Presidential

पोर्न साइट बन्द गर्नाले बलात्कार घट्छ ?

कल्पना दाहाल

महिला तथा बालबालिकामाथि हुने यौनहिंसाले हाम्रो समाजमा डरलाग्दो स्थिति पैदा गरेको छ । यहि कारणले सरकारले पोर्न साइटहरु नेपालबाटै हटाउने कुरा गरिरहदा विभिन्न बहसहरु भैरहेका छन । पोर्न साइटहरुले बलात्कारका घटना बढायो भन्ने निष्कर्षमा सरकार पुगेको भनेर अनुमान लगाउन सकिन्छ । तर के वास्तवमै यौनहिंसा अन्त्य गर्न पोर्न साइट बन्द गर्दा समस्या समाधान हुन्छ त ? यो बहसको विषय बन्न सक्ला । अहिले विद्यालय शिक्षा सकिनेवित्तिकै प्रत्येक किशोर किशोरीको हातमा स्मार्टफोन र इन्टरनेटको सजिलै पहुँच छ । उनीहरु दैनिक धेरैजसो समय सोसल मिडियामा व्यस्त हुने एक सर्वेक्षणले देखाएको छ । किशोर किशोरीहरुमा बढी यौन चाहाना हुने भएकाले ग्ल्यामर भिडियो, फोटो हेरेर आत्मसन्तुष्टि लिने गरेको पाइन्छ । इन्टरनेटबाट प्राप्त हुने हरेक फोटो भिडियो उनीहरुले भरपुर प्रयोग गरिरहेको कतिपय मनोविदहरुको भनाई छ ।

रेप घटाउन अरु केही उपाहहरु पनि छन कि भनेर विकल्प खोज्ने बेला आएको छ । केहीदिन अघि नयाँ पत्रिका राष्ट्रिय दैनिकमा पर्यटन व्यवसायी लक्ष्मण गिरीले ‘किन आवश्यक छ नेपालमा सेक्स टुरिजम’ शीर्षकमा आफ्नो दृष्टिकोण लेखे । उनले नेपालमा रेड लाइट एरिया छुट्याउने हो भने राज्यले कर त पाउछ नै यौन व्यवसाय पनि स्वास्थयकर हुने संकेत गरे । बढी यौन चाहाना भएकाहरु रेड लाइट एरिया जान्छन र जबरजस्ती थुनेर राखेको चाहानाले विकृत रुप लिन पाउँदैन र रेप न्युनिकरण हुन सक्छ भन्ने आशय हुन सक्छ । केही समय अगाडि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पनि पोखरामा सेक्स टुरिजमको आवस्यक औँलाए । पोखरा वरिपरिका डाँडाकाँडा रिसोर्टले भर्ने र व्यवस्थित रेडलाइट क्षेत्र तोकिनुपर्ने भन्ने अभिव्यक्तिले निकै बसह उत्पन्न गरेको थियो । रेड लाइट एरिया नै नतोकिएपनि अहिले यौन धन्दा भने भित्रभित्रै चलिनै रहेको छ । यसबाट न राज्यले केही पाउछ न यौनकर्मीको स्वास्थ्यकर जिवन । यहाँ त विचौलिया मात्र धनी हुने गुणासो यौनकर्मी महिला बताउछन । अबैध यौनसम्बन्ध राख्न कोठी धाउने पुरुष नै रेडलाइट एरियाको विरोध गर्छन । सरकारले रेडलाइट एरिया तोक्ने हो भने यौनकर्मी महिलाको स्वास्थ्य सुरक्षा हुने यौन मनोविज्ञहरुले बहस गर्दै आएका छन । समाजमा बढिरहेको बलात्कारको घटनालाई न्युनिकरण गर्न पनि रेडलाइट एरियाले महत्वपूर्ण भुमिका खेल्छ भन्नेमा धेरैले विश्वास गर्न थालेका छन ।

ठमेलमा के हुन्छ, पूर्वपश्चिम राजमार्गका होटलहरुमा के भइरहेको छ ? अर्काको शरिर बेचेको पैसा खानेले नै यो अनैतिक हो भन्छ , उनले भने । 

स्वामी आनन्द अरुण भन्छन ‘यौन भनेको प्राकृतिक कुरा हो यसलाई गुम्स्याएर राखेमा यसले अपराधिक रुप लिन्छ र समाजमा विकृति फैलन्छ । प्राकृतिक कुरालाई ‘व्याण्ड’ गर्दा अझ घृणित रुपमा आउछ । आनन्द अरुणले मुख्यमन्त्रीले शाहसिक कुरा गरेको भन्दै प्रसंसा गरेका छन । उनका अनुसार रेडलाइट एरिया छुट्याउनु पर्छ । स्वास्थ्य परिक्षण गर्नुपर्छ, लाइसेन्स दिनुपर्छ भन्दा उनले गाली खाए । ठमेलमा के हुन्छ, पूर्वपश्चिम राजमार्गका होटलहरुमा के भइरहेको छ ? अर्काको शरिर बेचेको पैसा खानेले नै यो अनैतिक हो भन्छ , उनले भने । महिलालाई रोजगारी छैन, लुकिछिपी बेचेको शरिरको पैसा पनि ७५ प्रतिशत विचौलियाले खान्छ भने यो अन्याय हो कि होइन? बेश्यावृत्तिलाई कानुनले त रोकको छ तर बास्तविकता यस्तै छ त ? देह व्यापार गर्ने महिलालाई घृणा गर्ने तर त्यही महिलासँग सम्पर्क गर्ने पुरुषलाई सम्मान गर्ने यो समाजको आँखा फेयर छैन । आनन्द अरुणको यो कुरालाई विश्वास गर्ने हो भने व्यवस्थित रेड लाइट एरियाको माग अहिले होटल व्यवसायीहरुले पनि गरिरहेका छन । पर्यटन व्यवसायिले विश्वका धेरै देशहरुमा रेड लाइट एरियाको प्राक्टिस भइसकेको भन्दै खुलेर माग नगरे पनि उनीहरुको आशय भनेको सरकारले रेड लाइट एरिया तोकिदिए हुन्थ्यो भन्ने नै हो । रेडलाइट एरिया नतोकेपनि अबैध यौन धन्दा चलिनै रहेको छ । स्वामी आनन्द अरुणले पोर्न साइट बन्द गरेर मात्र समस्याको समाधान नहुने बताए ।

यहीबीचमा सरकारले पोर्न साइट बन्द गर्ने कुराले कतिपयले खुलेर विरोध गरेका छन भने कतिपय यो काम ठिक हो भन्न थालेका छन । यौनका विषयमा बोल्न लाज मान्ने र यसलाई छिछि भन्नेहरु नै यौनकर्ममा बढी लिप्त भएको कतिपय महिला पुरुषको आरोप छ । यौन प्राकृतिक विषय भएकाले अहिलेको पुस्ताले पनि खुलेर बहस गर्न जरुरी छ । यौनका विषयमा कुरा गर्ने वित्तिकै कोही पनि मानिस खराब हुँदैन र नगर्ने मानिस सज्जन । त्यसकारण समाजमा हुने यौनजन्य हिंसा अन्त्यका लागि विद्यालय शिक्षादेखि नै यौन स्वास्थ्यका विषयमा विद्यार्थीमाझ नै चेतना बढाउनु अहिलेको आवस्यकता देखिन्छ ताकि भविष्यमा कोही पनि बालबालिका यौनहिंसाको शिकार बन्न नपरोस ।

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित दृष्टि

    
        Loading...     
    

अन्तरवार्ता

समाचार