Presidential

निर्बन्ध स्वरलहरी

मार्शल बर्मन

मार्शल बर्मन

कम्युनिष्ट घोषणापत्रको बारेमा सबभन्दा रोचक कहानी मैले हैंस मार्गनथाउबाट सुनँे, जो अन्तर्राष्ट्रिय सम्बन्धका एक ठूला सिद्धान्तकार थिए । र, उनको मृत्यु सन् १९८० मा भयो । सत्तरीको दशकको सुरुवातको दिन थियो र उनी प्रथम विश्वयुद्धभन्दा पहिला बेबेरियामा आफ्नो बाल्यकालको सम्झना गर्दै बोलिरहेका थिए । मार्गनथाउका पिता, जुन छेउकै मजदुर बस्तीमा चिकित्सक थिए, जब बिरामीलाई हेर्नका लागि उनीहरुका घरमा जान्थे, त्यतिखेर प्रायजसो उनी आफ्ना छोरालाई लिएर जान्थे । ती चिकित्सकले उपचार गरेका अनेक बिरामी क्षयरोगका कारण मरिरहेका थिए र चिकित्सकले धेरै प्रयास गर्दा पनि बचाउन सकिरहेका थिएनन् । हो, ती चिकित्सकले बिरामीहरु सानले मर्ने काममा भने निश्चय नै मद्दत पु¥याउन सक्थे ।

जब उनका पिता बिरामीहरुसित उनीहरुको अन्तिम इच्छा सोध्थे, त्यतिखेर धेरैजसो मजदुरहरु आफ्नो अन्तिम इच्छास्वरुप बताउँथे– ‘मलाई गाड्नुअघि मेरो लासमाथि कम्युनिष्ट घोषणापत्र राखिदिनू ।’ उनीहरु चिकित्सकलाई अनुरोध गर्दथे कि, त्यहाँ कुनै पादरी घुसेर हाम्रो लासमाथि घोषणापत्रको साटो ‘बाइबल’ नराखी दियोस् ।

कम्युनिष्ट पार्टीको घोषणापत्र जारी भएको डेढ दसकभन्दा बढी नै समय बितिसकेको छ । यी डेढ सयभन्दा बढी वर्षहरुमा कम्युनिष्ट पार्टीको घोषणापत्र बाइबलको अतिरिक्त संसारमै सबभन्दा बढी पढिने किताबमा दरिएको छ । एरिक हाब्सबामले त्यस किताबको नयाँ संस्करणको आफ्नो सानदार भूमिकामा उक्त किताबको सुग्राह्यताको एक संक्षिप्त इतिहास पेस गरेका थिए । हाब्सबामले संक्षेपमा लेखेका थिए– ‘जब कुनै अशान्ति पैदा हुन्छ, संसारमा कहीँ पनि, तब यो पुस्तक अगाडि आउँछ । जब वातावरण शान्त हुन्छ, यो पनि नजरबाट ओझेलमा पर्न जान्छ । जब फेरि गड्बडी पैदा हुन्छ, बिर्सिएका व्यक्तिहरुले यसलाई फेरि सम्झना गर्न थाल्छन् । जब कहीँ कतै फासिष्ट शैलीको शासन स्थापित हुन्छ र त्यहाँ केही थोरै किताब जलाइन्छ, त्यसमा यो किताब पनि सामेल हुन्छ । जब कुनै व्यक्ति कुनै प्रतिरोधका बारेमा सोच्दछन्, ती व्यक्ति भलै कम्युनिष्ट नहोस् वा कम्युनिष्टमाथि विश्वास पनि गर्दैनन्, तर यो किताब उनको सोचमा निश्चय नै संगीत घोल्दछ । उक्त किताबको आरम्भिक र अन्तिम पंक्तिको धड्कनमाथि विचार पु¥याउनोस् । प्रथम पंक्ति ‘युरोपलाई एउटा भूतले आतंकित तुल्याइरहेको छ, कम्युनिज्मको भूत’ र अन्तिम पंक्ति ‘सर्वहाराका लागि गुमाउनका लागि आफ्नो हातसिवाय केही हुँदैन, जित्नका लागि उसका सामु सिंगो संसार हुन्छ, संसारभरिका मजदुरहरु एक होऔं’ । फ्रान्सको कैसब्लांकाको रिक बारमा जब त्यहा“को ब्याण्ड ‘ला मार्सिलेस’ को धुन बज्न थाल्दछ, तब तपाई उभिएर उक्त धुन गुन्गुनाउनु पर्दछ ।

यद्यपि अचेलका शिक्षित व्यक्ति, यतिसम्म कि वामपन्थी राजनीतिका समर्थक पनि आश्चर्यजनक ढंगले यो कुरा जान्दैनन् कि उक्त किताबमा वास्तवमा के भनिएको छ ? कैयौं वर्षदेखि म व्यक्तिहरुसित यो कुरा सोधिरहेको छु कि, उनीहरु यसको विषयवस्तुबारे के जान्दछन् ? सबभन्दा सामान्य जवाफ यस्तो मिल्दछ कि, एक, यो एउटा कल्पनावादी पुस्तक हो, जसले धनसम्पत्तिबिना समाज कसरी चल्दछ भन्ने कुरा बताउ“छ र अर्को, यो एक मैकियावेलियन पुस्तिका हो, जसले बताउँदछ कि कम्युनिष्ट समाज कसरी बनाइन्छ र सत्तामा टिकाइन्छ । यस्तो होइन कि, कम्युनिष्टहरु यो किताबको बारेमा गैरकम्युनिष्टभन्दा सर्वोत्तम तरिकाले जान्दछन् । सुरुमा त मलाई यो तथ्यले हल्लायो तर पछि मैले देखेँ कि यो कुनै अपवादस्वरुप कुरा थिएन ।

