Presidential

प्रजातान्त्रिक समाजवाद र जनताको बहुदलीय जनवाद एउटै हो ?

राम कार्की

राम कार्की

रुसी ढाँचाको समाजवादको पतनपछि त्यहाँ सारमा पुँजीवाद रूपमा समाजवादको अन्तरविरोध देखा परेको थियो । त्यसले लामो समय धान्न सक्ने स्थिति थिएन । रुस विभिन्न राष्ट्रियता मिलेर बनेको देश थियो । त्यो अवस्थामा अर्थात् सोभियत संघको पतनपछि संसारभरि कम्युनिस्ट आन्दोलन रक्षात्मक स्थितिमा खुम्चिन पुग्यो । त्यो बेला नेपाल कम्युनिस्ट पार्टी (माले) उग्रवामन्थी पृष्ठभूमिबाट अघि बढ्दै आएको थियो । र, मदन भण्डारीको नेतृत्वमा त्यस पार्टीले आफूलाई बिस्तारै सच्याउँदै लैजाने प्रयास गर्दै रहेको थियो ।

मदन भण्डारीको ध्यान मार्क्सवादी आन्दोलनमा राजनीतिक स्वतन्त्रता र सामाजिक प्रजातन्त्रतिर बढी गएको देखिन्छ । सत्य पनि त्यही थियो ।

यस पृष्ठभूमिबाट हेर्दा मदन भण्डारीको ध्यान मार्क्सवादी आन्दोलनमा राजनीतिक स्वतन्त्रता र सामाजिक प्रजातन्त्रतिर बढी गएको देखिन्छ । सत्य पनि त्यही थियो । अर्कोतिर प्रजातान्त्रिक समाजवादको वकालत गर्ने नेपाली कांग्रेसजस्तो भारतका आचार्य नरेन्द्र देव, जयप्रकाश नारायणजस्ता थुप्रैले पनि राजनीतिक पक्षमा जोड दिइरहेका थिए । त्यसैबेला बीपी कोइरालाले पनि प्रजातान्त्रिक समाजवादको पक्षमा नै बढी राजनीतिक जोड दिइरहेका थिए ।

त्यसबेला विश्वभरि नै ‘कम्युनिज्म भनेको राजनीतिक स्वतन्त्रताको अभावमा चल्ने व्यवस्था हो, राजनीतिक स्वतन्त्रतालाई निमोठेर अघि बढ्ने व्यवस्था हो’ भन्ने भ्रम थियो । यो संसारकै कम्युनिस्टहरूका लागि चुनौती थियो । यद्यपि, त्यो चुनौती अहिले पनि छ । प्रजातान्त्रिक समाजवादीहरूले प्रजातन्त्रको सामाजिक पक्षतिर ध्यान दिँदैनन् । जनताले काम पाउने, योग्यताअनुसारको श्रम र ज्याला पाउने, स्वास्थ्य–शिक्षामा उनीहरूको पँहुचको ग्यारेन्टी गराउनेतिर प्रजातान्त्रिक समाजवादीहरू जाँदैनन् ।

मार्क्सवादीहरूले सामाजिक स्वतन्त्रताहरूको अभावमा राजनीतिक स्वतन्त्रता मूल्यहीन र निरर्थक हुन्छ भन्ने मान्यता राख्दै आएका छन् । रोजा लक्जेम्बर्सले ‘बुर्जुवा प्रजातन्त्रको रक्षा भनेको प्रजातन्त्रकै विरोध होइन’ भनेर निकै राम्रो विश्लेषण गरेकी छन् । त्यसपछि बुर्जुवा प्रजातन्त्रलाई कसरी पुस्ट बनाउने अर्थात् राजनीतिक स्वतन्त्रतालाई अर्थपूर्ण कसरी बनाउने भन्ने बहसले निकै स्थान पाउन थाल्यो ।

