Presidential

बैशाखीमा अडिएको कांग्रेस

खिमलाल भट्टराई

वास्तवमा यस्तो शीर्षक राख्ने मेरो कुनै ईच्छाको कुरा होइन । व्यक्तिगतरुपमा एउटा लामो ईतिहास र आन्दोलनमा विशिष्ट भूमिका र योगदान भएका राजनीतिक शक्तिहरु कमजोर हुँदा र तिनीरुको जनताबीच साख गिर्दा लोकतन्त्र नै कमजोर हुन्छ भन्ने मान्यता राख्ने मानिस हुँ म । तर, तथ्यबाट हामी कोही पनि पर भाग्न सक्दैनौँ । यतिबेला नेपाली कांग्रेस बैशाखीमा उभिएको छ । कांग्रेसकै नेता वा कार्यकर्ताले अलिकति आफ्नै बारेमा घोत्लिएर सोच्ने हो भने पनि उनीहरुले सहजरुपमा यस्तो महशुस गर्ने नै छन् । झट्ट हेर्दा संसद्मा कांग्रेस ठूलो दल छ । सरकारको नेतृत्व पनि कांग्रेसले नै गरिरहेको छ । तर, समकालिन राजनीतिमा कांग्रेस नराम्ररी कमजोर भएको छ ।

भर्खर सम्पन्न दुई चरणका स्थानीय निर्वाचनमा माओवादीको अस्तित्व रक्षाका निम्ति पनि कांग्रेसको बैशाखी नबनी सुखै थिएन । तर, कांग्रेसले समेत माओवादीको बैशाखी टेकेर उभिने कोशिस गर्यो । सुहाउँदो प्रतिष्पर्धी बन्नकै निम्ति पनि उसले यस किसिमको रणनीति गर्नुपर्यो । आखिर कांग्रेस यस्तो हालतमा कसरी पुग्यो ? गहन विश्लेषणको आवश्यकता छ । सायद कांग्रेसजनले पनि यसको विश्लेषण गरेकै होलान् ।

भर्खर सम्पन्न दुई चरणका स्थानीय निर्वाचनमा माओवादीको अस्तित्व रक्षाका निम्ति पनि कांग्रेसको बैशाखी नबनी सुखै थिएन । तर, कांग्रेसले समेत माओवादीको बैशाखी टेकेर उभिने कोशिस गर्यो । सुहाउँदो प्रतिष्पर्धी बन्नकै निम्ति पनि उसले यस किसिमको रणनीति गर्नुपर्यो । आखिर कांग्रेस यस्तो हालतमा कसरी पुग्यो ? गहन विश्लेषणको आवश्यकता छ । सायद कांग्रेसजनले पनि यसको विश्लेषण गरेकै होलान् ।

ईतिहास कमजोर भएर होइन, नेपाली कांग्रेसको इतिहास लामो छ । नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेस मिलेर २००६ सालमा स्थापना भएको नेपाली कांग्रेस नेपालमा लोकतन्त्र स्थापनाका लागि अनवरत संघर्ष गर्दै आएको पार्टी हो । नेपालको राजनीतिमा कहलिएका नेताहरु विश्वेश्वर प्रसाद कोइराला, सुवर्ण शमसेर, गणेशमान सिंह, कृष्ण प्रसाद भट्टराई र गिरीजाप्रसाद कोइराला जस्ता नेताहरुको विरासत नेपाली कांग्रेससँग छ । राणा शासन विरोधी संघर्ष, पंचायती शासन विरोधी संघर्ष र राजतन्त्र विरोधी संघर्षको लामो ईतिहास छ नेपाली कांग्रेससँग । यसरी हेर्दा ईतिहासको खडेरी कांग्रेसमा छैन ।

कांग्रेसको बारेमा सोच्दा विश्लेषण गर्दा म वीपी कोइरालालाई सम्झन्छु । वीपीले प्रजातान्त्रिक समाजवाद भनिरहँदा उनले हरेक परिवारसँग एउटा घर, एउटा दुहुनो गाई र एउटा करेसाबारीको कल्पना गरेका थिए । यसो गर्दै गर्दा उनले भारतीय राजनीतिमा राममनोहर लोहियासँग सम्बन्ध बनाएका थिए ।