बितेका वर्षहरुमा मार्क्सको केही मूर्ति सार्वजनिक स्थलबाट हराए । उनको नाममा बनाइएको कैयौं सडक र अनेक पार्कको नाम बदल्ने काम भयो । यी सबैको के अर्थ थियो ? केही व्यक्तिका लागि सोभियत संघको भित्री विष्फोट सिधा अर्थमा त्यही कुरा सावित गर्दछ कि, जो उनीहरुले अहिलेसम्म सोच्दै आएका थिए । सिसिएनवाइमा एक पुराना हाकिमले यही कुरा भनेका थिए– ‘सन् १९८९ ले सावित गरेको छ कि मार्क्सवादको शिक्षा पुरानो भइसक्यो ।’ तर, इतिहासलाई अध्ययन गर्ने दोस्रो तरिका पनि हुन्छ । सन् १९१७ पछि मार्क्समाथि जुन केही भयो, त्यसलाई एक ठूलो दूर्घटना मान्न सकिन्छ । कतैकतै कुनै चिन्तकको सवालमा, शीर्षस्थानमा उनको अद्यःपतन शुभ सावित हुनसक्ला, हुन सक्छ कि, जुन धरातलीय स्तरमा उभिने कोसिस हामी गरिरहेका छौं, त्यही स्तरमा हामीले मार्क्ससित त्यो सबै सिक्न सक्यौं, जुन उनले हामीलाई बताउन चाहेका थिए । यद्यपि उनीहरु हामीलाई किन बताउन चाहन्छन् ? पहिलो त पु“जीवादको प्रशंसा, त्यो पनि यति धेरै कि, यदि तपाई पहिले नै तयार हुनुहुन्न भने बिल्कुल अचम्भित हुनुहुनेछ । घोषणापत्रको सुरुमा भौतिक निर्माणको ती प्रक्रियाको, जसलाई पँुजीवादले अगाडि बढाउँछ, र ती भावावेगको, जो उनीहरुका साथ विकसित हुन्छ, चर्चा गरिएको छ । मानौं, तपाई उनीहरुको जादुमयी र दिव्य प्रभावमा पर्नुभएको छ– ‘पँुजीपति वर्गले जति शक्तिशाली एवम् प्रचण्ड उत्पादक शक्ति उत्पन्न गरे, त्यति पछिल्लोे समग्र पिढी मिलेर पनि उत्पन्न भएको थिएन । प्राकृतिक शक्तिलाई मनुष्यद्वारा नियन्त्रणमा लिनु, मेसिनहरुको उपयोग, उद्योग र खेतीपातीमा रसायनशास्त्रको प्रयोग, वाष्पचालित परिवहन, रेल्वे..सिंगो महाद्वीपलाई खेतीका लागि प्रयोग गर्नु, नदीहरुबाट नहरको निकासी, पूरै बस्तीलाई जादुद्वारा पैदा गरिनु, के पछिल्लो शताब्दीमा कसैले यस्तो सोचेका थिए कि, सामाजिक श्रमको गर्भमा यस्तो उत्पादक शक्ति निदाएको थियो ?’

कम्युनिष्ट घोषणापत्रमा लेखिएको छ– ‘उत्पादनका औजारहरुमा निरन्तर क्रान्तिकारी परिवर्तन र त्यसको फलस्वरुप उत्पादनको सम्बन्धमा, साथै समाजका सम्पूर्ण सम्बन्धमा क्रान्तिकारी परिवर्तनबिना पँुजीपति वर्ग जीवित रहन सक्दैन…उत्पादन प्रणालीमा निरन्तर क्रान्तिकारी परिवर्तन, सबै राजनीतिक अवस्थामा लगातार उथलपुथल, शाश्वत अनिश्चयता र हलचल, यी सबै चिजले पँुजीवादी युगभन्दा पहिलेका सबै युगबाट अलग गर्दछ । सबै स्थिर र जड्युक्त सम्बन्ध, जसका साथ प्राचीन र पूज्य पूर्वाग्रह तथा मतहरुका एक सिङ्गो संरचना जोडिएको हुन्छ, मेटाइएको हुन्छ । सबै नया“ बन्ने सम्बन्धहरु जडिभूत बन्नुभन्दा पहिले पुराना बन्न पुग्दछ । जुन केही ठोस हुन्छ, त्यो हावामा उड्न पुग्दछ । जुन केही पावन हुन्छ, त्यो भ्रष्ट हुन पुग्छ र अन्ततः मनुष्य शान्त दृष्टिले जीवनका वास्तविक स्थितिको, मानव–मानवको आपसी सम्बन्ध देख्नका लागि बाध्य हुन्छन् ।’

घोषणापत्रको पहिलो अध्यायमा ‘पँुजीपति र सर्वहारा’ मा यस्ता किसिमका अनेक अंश पाइन्छन्, जुन ओजपूर्ण स्वरमा अरु नाटकीय सूक्ष्मदर्शिताका साथ लेखिएको छ । यद्यपि अनेक पाठकले सायद यसमा महत्वपूर्ण ध्यान दिएका छैनन् । तथापि मार्क्सका समकालीन पाठकहरुले त्यसलाई सम्झिएका थिए र केही रेडिकल चिन्तकहरु, जस्तैः प्रुधो, बाकूनिनजस्तै, ले पँुजीवादको उक्त प्रशंसाको पँुजीवादबाट पीडित व्यक्तिप्रति गद्दारी मानेका थिए । यो आरोप आज पनि सुनिन्छ र त्यसले गम्भीर प्रत्युत्तरको माग गर्दछ । मार्क्सले पुँजीवादलाई घृणा गर्दथे, तथापि उनीहरुले यो पनि सोच्दथे कि, त्यसबाट आध्यात्मिक र भौतिक दुवै क्षेत्रमा अत्यधिक र वास्तविक फाइदा भयो । र, उनीहरु यो पनि चाहन्थे कि, उक्त फाइदा चारैतिर फैलियोस् र जोकोहीले त्यसको उपयोग गरोस्, ताकि त्यसमाथि एक साना शासक वर्गको ठेक्कापट्टा कायम होओस् । यो चिज ती रेडिकलहरुका विशिष्ट एकान्तिक आक्रोशभन्दा बिल्कुल भिन्न छ, जो यी उपलब्धिहरुलाई बिल्कुल खारेज गर्न चाहन्छन् । कतैकतै प्रुधोजस्ता व्यक्ति आधुनिक कालप्रति घृणा गर्दछन्, ऊ कृषक ग्राम–समाजको स्वर्णयुगको सपना देख्दछ, जहाँ हरेक आफ्नो–आफ्नो ठाउँमा खुसी थिए । अर्थात् उनीहरुका साथमा रहनेहरु खुसी थिए । केही अरु रेडिकलहरु त वास्तविकताका विरुद्ध, स्वयम् मानव जीवनका विरुद्ध आफ्नो आक्रोश पोख्न थाल्छन् । र, यो भविष्योद्घोषी आक्रोश तात्कालिक हिसाबले सनसनीखेज रोमाञ्चता पनि पैदा गर्दछ । तर, माक्र्सको परिप्रेक्ष्य केही धेरै जटिल र अर्थपूर्ण छ र यदि तपाई परिपक्व हुनुहुन्न भने त्यसलाई आत्मसात गर्न सक्नु हुन्न ।