त्यसो त जनताले काम, रोजीरोटी, शिक्षादिक्षा पाउनेजस्ता कुरालाई सुरक्षित गर्ने हो भने राजनीतिक स्वतन्त्रताको अर्थपूर्ण महत्व रहन्छ भन्ने मान्यता कार्ल मार्क्सको हो । तर, कम्युनिस्टहरूले सामाजिक पक्षलाई महत्व दिने नाममा राजनीतिक पक्षलाई बिस्तारै कमजोर बनाउँदै लगे । त्यसको परिणामस्वरूप प्रजातन्त्रमाथि झन्–झन् चुनौती थपिँदै गयो । अझ भन्ने हो भने प्रजातन्त्रको राजनीतिक पक्ष भनेको नै बुर्जुवावाद भयो । जहाँ–जहाँ समाजवाद ढल्यो, त्यहाँ–त्यहाँ प्रजातान्त्रिक स्वतन्त्रता आयो भन्ने नाराहरू गुन्जिन थाले ।

राज्यनियन्त्रित समाजवादमा जनताको राजनीतिक स्वतन्त्रता कुण्ठित भयो भन्ने थियो । त्यसो हुनाले समाजवाद ढल्दा राजनीतिक क्रान्ति भएको अनुभूति गर्न थालियो । मदन भण्डारीलाई हामीले त्यो परिप्रेक्ष्यसँग जोडेर हेर्नुपर्ने हुन्छ । मदन भण्डारीको अल्पायुमै निधन भएका कारण उनको भविष्य के हुन्थ्यो भन्ने कुरा त काल्पनिकबाहेक केही हुँदैन । उनले प्रजातन्त्रको राजनीतिक पक्षलाई पनि जोड दिने कुराको बहस भर्खर मात्र सुरु गरेका थिए । त्यसको विहंगम व्याख्या–विश्लेषण गर्ने, समग्र कम्युनिस्ट आन्दोलनको समीक्षा गर्नेजस्ता कामको सुरुवात गर्ने क्रममै उनको निधन भयो ।

नेकपा (एमाले)का नेताहरूले मदनले सुरु गरेको बहसलाई आ–आफ्नै ढंगले व्याख्या गर्दै जान थाले । मदनले नभनेको कुरा पनि ‘मदनले भनेका हुन्, उनले लेखेका हुन्’ भन्दै उनको विचारलाई छिन्नभिन्न बनाउँदै लगे । अझ भन्ने हो भने मदनको विचारलाई एमालेका नेताहरूले रहस्यजस्तो, अतिरञ्जितजस्तो बनाउन थाले ।

त्यसपछि नेकपा (एमाले)का नेताहरूले मदनले सुरु गरेको बहसलाई आ–आफ्नै ढंगले व्याख्या गर्दै जान थाले । मदनले नभनेको कुरा पनि ‘मदनले भनेका हुन्, उनले लेखेका हुन्’ भन्दै उनको विचारलाई छिन्नभिन्न बनाउँदै लगे । अझ भन्ने हो भने मदनको विचारलाई एमालेका नेताहरूले रहस्यजस्तो, अतिरञ्जितजस्तो बनाउन थाले ।

मुख्य कुरा, मदन भण्डारीले प्रजातन्त्रको राजनीतिक पक्ष अर्थात् राजनीतिक स्वतन्त्रताको पक्षलाई उठाएका थिए । अहिले त्यसको सही विश्लेषण र बहस गर्नुको सट्टा ‘जनताको बहुदलीय जनवाद एउटा सिद्धान्त हो, त्यसको दार्शनिक पक्ष, त्यसको राजनीतिक पक्ष, त्यसको राजनीतिक अर्थतन्त्र’ भनेर बढी व्याख्या गर्ने चलन छ । त्यसले राम्रो सन्देश दिएको छैन । खासमा मदन भण्डारीले के गर्न खोजेका थिए ? नेपालको कम्युनिस्ट आन्दोलनलाई कता लैजान खोजेका थिए ? यस कुराको सार्थक बहस अहिलेको आवश्यकता हो । तर, पछिल्लो समय एमालेका कमरेडहरूले त्यसो गर्न सकेको देखिँदैन ।

अझ कतिपयले त प्रजातान्त्रिक समाजवाद र कम्युनिस्टबीचको फरक नै हराउने गरी व्याख्या गर्ने गरेका छन्, यो सही होइन । अहिले कतिपय एमालेका साथीहरूको व्याख्या सुन्दा लाग्छ, प्रजातान्त्रिक समाजवाद र साम्यवाद एउटै हो । अहिले मदनले सुरु गरेको बहसलाई समेत त्यतातिर मोडेर उनीहरूले गन्जागोल गरेका छन् । मार्क्सवाद प्रजातान्त्रिक समाजवादभन्दा बिल्कुल फरक छ । अहिले बहस त्यतातिर केन्द्रित गर्नुपर्ने भएको छ ।