कांग्रेसको बारेमा सोच्दा विश्लेषण गर्दा म वीपी कोइरालालाई सम्झन्छु । वीपीले प्रजातान्त्रिक समाजवाद भनिरहँदा उनले हरेक परिवारसँग एउटा घर, एउटा दुहुनो गाई र एउटा करेसाबारीको कल्पना गरेका थिए । यसो गर्दै गर्दा उनले भारतीय राजनीतिमा राममनोहर लोहियासँग सम्बन्ध बनाएका थिए । लोहिया र नेहरुवीचको अन्तरविरोधमा वीपी समाजवादी नेताको रुपमा लोहियासँगै सबन्ध राख्थे । बरु नेहरुसँगको सम्बन्ध विग्रियोस् । वास्ता गर्दैनथेँ । यसरी वीपीले कांग्रेसलाई पनि तल्लो हुँदाखाने वर्गकै पार्टीको रुपमा स्थापित गर्न खोजेको देखिन्छ ।

राष्ट्रियताको मामिलामा वीपी खरो देखिन्छन् । उनी झुकेनन् । आफु प्रधानमन्त्री हुँदाका बखत उनले नेपाल एक स्वाधिन र स्वतन्त्र राष्ट्रका हैसियतले पाकिस्तान र ईजरायलसँग दौत्य सम्बन्ध स्थापित गरेका थिए । निर्वासनमा रहँदा भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीले वीपीलाई भारतमा बस्ने भए दक्षिणतिर गएर बस होइन भने भारतको उत्तरी भू–भागमा बसेर नेपालको राजनीति नगर भनिन् । वीपीले त्यसलाई गंभीररुपमा लिए र अपमान ठाने । उनी नेपालमै बसेर राजनीति गर्ने निचोडमा पुगे र राष्ट्रिय मेलमिलापको नारासहित नेपाल फर्के । उनी भारतीय संस्थापनको हेपाहा प्रबृत्तिको विरोधी रहँदै आए । उनीहरुको खटनपटनलाई सहेनन् । उनी प्रधानमन्त्री हुँदा चीन भ्रमणमा गए ।

चीनियाँ कम्युनिष्ट पार्टीका अध्यक्ष एवं राष्ट्रपति माओत्सेतुङ र प्रधानमन्त्री चाओ एन लाईसँग भेटघाट गरे । उनकै प्रधानमन्त्रीत्वकालमा चाओ एन लाई नेपाल भ्रमणमा आए । सगरमाथा सम्बन्धी विवाद त्यतिबेलै सुल्झिएको थियो । वीपीले भारतसँग जस्तै चीनसँग पनि सम्बन्ध विस्तार गर्न चाहे । भारतकै छत्रछायाँमा बसिरहने कुरालाई अस्वीकार गरे । हातहतियार खरखजाना आदि भारत वा भारतकै बाटो भएर ल्याउनुपर्ने कुरालाई खण्डन गरे र चीनबाट सीधै तातोपानी भन्सारतिरबाट ल्याउने आँट गरे । वास्तवमा वीपीले सुरक्षा, परराष्ट्र संबन्ध वा अरुपनि राजनीति, अर्थतन्त्र लगायतका विषयमा नेपालको स्वतन्त्र हैसियत कायम गर्न खोजेका थिए । वीपीले भारतीय शासक वर्गको नवउपनिवेशवादी चिन्तन र व्यवहारलाई अस्वीकार गरेका थिए ।

वीपीको ईतिहास अध्ययन गर्दा हामीलाई गौरवबोध हुन्छ । वीपीको बेला र अहिलेको कांग्रेससँग तुलना गर्दा सबैलाई टिठ लाग्छ र भन्न मन लाग्छ, हरे कांग्रेस ! अहिलेको कांग्रेस घिँरौलाको झालजस्तो, झिक्रो विना उभिनै नसक्ने अत्वित्व गुमेको अवस्थामा पुगेको छ । आजको कांग्रेसलाई वीपीले स्थापना गरेको कांग्रेस भनेर गर्व गर्न सकिएला त ?

वीपीको ईतिहास अध्ययन गर्दा हामीलाई गौरवबोध हुन्छ । वीपीको बेला र अहिलेको कांग्रेससँग तुलना गर्दा सबैलाई टिठ लाग्छ र भन्न मन लाग्छ, हरे कांग्रेस ! अहिलेको कांग्रेस घिँरौलाको झालजस्तो, झिक्रो विना उभिनै नसक्ने अत्वित्व गुमेको अवस्थामा पुगेको छ । आजको कांग्रेसलाई वीपीले स्थापना गरेको कांग्रेस भनेर गर्व गर्न सकिएला त ?