मार्क्स कुनै पहिलो कम्युनिष्ट होइनन्, जसले सृजनात्मकताका लागि पुँजीवादको प्रशंसा गरे । यस्तो रवैया उनीभन्दा पहिलेका पिढीका कतिपय महान् समाजवादीहरुभित्र पनि देखिएको थियो । त्यस्तो रवैया सेन्ट साइमन र रोबर्ट ओवेनमा पनि देखिएको थियो । माक्र्स नै त्यस्ता पहिला व्यक्ति थिए, जसले उक्त खतरनाक सृजनात्मकतालाई जीवन्त बनाउनका लागि गद्य शैलीको खोज गरेका थिए । घोषणापत्रमा उनको शैली गीतात्मक छ र अभिव्यक्तिवादी पनि छ । त्यसको हरेक प्याराग्राफ हामीसामु एक तरंगजस्तै आउँछ, हामीलाई आफ्नो प्रभावले झक्झक्याउँछ र विचारले ओतप्रोत तुल्याउँछ । उक्त गद्यले एक अविराम आवेग पैदा गर्दछ । जुन कुनै गाइड वा नक्साबिना नै अगाडि बढ्दछ, सम्पूर्ण सीमाबद्धतालाई तोड्दै, सम्वाद–विचार–अनुभवको ढा“चा र खातलाई पन्छाउँदै । मार्क्सको शैलीमा तालिकाको ठूलो भूमिका छ । घोषणापत्रको मोहकता हाम्रो त्यस अनुभूतिबाट पैदा हुन्छ, यो सूचि कहिल्यै समाप्त नहुने खालको हो । यो तालिका वर्तमान र भविष्यका लागि खुला गरिएको छ र हामीलाई आमन्त्रित गरिरहेको छ कि, हामी त्यसमा आफ्ना कुराकानी–विचार–अनुभवलाई जोड्दै जाऊ र सम्भव भएसम्म त्यसमा समाहित गर्दै जाऊ ।

मार्क्सले पाठकलाई भित्री रुपमा यस्तो महसुस पैदा गराउँछ, मानौं ऊ उन्नाइसौं शताब्दीको सबभन्दा गतिशील र सानदार रेलमाथि सवार छ, जो उक्त शताब्दीको सबभन्दा दुर्गम र खतरनाक घाँटीहँुदै अगाडि बढ्छ । तथापि हामीसित धेरै चम्किलो रोसनी छ, फेरि हामी त्यसबाट अगाडि बढ्छौं, जहाँ अगाडिका लागि कुनै बाटो पनि देखिँदैन ।

मार्क्स, आधुनिक पँजीवादको जुन एउटा विशिष्टताको सबभन्दा बढी प्रशंसा गर्दथे, त्यो थियो– पँुजीवादको विश्वव्यापी विस्तार र त्यसको सार्वभौमिक प्रकृति । अधिकांश व्यक्ति आज वैश्विक अर्थतन्त्रका कुरा गरिरहेका छन्, मानौं त्यो अहिलेमात्र अवतरित भएको हो । कम्युनिष्ट घोषणापत्रले हामीलाई बताउँछ कि, त्यो कुरा सुरुदेखि नै कुन हदसम्म मौजूद रहेको थियो– ‘आफ्ना वस्तुका लागि बारम्वार फैलिएको बजारको आवश्यकताको कारण पुँजीपति वर्ग संसारका कुनाकुनाका धूलो छान्दछ । त्यो हरेक ठाउँ घुस्ने, हरेक ठाउँमा पैताला जमाउने र हरेक ठाउँमा सम्पर्क कायम गर्न बाध्य हुन्छ । विश्व बजारलाई आफ्नो फाइदाका लागि प्रयोग गरेर पँुजीपति वर्गले प्रत्येक देशको उत्पादन र खपतको एक सार्वभौमिक रुप दियो । प्रतिगामीहरुको भावनामाथि गहिरो चोट पु¥याएर उसले उद्योगको पैताला मुनिको त्यस राष्ट्रिय आधारलाई खस्काउने काम ग¥यो, जसमाथि ऊ उभिएको थियो । स्थापित पुराना राष्ट्रिय उद्योगलाई या त नष्ट गरिदियो वा नष्ट गर्ने अभियान चालियो । त्यसको स्थान नयाँ नयाँ उद्योगहरुले लियो । जसको स्थापना सबै सभ्य देशहरुका लागि जीवन–मरणको प्रश्न बन्न जान्छ । त्यसको स्थान यस्ता नयाँ उद्योगले लियो, जसले उत्पादनका लागि अब आफ्नो देशका कच्चा वस्तु प्रयोग गर्दैनन्, यद्यपि टाढा–टाढाका देशहरुबाट ल्याइएका कच्चा वस्तु प्रयोग गर्दछन् । त्यसको स्थान यस्ता उद्योगले लिइरहेको छ, जसको उत्पादनको खपत मात्र त्यसमा देशमा होइन, पृथ्वीका कुनाकुनामा भइरहेको छ…तिनीहरुको वस्तुको सस्तो मूल्य एउटा यस्तो तोपखाना हो, जसको सहयोगले सबै ग्रेटवाललाई ढलाइदिन्छ र विदेशीहरुप्रति तीव्र र घोर घृणा राख्ने बर्बर जातिको आत्मसमर्पणका लागि बाध्य बनाउँछ । प्रत्येक राष्ट्रको पँुजीवादी उत्पादन प्रणाली अपनाउनका लागि बाध्य तुल्याइदिन्छ । तिनीहरुलाई जुन कार्य गर्न बाध्य तुल्याउँछ, त्यसलाई सभ्यता भन्दछन् । संक्षेपमा पुँजीपति वर्ग सिङ्गो संसारलाई आफ्नो साँचोमा ढाल्दछ ।’

