुग्नुपर्ने समयको कम्तीमा दुई घण्टाअगाडि यात्रुलाई सूचना दिने । (एसएमएस, इमेल वा टेलिफोन)
पशुपति क्षेत्र विकास
– पाशुपत क्षेत्रको महिमासहितको डकुमेन्ट्री तयार गरी पशुपति क्षेत्रमा यसलाई प्रदर्शनको व्यवस्था मिलाउने ।
– अशक्त, वृद्धलाई पशुपतिनाथ मन्दिरको चारै ढोकासम्म पुग्न आवश्यक भौतिक पूर्वाधार र पर्याप्त संख्यामा ह्विलचेयरको व्यवस्था गर्ने ।
– पशुपति मन्दिरको अन्तर्राष्ट्रिय महŒवअनुरूप यस क्षेत्रमा प्रसाद घरको प्रबन्ध गरी नियमित प्रसाद वितरणको व्यवस्था मिलाउने ।
– पशुपतिनाथ क्षेत्रमा थप पाँचवटा विद्युतीय सवारीसाधनको सञ्चालन व्यवस्था गर्ने ।
– यस क्षेत्रमा पर्याप्त संख्यामा आधुनिक शौचालयको व्यवस्था गर्ने ।
– पशुपति परिसरमा डिजिटल कम्प्लेन बक्सको व्यवस्था गरी पृष्ठपोषण लिने र सुधार गर्ने प्रणाली विकास गर्ने ।
– दाह संस्कार गर्ने विद्युतीय मेसिन विस्तार गर्ने र सेवालाई नियमित बनाउने ।
– पशुपतिनाथ क्षेत्रमा सबैभन्दा धेरै संख्यामा आउने धार्मिक पर्यटकलाई लक्षित गरी कम्तीमा तीन भाषामा प्रचारप्रसार सामग्री तयार गरी नियमित वितरणको व्यवस्था मिलाउने ।
– यस क्षेत्रमा हुने आरतिको युट्युबमार्फत प्रत्यक्ष हेर्न सकिने व्यवस्था मिलाउने । साथै विशिष्ट महानुभावबाट भएका भ्रमणका क्लिपसमेत समावेश गरी सर्ट भिडियो बनाई प्रचार गर्ने ।
लुम्बिनी क्षेत्र विकास
– गौतम बुद्ध र मायादेवीका प्राचीन, ऐतिहासिक कथा तथा बुद्धका सन्देशसमेतलाई समेटेर डकुमेन्ट्री तयार गरी लुम्बिनी क्षेत्रमा यसको नियमित प्रदर्शन तथा प्रचारप्रसारको व्यवस्था गर्ने ।
– आन्तरिक शान्ति, तनाव व्यवस्थापन तथा पर्यटकको बसाइ अवधि लम्ब्याउने गरी वातानुकूलित डार्क च्यान्टिङ रुम नियमित सञ्चालनको व्यवस्था गर्ने ।
– बुद्ध दर्शन, लुम्बिनी, रामग्राम, गौतम बुद्ध, मायादेवीलगायत प्राचीन, ऐतिहासिक कथालाई समेटेर खुला नाटक प्रदर्शनको व्यवस्था मिलाउन अध्ययन गरी यसको प्रबन्ध गर्ने ।
– दुई वर्षभित्र लुम्बिनी क्षेत्रको गुरुयोजनाबमोजिमका बाँकी कार्यहरू सम्पन्न गर्न डिटेल एक्सन प्लान बनाई कार्यान्वयन व्यवस्था मिलाउने । ग्रेटर लुम्बिनी सर्किट गुरुयोजना तयार गर्ने ।
– लुम्बिनी क्षेत्रमा निर्माणाधीन ५ हजारजना अट्ने ग्लोबल पिस एन्ड मेडिटेसन सेन्टर निर्माण सम्पन्न गर्ने ।
– यस क्षेत्रको ऐतिहासिकतासँग जोडिएको स्थानीय उत्पादनमा आधारित गिफ्ट सपको सञ्चालनको व्यवस्था मिलाउने ।