आजको कांग्रेस के गर्दै छ ? कांग्रेस किन कर्कलो गलेजसरी गल्यो र राष्ट्रले नै चिन्ता गर्ने ठाउँमा पुग्यो ? एकछिन मनन् गरौं । मैले यसको विश्लेषणको निचोड के निकालें भने कांगे्रस सिद्धान्त र नीतिच्युत हुँदै गयो । कांग्रेसको नेतृत्व भुत्ते हुँदै गयो । त्यति मात्र होइन कांग्रेस अहिले दाउपेचमा आधारित राजनीति गर्न थाल्यो । जसको परिणाम कांग्रेस मधेशमा पाईने धामन सर्प जस्तो बन्न पुगेको छ । देख्दा ठूलो कालो लामो अजङ्गको छ । तर, मान्छे देख्यो कि बेतोड भाग्छ । टोकिहाल्यो भने पनि विष शून्य छ । अझ भन्ने हो भने प्रभावहीन लामकिरो जस्तो । कांग्रेस पनि देख्दा त कहाँ सानो छ र ? संसद्मा सबैभन्दा ठूलो दल । सरकारमा पनि छ । लामो ईतिहास भएको । नेतृत्वको लामो श्रृंखला । सबै देखिन्छ । तर बदलिएको परिस्थितिमा प्रभावहीन बन्दै गएको छ ।

स्थापनाकालदेखि उसले तीनवटा कुरालाई आफ्नो वैचारिक आधार मान्दै आयो । राष्ट्रियता, प्रजातन्त्र र समाजवाद । कांग्रेसको सिद्धान्त र नीतिविहिनता यहिनेर देखियो । सबैभन्दा पहिलो कुरा उसले नेपाललाई एक स्वतन्त्र, सार्वभौम र स्वाधीन राष्ट्रको रुपमा अगाडि बढाउने, कसैको पराधिनता स्वीकार नगर्ने सोंचलाई अघि सारेको देखिन्छ सिद्धान्ततः । वीपीबाट त्यस किसिमको व्यवहार हुन खोजेको पनि स्पष्ट हो । तर, आजको कांग्रेसले यस सिद्धान्तलाई अंगिकार गर्न सकेको छैन । राष्ट्र र राष्ट्रियता भन्ने बुझ्नै नसक्ने ठाउँमा कांग्रेस पुगेको छ ।

भारतले अघोषित नाकाबन्दी लगाउँछ, नाकावन्दीलाई नाकाबन्दी भन्न सक्दैन । यसकाविरुद्ध एउटा बक्तव्य पनि दिन सक्दैन । नेपालले आफ्नो संविधान आफै बनाउन खोज्छ, भारतले रोक्न खोज्छ, निर्देशन गर्छ, र गलत मान्यता लाद्न खोज्छ । तर, यतिबेलाको कांग्रेस त्यसलाई पनि अस्वीकार गर्न सक्दैन । बरु लम्पसार पर्छ । भर्खरै सम्पन्न प्रधानमन्त्रीको भारत भ्रमणमा शेर बहादुर देउवा संविधान संशोधन गर्न सकिन, आगामी दिनमा गर्छु भनेर वचनवद्ध हुनु त्यसैको दृष्टान्त हो । हाम्रो देशको संविधान संशोधनको कुरा भारतमा गएर स्पष्टिकरण दिनु पर्ने विषय हो र ? यो उनको लाचारीपन हो । कांग्रेसको स्थापित मान्यताको स्खलन हो । तर, कांग्रेस केही बोल्दैन । कांग्रेस स्वयं लाचार भैसक्यो भन्ने प्रमाण पनि हो, यो ।

प्रजातन्त्रको मान्यतामा पनि कांग्रेसले सही बाटो लिन सकिरहेको छैन । बुर्जुवा प्रजातान्त्रिक देशहरुले पनि समाजवादका कतिपय सिद्धान्त र कार्यक्रमहरुलाई अपनाईरहेका छन् । लोककल्याणकारी सिद्धान्तलाई पछ्याइरहेका छन् । यद्यपि कांग्रेस यसो गर्दैन । ऊ लोकतन्त्रको पुरातन परिभाषा जसले संगठन गर्न, बोल्न, लेख्न, छाप्न दिन्छ त्यसैलाई सन्तुष्टिको विषय बनाइरहेको छ । जबकि जनताको जनजीविका, आर्थिक, सामाजिक र सांस्कृतिक जीवनको परिवर्तनसँग नजोडिएको लोकतन्त्र चल्नै नसक्ने भइसके । खोई कांग्रेसले कुरा बुझेको ?