यो विश्वव्यापी विस्तार इतिहासको विडम्बनाको एक भयावह प्रदर्शन हो । पुँजीपति वर्गको आकाङ्क्षाहरु अत्यन्तै क्षुद्र हुन्छ । तथापि मुनाफाको नमेटिने तिर्खाले उनीहरुलाई एक अन्तहीन दौडमा धकेली दिन्छ । उनीहरु केवल एउटा चिजको बारेमा मात्रै सोच्दछन् । तसर्थ त्यो सङ्कीर्ण केन्द्रविन्दुले तिनीहरुलाई व्यापकतम सम्पर्कतिर लैजान्छ । उनीहरुको छिपछिपे दृष्टिकोणले उनीहरुलाई सबभन्दा गहिरो रुपान्तरणतिर धकेली दिन्छ । उनीहरुको शान्तिपूर्ण आर्थिक क्रियाकलाप एक बमजस्तै प्रत्येक मानव समाजको सर्वाधिक आदिम कविलादेखि शक्तिमान सोभियत संघसम्मलाई तहसनहस गरिदिन्छ । पँुजीवादी विकासका लागि मानव संशाधनको अतिविशाल लगानीलाई देखेर माक्र्स अचम्भित थिए । तर, उनलाई प्रायजसो यो भरोसा थियो कि, पँुजीवादले जुन वैश्विक क्षितिज उत्पन्न ग¥यो, त्यस महान् उपलब्धिको ढाँचामा समाजवादको रचना गर्न सकिन्छ ।

पहिलो प्रयास, विश्व संस्कृतिको अध्यायको सुरुवात पनि एक महत्वपूर्ण वैश्विक परिघटनाको रुपमा सामुन्ने आयो । मार्क्सले त्यसलाई ‘विश्व साहित्य’को संज्ञा दिएका थिए । किनकि त्यस समय मास–मिडियाको विकासको सुरुवातमात्र भएको थियो । मेरो विचारमा यस शताब्दीको अन्त्यमा यसलाई समुन्नत बनाएर ‘विश्व संस्कृति’ भनिनु धेरै उचित होला । घोषणापत्रले देखाएको छ कि, कुन प्रकारले यो संस्कृति विश्व बजारसित पैदा भएको हो– ‘ती पुराना आवश्यकताहरुको ठाउँमा, जसलाई स्वदेशमा बनेका चिजबाट पूरा गरिन्छ, अब यस्ता नयाँ आवश्यकता जन्मिइसक्यो, जसलाई पूरा गर्नका लागि टाढा–टाढाका देशहरु र भूभागहरुबाट वस्तु मगाउनु पर्दछ । पुराना स्थानीय र राष्ट्रिय पृथकता एवम् आत्मनिर्भरताको स्थान चौतर्फी पारस्परिक सम्पर्कले, सार्वभौमिक अन्तःनिर्भरताले लियो । र, भौतिक उत्पादनजस्तै, बौद्धिक उत्पादनको ठाउँमा पनि यही परिवर्तन घटित भयो । भिन्नभिन्न राष्ट्रको बौद्धिक कृतिहरु सार्वभौमिक सम्पत्ति बन्न पुग्यो । राष्ट्रिय एकांगीपन र संकुचित दृष्टिकोण दुवै आधिकाधिक असम्भव हँुदै जान थाल्यो । र, अनेक राष्ट्रिय र स्थानीय साहित्यबाट एक विश्व साहित्य उत्पन्न भइरहेको छ ।’