– नेपाल भ्रमण वर्षको सन्दर्भमा समेत २५६४औं बुद्ध जयन्ती भव्य रूपमा मनाउने । तेस्रो वल्र्ड बुद्धिस्ट कन्फरेन्स गर्ने । लुम्बिनीमा अन्तर्राष्ट्रियस्तरको त्रिपिटक वाचन गराउने । यूएन, लुम्बिनी डेभलपमेन्ट कमिटीको बैठक आयोजना गर्ने ।
– लुम्बिनी क्षेत्रको ऐतिहासिकता समेतलाई मध्यनजर गरी ५ लाख फलफूललगायत विभिन्न बिरुवा कम्तीमा तीन वर्षभित्र रोप्ने व्यवस्था मिलाउन गुरुयोजना तयार गर्ने । (गौतम बुद्ध फलफूल बाटिका)
– लुम्बिनीमा पर्यटकको बसाइ अवधि बढाउन बौद्ध विहार बसाइ अवधारणा विकास गरी कार्यान्वयन गर्ने ।
– स्थलमार्गबाट लुम्बिनीमा आउने पर्यटकलाई सहज सेवा दिन रूपन्देही बेलहियामा पर्यटक तथा तीर्थयात्री स्वागत केन्द्र निर्माण गर्ने ।
जनकपुर क्षेत्र विकास
– रामजानकीका ऐतिहासिक प्राचीन कथालाई समेटी डकुमेन्ट्री तयार गरी प्रदर्शनको व्यवस्था मिलाउने ।
– जनकपुरस्थित गंगासागर आरतीलाई व्यवस्थित गर्न लाइटिङसमेतको प्रबन्ध मिलाउने ।
– रामायण सर्किटको डिजिटल डिस्प्ले तयार पारी जनकपुर क्षेत्रमा राख्ने ।
– स्थानीय तहको समन्वयमा जनकपुरमा आधुनिक विवाहमण्डप निर्माण गर्ने ।
विविध
– मन्त्रालय र अन्तर्गतबाट भएका कार्यसम्पादनको पारदर्शिता र सूचनामा सहज पहुँचका लागि मन्त्रालयमा इन्फर्मेसन एन्ड मिडिया सेन्टर स्थापना गर्ने ।
– नेपालको संस्कृति, पर्यटन र नागरिक उड्डयनसम्बन्धी विषयमा सम्बन्धित क्षेत्रका विज्ञ, सरोकारवाला र निजी क्षेत्रसमेतको सहभागितामा मन्त्रालयमा मासिक रूपमा थेमाटिक राउन्ट टेबल डिसिजन गराउने ।
– राष्ट्रिय अभिलेखालयका महŒवपूर्ण ऐतिहासिक तथा पुराताŒिवक दस्तावेजहरूको थप ५० हजार पानालाई डिजिटलाइजेसन गरी संरक्षण गर्ने ।
– पर्वतीय पर्यटनमा मौसम पूर्वानुमानलाई थप भरपर्दो बनाउन सम्बन्धित निकायहरूको समन्वयमा विभिन्न क्षेत्रको मौसम पूर्वानुमानको सूचना नियमित रूपले उपलब्ध हुने प्रबन्ध मिलाउने ।
– विदेशमा रहेर नेपाली कला, भाषा र साहित्यमा योगदान दिने विदेशी सर्जक र स्रष्टालाई सम्मान गर्न अन्तर्राष्ट्रिय नेपाली साहित्य पुरस्कारको व्यवस्था गर्ने ।
– मन्त्रालय तथा अन्तर्गतका प्रमुख निकायहरूबाट प्रवाह हुने सेवाको गुणस्तर वृद्धि गर्न र नागरिकको पृष्ठपोषण लिने प्रणालीको विकास गर्न डिजिटल कम्प्लेन बक्सको व्यवस्था गर्ने ।बुधवारबाट

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित दृष्टि

    
        Loading...     
    

अन्तरवार्ता

समाचार