अझ कतिपयले त प्रजातान्त्रिक समाजवाद र कम्युनिस्टबीचको फरक नै हराउने गरी व्याख्या गर्ने गरेका छन्, यो सही होइन । अहिले कतिपय एमालेका साथीहरूको व्याख्या सुन्दा लाग्छ, प्रजातान्त्रिक समाजवाद र साम्यवाद एउटै हो । अहिले मदनले सुरु गरेको बहसलाई समेत त्यतातिर मोडेर उनीहरूले गन्जागोल गरेका छन् । मार्क्सवाद प्रजातान्त्रिक समाजवादभन्दा बिल्कुल फरक छ । अहिले बहस त्यतातिर केन्द्रित गर्नुपर्ने भएको छ ।

अरू दर्शनभन्दा मार्क्सवादी दर्शन आफैंप्रति पनि आलोचनात्मक छ । अरू दर्शनले आफूलाई सम्पूर्ण ठान्ने गर्छन्, मार्क्सवादले त्यसो भन्दैन । त्यसैले यो पूरा नभएको अर्थशास्त्र हो, पूरा नभएको दर्शन हो । यसमा थप वा विकास गर्ने प्रशस्त सम्भावनाहरू छन् । तर, अहिले विभिन्न बहानामा त्यसलाई खुम्च्याउने प्रयास भइरहेका छन्, चाहे त्यो बाबुरामजीहरूको नयाँ शक्तिले अँगालेको दर्शन होस् या एमालेले व्याख्या गरेको जनताको बहुदलीय जनवाद । अहिलेको आवश्यकता भनेको मार्क्सवादका कहाँ–कहाँ कमजोरी र अभावहरू छन् ? ती पूरा गरेर मार्क्सवादी आन्दोलनलाई समातेर सबै कम्युनिस्टहरूले अघि बढ्नुपर्छ । अहिले त्यो नभएर बुर्जुवा क्याम्पतिर जाने अरूसँग विचार ऐंचोपैंचो लिने संस्कार कम्युनिस्ट साथीहरूबाट भएको छ । यो दुर्भाग्यपूर्ण छ ।

अरू दर्शनभन्दा मार्क्सवादी दर्शन आफैंप्रति पनि आलोचनात्मक छ । अरू दर्शनले आफूलाई सम्पूर्ण ठान्ने गर्छन्, मार्क्सवादले त्यसो भन्दैन । त्यसैले यो पूरा नभएको अर्थशास्त्र हो, पूरा नभएको दर्शन हो । यसमा थप वा विकास गर्ने प्रशस्त सम्भावनाहरू छन् ।

मदन भण्डारी समाजवादी आन्दोलनका साझा धरोहर हुनुहुन्छ । हामीले मदन भण्डारी मात्र होइन, पुष्पलाल, मनमोहन अधिकारी, मोहनविक्रम सिंह, निर्मल लामालाई पनि साझा धरोहरका रूपमा मान्नुपर्छ । उहाँहरूले कम्युनिस्ट आन्दोलनका लागि गरेको योगदान, त्याग, तपस्या र बलिदानलाई साझा धरोहरका रूपमा लिनुपर्छ । उहाँहरूलाई हामीले साझा धरोहर मानेर नेपाल सुहाउँदो समाजवादको बहस सुरु ग-यौं भने उहाँहरूको सच्चा सम्मान हुनेछ । यसो भयो भने आजका दिनमा मदन भण्डारीको पनि सच्चा सम्मान हुनेछ । ‘मदनले लेखेका छन्’ भनेर आ–आफ्नै व्याख्या गर्दै जाने हो भने मदनको सम्मान हुने छैन ।

(नेकपा माओवादी केन्द्रका नेता कार्कीसँगको कुराकानीमा आधारित)

31 पटक पढिएको

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित दृष्टि

        
            Loading...     
        

    अन्तरवार्ता

    समाचार