विश्व–संस्कृतिको भविष्य–दृष्टिले कैयौं जटिल विचारहरुलाई एकैसाथ सामुन्ने लिएर आयो । सबभन्दा पहिला त मानवीय आवश्यकताको विस्तार भयो । लगातार फैलिएको सार्वभौमिक विश्व बजारले तत्कालिन रुपमा हरेक व्यक्तिको आकाङ्क्षालाई आकार दियो र त्यसलाई फैलाइदियो । माक्र्स यस विषयमा धेरै विस्तारमा गएनन् । तर उनी चाहन्थे कि, हामी यो कुरा सोच्दछौं– हाम्रो भोजन, वस्त्र, धर्म, गीत, प्रेम तथा हाम्रो अन्तरमनका फन्तासीहरु र साथै हाम्रो प्रस्तुतिकरणमा त्यसको के अर्थ हुनसक्छ ? दोस्रो, विश्व बजारमा ‘सार्वभौमिक सम्पत्ति’ का कुनै तरिकाको संस्कृतिको अवधारणा, कतै पनि कोहीद्वारा सृजित कुनै पनि कुरा हरेक ठाउँ जोकोहीका लागि खुला वा उपलब्ध छ । उद्यमीले पुस्तक प्रकाशित गर्दछ, नाटक र सङ्गीत समारोह आयोजना गर्दछ, दृश्य–कला प्रस्तुत गर्दछ र हामी बाँचिरहेको शताब्दीमा सिनेमा, रेडियो, टेलिभिजन तथा कम्प्युटरका लागि हार्डवेयर र सफ्टवेयर बनाउ“छ । यी सबै काम पैसा कमाउनका लागि हो । यद्यपि, यही प्रकार वा अन्य तरिकाले । इतिहास, मालिकहरुको औंलाले मेटिन्छ । ताकि गरिब व्यक्तिसम्म संस्कृति पुगोस्– एउटा विचार, एक काव्यात्मक छवि, एक सङ्गीत–ध्वनि, प्लेटो, सेक्सपियर, एक निग्रो आध्यात्मिकसम्म पुग्न सकोस् । भलै, ऊ यी सबै चिजको मालिक बन्न नसकोस् । ‘सार्वभौमिक सम्पत्ति’ का रुपमा आधुनिक संस्कृतिले हामीलाई यो कुरा सोच्न मद्दत गर्दछ कि, संसारका सबै व्यक्ति कसरी एक दिन संसारका सम्पूर्ण संशाधनमा आफ्नो हिस्सा लिन सक्छन् ।

संस्कृतिको यस विश्व–दृष्टिमाथि सायदै कहिल्यै बहस हुन्छ । यद्यपि माक्र्सद्वारा लिखित सर्वाधिक उन्मुक्त र आशलाग्दो चिजहरुमा एउटा यो पनि हो । हाम्रो शताब्दीमा सिनेमा, टेलिभिजन, भिडियो, कम्प्युटरको विकासले गर्दा एक विश्वव्यापी दृश्य–भाषाको निर्माण भयो । यसले विश्व–संस्कृतिको विचार पहिलेभन्दा केही धेरै फलिभूत भयो । र, हाम्रो सर्वोत्तम सङ्गीत–तरङ्ग र किताबमा संसारको धड्कन गुञ्जिइरहेको छ । यो धेरै राम्रो समाचार हो । तर, खराब समाचार यो हो कि, संस्कृतिका बारेमा अधिकांश वामपन्थी रचनाहरु कति नमीठा र तिखा हुँदै गए । कहिलेकाही त यस्तो लाग्छ, मानौं संस्कृतिको विभाग शोषण–उत्पीडनका नै एउटा अर्को क्षेत्र हो । जसमा कुनै पनि कुरा प्रकाशवान् छैन, मूल्यवान् छैन । फेरि यस्तो लाग्छ, मानौं मानिसको दिमाग खाली भाँडा हो, जसभित्र ‘पुँजी’को शिक्षाभन्दा बाहेक अर्को कुनै चिज राख्न सकिँदैन । ‘प्रभुत्ववादी–प्रतिप्रभुत्ववादी’ विमर्शमाथि लेखिएको केही लेखलाई पढ्दा वा पढ्ने कोसिस गर्दा तिनीहरु यसरी लेखिरहेका छन्, यस्तो लाग्छ, संसार नै उनीहरुको वरिपरिहुँदै गुज्रिरहेको छ ।

यदि पुँजीवाद यति भव्य तरिकाले विजयी भयो, त फेरि यसमा गड्बडी किन ? यसको विरोधमा आफ्नो सम्पूर्ण जिन्दगी बिताउनुको अर्थ के हो ? बीसौं शताब्दीमा, संसारभरिमा माक्र्सवादी आन्दोलन यस तर्कमाथि केन्द्रीत रह्यो, जसबारे ‘पँुजी’मा सबभन्दा धेरै विस्तारमा बताइएको छ, कि पुँजीवादी समाजमा मजदुरको समस्या बढ्दै गएको छ र बढ्ने छ । यस्तो स्थान र समय थियो, जहाँ यस्तो दाबीलाई खारेज गर्नु अर्थहीन हुन्थ्यो । यस्तो पनि समय र स्थान थियो, जहाँ यो दाबी धेरै कमजोर थियो । तर, माक्र्सवादी अर्थशास्त्री विचित्र द्व्रन्द्वात्मक आँकडा निकालिरहेका थिए । र, यो बहसका साथ समस्या के थियो भने, त्यसले मानवीय अनुभूतिका प्रश्नलाई आँकडाको प्रश्नमा बदलिदियो । त्यसले मार्क्सवादलाई पनि पँुजीवादको शैलीमा सोच्न र बोल्न सिकाइदियो । यद्यपि, यो आरोप व्यापार–चक्रको शिखरमा लागू हुन्छ, जहाँ पँुजीपति वर्ग र त्यसका प्रशंसकहरु आत्मसन्तोषमा डुबिरहेका हुन्छन् ।

पुँजीवादी समाजले व्यक्तिलाई जुन साँचोमा ढालिदिन्छ, त्यसको बारेमा मार्क्सको दृष्टि नै सबभन्दा ठूलो आरोप हो, एकअर्काप्रति व्यक्तिको भावना नै बिल्कुलै चीसो पर्न जान्छ, ताकि ऊ भावसुन्य संसारमा रहन लायक बनोस् । अनेक प्रकारका सामन्ती सम्बन्धलाई निर्ममतापूर्वक तोड्ने क्रममा पँुजीवादी समाजले नग्न स्वार्थको, नगद पैसा, कौडीको हृदयसुन्य व्यवहारबाहेक मनुष्यबीच अरु कुनै दोस्रो सम्बन्ध बाँकी रहन दिएन । उसले हरेक किसिमका भावनात्मक मूल्यको स्वार्थी हिसाबकिताबको बरफयुक्त पानीमा डुबाई दियो । मनुष्यको वैयक्तिक मूल्यको उसले विनिमय मूल्य बनाई दियो । उसले हरेक ऐतिहासिक परम्परा र स्वतन्त्रतालाई ध्वस्त गरेर त्यसको ठाउँमा एउटा निर्लज्जतापूर्वक स्वातन्त्र्यलाई स्थापना गरे, त्यसलाई मुक्त व्यापार भनिन्छ । पँुजीवादको सबभन्दा ठूलो खराब कार्य के हो भने ऊ व्यक्तिलाई जीवित रहनका लागि धेरैभन्दा धेरै क्रूर बनाई दिन्छ ।