प्रजातन्त्रको मान्यतामा पनि कांग्रेसले सही बाटो लिन सकिरहेको छैन । बुर्जुवा प्रजातान्त्रिक देशहरुले पनि समाजवादका कतिपय सिद्धान्त र कार्यक्रमहरुलाई अपनाईरहेका छन् । लोककल्याणकारी सिद्धान्तलाई पछ्याइरहेका छन् । यद्यपि कांग्रेस यसो गर्दैन । ऊ लोकतन्त्रको पुरातन परिभाषा जसले संगठन गर्न, बोल्न, लेख्न, छाप्न दिन्छ त्यसैलाई सन्तुष्टिको विषय बनाइरहेको छ ।

पंचायती व्यवस्थाको अन्त्य भइसकेपछिको लामो अवधि कांग्रेस सत्तामै बसेको छ । तर देशका गरीब विपन्न जनता, पिछडिएको क्षेत्र, जाति, भाषा, समुुदाय कसैलेपनि संझिने गरी एउटा पनि कार्यक्रम उसले दिन सकेन । देखिने, सुनिने, वा भन्न लायक कुनैपनि काम हुन सकेन । यहाँभन्दा विचारको टाटपल्टाई के हुन्छ ? अलि सोच्नुपर्छ कि ?

राज्य र समाजको भूमिकालाई स्थापित गर्ने सिद्धान्त समाजवाद हो । कांग्रेसले स्थापना कालदेखि मान्यताको रुपमा लिदै आएको सिद्धान्त मध्येको एउटा खम्बा समाजवाद पनि हो । कार्यक्रमहरुमा व्यानरको टुप्पोमा समाजवाद भनेर लेख्न छोडेको पनि छैन । तर व्यवहारमा कांग्रेसले विपीको अवसानसँगै समाजवादलाई विसर्जन गरेको छ । ऊ सत्तामा आईसकेपछि भटाभट सरकारी उद्योग कलकारखानाहरु निजीकरण भए ।

खुलाबजार अर्थतन्त्र लागु गर्यो । आर्थिक उदारीकरण उसको मार्गदर्शक सिद्धान्त बन्यो । वल्र्डबैंक, आईएमएफका नीतिहरु नै देशका सन्दर्भमा नेपाली कांग्रेसले अवलम्बन गर्ने आर्थिक नीतिहरु भए । समाजवादका नीतिहरुलाई तिलाञ्जली दिइयो । सुनवल चिनी मिल, गैँडाकोट भृकुटी कागज कारखाना, बाँसबारी छाला जुत्ता कारखाना, हरिसिद्धि ईटा टायल कारखानालाई कौडीमो मूल्यमा विक्रि गरियो । राज्यले दायित्वबाट पन्छिने काम गर्यो ।

यसरी कांग्रेसले भन्दै आएका आफ्ना आदर्शहरुलाई छोड्दै र विर्सदै आयो । कुनैपनि आफ्ना आदर्शहरुलाई पछ्याउने र समयानुकुल तिनलाई परिष्कृत गर्ने काम कांग्रेसले गरेकै छैन । जसको कारण कांग्रेस एक्लै उभिन पनि नसकेर अरु कसैको वैशाखी टेकेर उभिनुु पर्ने ठाउँमा पुगेको छ्र । दिशाहीन बन्न पुगेको छ ।

फलस्वरुप कांग्रेस दाउपेचको राजनीति गर्ने ठाउँमा पुगेको छ । आफु राम्रो भएर अरुलाई जित्ने होईन, अरुलाई नराम्रो बनाएर आफु अगाडि आउने रणनीतिमा लागेको छ । तत्कालीन सभापति गिरीजा प्रसाद कोईरालाले माओवादी खुला राजनीतिमा आउदै गर्दा एमाले बरावरको शक्तिकोरुपमा माओवादीलाई सांसद् बनाउन भूमिका खेल्नु र भर्खरै सम्पन्न स्थानीय तहको चुनावमा माआवादीको वैशाखी टेकेरै भएपनि एमाले विरुद्ध केन्द्रित हुनु यसैका दृष्टान्तहरु हुन् । दाउपेच धेरै दिन टिक्नेवाला छैन, मुल्य मान्यता र आदर्शको राजनीति गर्नु वान्छनीय हुन्छ । कांग्रेसको भविष्य पनि यसैमा होला । अन्यथा एकादेशको कथा ।
(लेखक अनेरास्ववियुका पूर्वअध्यक्ष एवं नेकपा एमालेका वर्तमान केन्द्रीय सदस्य हुन्)

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित दृष्टि

    
        Loading...     
    

अन्तरवार्ता

समाचार