बितेका केही दशकयता हामीले यस्ता असंख्य साहित्य देख्यौं, जसमा पँुजीपति वर्गको क्रूर बन्ने क्रियाको सजीव चित्रण मौजूद छ । यो एउटा यस्तो वर्ग हो, जसका त्यही सदस्य सबभन्दा धेरै सफल हुन्छ, जसले क्रूरतालाई आफ्नो जीवनको सहज अंग बनाउँछ । यद्यपि त्यही सामाजिक शक्ति, मार्क्सले जसलाई आधुनिक मजदुर वर्ग भनेका थिए, उसको विशाल समुदायलाई पनि दबाउन सक्छ । आज यस वर्गको पहिचान बिर्सदै गइरहेको छ । अनेक पाठक प्रायजसो यही कुरा सोच्दछन् कि, त्यस मजदुर वर्गको अर्थ मात्र कारखाना मजदुर वा औद्योगिक मजदुर वा शारीरिक श्रमजीवी वा फेरि गरिब मजदुर हुनसक्छ । यद्यपि यी पाठकहरु पछिल्लो पचास वर्षमा कामदारहरुको बदलिएको प्रकृति देख्छन्, पढे, लेखेका, सेवा क्षेत्रमा आवद्ध लगभग मध्यमवर्गीय तरिकाका सफासुग्घर कर्मचारीहरुको बढ्दो भीड देख्छन् र यही निष्कर्ष निकाल्छन् कि मजदुर वर्गका लागि तमाम सम्भावनाहरु समाप्त भइसक्यो । मार्क्सले यो कुरा सोचेका थिएनन् कि, मजदुरको संख्या कम भइरहेको छ । अधिकांश औद्योगिक देशहरुमा मजदुरहरु विशाल बहुसंख्या बनेको थियो र बन्ने प्रक्रियामा थियो । त्यस वर्गको लगातार बढ्दो संख्याले उसलाई जनवादको लडाइ“ जित्नमा सामथ्र्य बनाउने खालको थियो । उनको राजनीति अंकगणित त्यस धारणामा टिकेको थियो, जो सिधा, सरल थियो र धेरै सारभर्गित पनि थियो, सर्वहारा वर्गको, आधुनिक मजदुरको एक वर्गको विकास हुन्छ, जो तबसम्म जीवित रहन सक्छ, जबसम्म उनीहरुलाई काम मिल्दछ । र, उनीहरुलाई काम तबसम्म मिल्दछ, जबसम्म उनीहरुका श्रमले पुँजीमा वृद्धि गर्दछ । ती श्रमजीवि वर्ग, जसले आफूलाई अलगअलग रुपमा बेच्न बाध्य हुन्छन्, अन्य व्यापारिक मालजस्तै उनीहरुस्वयम् पनि माल हुन् । त्यसकारण उनीहरु होडबाजीको हरेक उतारचढाव तथा बजारका हरेक तीव्र मन्दीको सिकार हुन्छ ।

कारखानामा काम गर्नु वा आफ्नो हातको कष्ट गर्नु वा गरिब हुनु नै महत्वपूर्ण कारक होइन । यी सम्पूर्ण कुरा आपूर्ति र मागमा आउने उतारचढाव तथा प्रविधि र राजनीतिमा हुने परिवर्तनबाट बदल्न सकिन्छ । महत्वपूर्ण तथ्य यो हो कि, तपाई जीवित रहनका लागि पँुजीको आफ्नो श्रम बेच्नु हुन्छ कि हुन्न ? बिक्रीका लागि आफ्नो व्यक्तित्वलाई ढाल्ने आवश्यकता छ कि छैन ? के तपाई सिसाअगाडि उभिएर यो कुरा सोच्नु हुन्न कि, मसित त्यस्तो के चिज छ, जसलाई बेच्न सकियोस् । के तपाईलाई प्रायजसो यस्तो चिन्ताले सताउँदैन, यदि तपाई आज ठिकठाक हुनुहुन्छ, भोलि पनि जुन चिज तपाईसित हुन्छ, त्यसलाई खरिद गर्ने कोही पाउँदछन् वा बदलिएको बजारले भोलि तपाईलाई पनि त्यही प्रकार अयोग्य ठह¥याउँदैन । के तपाईलाई यो कुराले डर लाग्दैन, कि आज तपाईसित घर छ, तर भोलि तपाई आश्रयविहीन बन्न सक्नु हुन्छ । आधुनिक समयका अधिकांश मजदुरहरुको यस्तै स्थिति छ ।

अधिकांश व्यक्ति मजदुर वर्गकै अंश हुन् तर उनीहरुलाई यस कुराको ज्ञान हँुदैन । सिङ्गो सहरमा फैलिएको कार्यालय–भवनमा व्यक्तिहरुको भीड लागेको हुन्छ । ती व्यक्तिहरु आकर्षक सुट पहिरिन्छन्, राम्रो घरमा बस्छन् । किनकि आज पनि अझै उनीहरुको राम्रो माग छ र उनीहरु ठिक ढङ्गले काम गरिरहेका छन् । उनीहरु आफूलाई मालिकजस्तै सम्झन सक्छन् । तर उनीहरुलाई यो कुरा थाहा छैन कि, उनीहरुको यो सुख कति अनिश्चित र क्षणभङ्गुर छ † उनीहरुलाई तबसम्म यो कुराको महसुस हँुदैन कि, उनीहरु को हुन् र कुन वर्गका सदस्य हुन् ? जबसम्म कि उनीहरुलाई ले–अफ गरिँदैन वा उनीहरुलाई अयोग्य घोषित गरेर पदमुक्त गरिँदैन । र, दोस्रा मजदुरको, जोसित स्नातक छैन, राम्रो पोसाक छैन, उनीहरु कार्यालयमा होइन, कोठरीमा काम गर्दछन् । उनीहरुलाई यो तथ्यबारे थाहा हुँदैन, जो उनीहरुको वरिपरि प्रमुख बनेर घुमिरहन्छन् । तिनीहरु पनि वस्तुतः उनीहरुकै वर्गका व्यक्ति हुन् । तथापि यही कुराको जानकारी दिनकै लागि त संगठन र संगठकहरुको आवश्यकता पर्दछ ।

एउटा समूह यस्तो पनि थियो, जसको मजदुरवर्गीय चिनारी मार्क्सका लागि धेरै महत्वपूर्ण थियो । र, स्वयम् मार्क्स पनि त्यही वर्गका सदस्य थिए, अर्थात् बुद्धिजीविहरुको समूह । मार्क्सले लेखेका छन्– ‘जुन पेसाका सम्बन्धमा अहिलेसम्म व्यक्तिको मनमा आदर र श्रद्धाको भावना थियो, ती सबैको प्रभामण्डल पँुजीपति वर्गले खोसिसक्यो । डाक्टर, वकिल, पुरोहित कवि र वैज्ञानिक, सबैलाई उसले आफ्नो मजदुर बनाइसक्यो ।’ मार्क्सले यो कुरा बताइरहेका थिएनन् कि, पुँजीवादी समाजमा यी गतिविधिहरुले आफ्नो मानवीय अर्थ वा मूल्य गुमाउँदछ । तथापि त्यसको अर्थवत्ता र मूल्य पहिलेभन्दा कही धेरै हुनजान्छ । यदि स्वतन्त्रता पाउनु छ भने, अनुसन्धान गर्नु छ भने, जीवनको रक्षा गर्नु छ भने वा संसारमा काव्यात्मकताको रस–सञ्चार गर्नु छ भने, यी सबै पँुजीको सेवा गर्दै गर्न सकिन्छ । तपाईलाई औषधि कम्पनी, सिनेमा स्टुडियो, शैक्षिक संस्थाहरु, राजनीतिज्ञ आदिआदिका लागि काम गर्नु पर्दछ र आफ्नो सिर्जनात्मक दक्षताको माध्यमबाट अधिकाधिक पँुजी सञ्चयमा योगदान गर्नु पर्दछ, यसको अर्थ यो हो कि, बुद्धिजीविहरुले केवल ती दबाब झेल्नुपर्दछ, जसले मजदुर वर्ग पीडित हु्न्छन् । यद्यपि उनीहरु स्वयम्को पनि एक भयावह संसार हुन्छ । उनीहरु आफ्नो कामलाई जति पर्वाह गर्छन् र त्यसलाई सार्थक बनाउनका लागि कोसिस गर्दछन्, त्यति नै धेरै उनीहरु आफ्नै पँुजीको मालिकको विरुद्ध भीडन्तमा फस्न पुग्दछन् । उनीहरु जति सिधा चल्ने प्रयास गर्दछन्, उनीहरुको लड्ने सम्भावना त्यति नै बढी हुन्छ । यो चीरकालिक दबाबमा उनीहरुको यस्तो विशिष्ट अन्तर्दृष्टि पैदा गर्न सक्छ, कि सम्पूर्ण मजदुरहरु एक हुनु पर्दछ । तर के एकताबद्ध मजदुर पनि बौद्धिक र कलात्मक स्वतन्त्रताको पँुजीको तुलनामा धेरै सम्मान दिन पाउछन् ? यो एउटा खुला प्रश्न हो । एक्काइसौं शताब्दीमा कुनै समय, कुनै देशमा मजदुरले सत्ता सम्हाल्छन्, तब हामी यो देख्न सुरु गर्न सक्दछौं ।

कार्ल मार्क्सका अनुसार आधुनिक मजदुर वर्ग एउटा विशाल बहुसंख्याका रुपमा अगाडि आउने पक्षमा छन् । यस्तो किसिमको ठूलो सम्भावना स्थायी गुरुत्व र प्रतिष्ठाको संगठित गर्ने कहानी सुनाउँछ । युनियन निर्माणको प्रक्रिया कुनै खास हित–समूहको मुद्दा होइन, बलिक लेसिङको शब्दमा ‘मानव जातिका शिक्षण’ को एक महत्वपूर्ण अंग हो । र, यो केवल शैक्षणिक विषय होइन, अस्तित्वमूलक प्रश्न हो । व्यक्ति रुपमा अरु समुदायको कुनै किसिमले व्यक्तिद्वारा यो कुरा खोज्ने प्रक्रिया हो कि– ऊ को हो, के हो ? जस्तो कि ऊ यो कुरा सम्झन्छ– ऊ को हो ? तथापि ऊ यो पनि देख्दछ कि, उसलाई आप्mनो अस्तित्वका लागि एक अर्का को आवश्यकता छ । ऊ यो कुरा सम्झिन सक्छ, किनकि ऊ चलाख छ । पुँजीवादी समाजले उनलाई त्यस्तो बनाउन बाध्य तुल्याइदिएको छ, ताकि ऊ लगातार उथलपुथलका बीच ज्युँदो रहन सकोस् । मार्क्सलाई यो कुरा थाहा थियो कि ऊ विस्तारै–विस्तारै बाठो बन्न पुग्दछ ।

कम्युनिस्ट घोषणापत्रमा अन्तर्निहित नैतिक दृष्टिको यो एउटा महत्वपूर्ण अंग हो । तर एउटा अर्को आयाम पनि छ, जो त्यतिकै धेरै आवश्यक छ । किताबको एउटा चरम विन्दुमा माक्र्सले भनेका छन् कि, क्रान्तिले वर्ग र वर्गसंघर्षलाई अन्त गरिदिन्छ र त्यतिन्जेलसम्म ‘यस्तो संघको स्थापना हुन्छ, जसमा व्यष्टिको स्वतन्त्र प्रगति समष्टिको स्वतन्त्र प्रगतिको सर्त हुन्छ ।’ मार्क्सले कम्युनिज्मको कल्पना मानिसलाई सुखी बनाउने तरिका रुपमा गरेका थिए । त्यस सुखका पहिलो पाटो हो– विकास । अर्थात् एउटा यस्तो अनुभव, जो ठीक आप्mनो दोहोरो भावअनुरुप हँुदैन, यद्यपि परिवर्तन र विकासको माध्यमद्वारा हासिल गर्न सकिन्छ । उक्त सुखको मोडेल आधुनिक छ, जो निरन्तर विकसित भइरहेको पँुजीवादी अर्थतन्त्रबाट प्रभावित छ । यद्यपि पँुजीवादी समाजले पनि मानिसलाई विकसित तुल्याउन समर्थ बनाउँछ, तर उसले मानिसलाई बजारको मागअनुरुप विकसित गर्दछ । अर्थात् जो बिक्न सक्छ, उसले विकास गर्दछ, जो बिक्रीयोग्य छैन, ऊ पछाडि पर्दछ र कहिल्यै गतिमा आउँदैन । बाध्यतामूलक विकासको बजार–मोडेलका विरुद्ध माक्र्स ‘स्वतन्त्र प्रगति’ का लागि संघर्ष गर्दछ । यस्तो विकासका लागि, जसमा स्वयम् त्यस व्यक्तिको नियन्त्रण रहन सकोस् ।

यस्तो समयमा, जब अशिष्ट त्रूmरतालाई पनि उदारवादको जामा पहि¥याइएको छ । यो कुरा देख्न आवश्यक छ कि– माक्र्स कुन सीमासम्म सर्वोत्तम उदारवादीसित, आप्mना समकालीन जान स्टुअर्ट मिलसित, सहमत हुन्छन् । माक्र्सले जस्तै मिलले पनि यो कुरा देखेका थिए कि– व्यष्टिको ‘स्वतन्त्र प्रगति’ एउटा आरम्भिक मानवीय मूल्य हो, मार्क्सले जस्तै ऊ यो कुरा यकिन गर्दथे कि– आधुनिकीकरणले जोकोहीलाई यस्तो बनाउन सम्भव बनाइदियो । तर, समय बित्दै जाँदा, उनीहरु यस कुराले कायल बने कि, पुँजीवादी तरिकाको आधुनिकीकरण, जसको मुख्य विशेषता घाँटी छिनाउने प्रतियोगिता, वर्ग प्रभुत्व, सामाजिक समनुरुपता र त्रूmरता, स्वतन्त्र प्रगतिको सम्पूर्ण सम्भावनाको गला रेटिदिन्छ । वृद्धावस्थामा मिलले आपूmलाई समाजवादी घोषणा गरेका थिए ।

बिडम्बना के छ भने, समाजवाद र उदारवाद जुन जमिनमाथि एकैसाथ उभिन्छ, त्यसले ती दुवै वाडलाई ठूलो समस्या उत्पन्न गर्न सक्छ । यद्यपि प्रामाणिक रुपमा ‘स्वतन्त्र प्रगति’ले मानव प्रकृतिलाई भयावहताको गर्वमा डुबाई दियो भने के हुन्छ ? दोस्तोयस्की, नीत्से र फ्रायड सबैले हामीलाई भयावहता झेल्न बाध्य तुल्याई दिए र हामीलाई यो चेतावनी पन दिइयो कि– यो भयावहता स्थायी हो । त्यसको जवाफमा मार्क्स र मिल दुवैले यो भन्नसक्थे कि– जबसम्म हामी सामाजिक प्रभुत्व र अधोगतिमाथि नियन्त्रण लिन सक्दैनौं, तबसम्म यो कुरा भन्न गाह्रो छ, यो भयावहता मानव प्रकृतिमा अन्तर्निहीत छ । यद्यपि हामी यस्तो किसिमको सौम्य स्थिति उत्पन्न गर्न सक्दछौं, जसमा एक्त भयावहता विलुप्त हुनसक्छ । त्यस स्थितिसम्म पुग्ने प्रक्रियामा हामीसित अनवरत कामको माग गर्दछ ।

नब्बेको दसक ठूलो मात्रामा मार्क्सको मूर्ति ढाल्ने प्रक्रियाबाट सुरु भएको थियो । त्यो ‘उत्तरआधुनिक काल’ थियो । भनिन्थ्यो कि, हामीलाई ठूलो विचारको आवश्यकता छैन । नब्वेको दसकको अन्त–अन्ततिर हामीले आपूmलाई गतिशील वैश्विक समाजमा पायौं, जो समेटिँदै–समेटिँदै पहिलाभन्दा कही धेरै एकीकृत हुन पुग्यो । यद्यपि जसको भयावहता पनि निरन्तर बढ्दै गयो । जस्तो कि, त्यस बूढा मानिसले भनेका थिए– बाइवलका देवदूतजस्तै दाह्रीवाला त्यस शास्त्रीय बूढाको उपस्थिति आगामी सहस्राब्दीको पूर्वबेलामा फेरि देखिन्छ । बीसौं शताब्दीको सुरुवातमा हामीले त्यस मजदूरलाई देख्यौं, जो कम्युनिष्ट घोषणापत्र छातीमा राखेर मृत्युवरण गर्न तयार थिए, एक्काइसौं शताब्दीको पूर्वबेलामा त्यसभन्दा पनि कैयौं धेरै यस्ता मानिस मिल्दछन् जो घोषणापत्रसित जीवन बिताउन मन पराउ“छन् ।

 

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित दृष्टि

    
        Loading...     
    

अन्तरवार्ता

समाचार