Presidential

के प्रचण्डलाई यो गठबन्धनप्रति पश्चाताप भएको हो ?

विष्णु रिजाल

नौ महिनाअघि नेकपा (एमाले) र तत्कालीन नेकपा (एकीकृत माओवादी) बीच भएको गठबन्धन संकटमा परेकै हो त ? नौ महिनाअघि त्यही गठबन्धनका आधारमा बनेको सरकारको भविष्यलाई लिएर आशंका जन्मिरहँदा गठबन्धन बन्नु र भत्किनुका सैद्धान्तिक प्रश्नहरु भने अनुत्तरित छन् ।

प्रस्टै छ, माओवादीको सहयोगबिना केपी शर्मा ओली प्रधानमन्त्री बन्न सम्भव थिएन । अहिले जेसुकै कारणले भए पनि पुष्पकमल दाहाललाई प्रधानमन्त्री हुन मन लागेको छ । यो कुरा पनि प्रस्ट छ, उनले भने जस्तो राष्ट्रिय सहमतिको सरकार बन्दै बन्दैन । ‘बलियो प्रतिपक्ष चाहिन्छ’ भन्ने कांग्रेसका नेताहरुको भनाइ पहिलो त आफूले एमालेसँगको भद्र सहमति कार्यान्वन नगरेको कुराको ‘जस्टिफाइ’ हो भने दोस्रो आफू सरकारमा गएमा एमालेलाई बाहिर राख्नका लागि बाटो बनाएको हो । यो अवस्थामा राष्ट्रिय सहमतिको सरकार बन्दैन भन्ने थाहा पाउँदा पाउँदै पनि दाहालले त्यसो भन्नुको अर्थ हो– म जसरी पनि प्रधानमन्त्री बन्न चाहन्छु ।

त्रिशंकु संसद्मा एउटा सरकार पूरै कार्यकाल चल्छ भन्न सकिन्न । उच्चस्तरको राजनीतिक संस्कार र अभ्यास भएको मुलुक भए बेग्लै कुरा हो, नत्र पाँच–सात महिनामा सरकार परिवर्तन गर्ने चलन नेपालमा नयाँ होइन । आफैँ प्रस्ताव गरेर बनाएको सरकारलाई नीति तथा कार्यक्रम र बजेट ल्याउन नदिएर फाल्न उद्यत भएका दाहाल अहिले बजेट पारित भइसकेपछि छट्पटिनुलाई अस्वाभाविक रुपमा लिन पनि मिल्दैन ।

१ सय ८२ सिट भएको पार्टीले ९ महिना सरकारको नेतृत्व गर्दा ८२ सिट भएको पार्टीले १८ महिना दावी गर्न मिल्छ कि मिल्दैन ? अथवा बाँकी १८ महिनालाई पनि दुई पार्टीका बीचमा बाँडफाँट गरेर एउटा सहमतिमा पुग्न सकिन्छ ।

प्रश्न यहाँनेर आउँछ, पुष्पकमल दाहाल प्रधानमन्त्री मात्र बन्न चाहन्छन् कि अहिलेको गठबन्धन नै भत्काउन चाहन्छन् ? प्रधानमन्त्री नै हुनका लागि वर्तमान गठबन्धन भत्काउनु पर्दैन, एमालेसँग समझदारी बनाउँदा भइहाल्छ । संविधानअनुसार अझै १८ महिना समय बाँकी छ । १ सय ८२ सिट भएको पार्टीले ९ महिना सरकारको नेतृत्व गर्दा ८२ सिट भएको पार्टीले १८ महिना दावी गर्न मिल्छ कि मिल्दैन ? अथवा बाँकी १८ महिनालाई पनि दुई पार्टीका बीचमा बाँडफाँट गरेर एउटा सहमतिमा पुग्न सकिन्छ ।

9 points uml maoist agreement

तर मुख्य कुरा प्रचण्ड यो गठबन्धन भत्काउन चाहन्छन् कि बचाउन चाहन्छन् भन्ने कुरा हो । यो गठबन्धन बनाउँदा एउटा चुनौती झेलेर बनाइएको हो भन्ने तथ्य सबैलाई थाहै छ । जो–जोलाई चित्त बुझेको थिएन, तिनीहरु त भत्काउनका लागि सक्रिय नै थिए । तर, प्रचण्डलाई के बाध्यता आइपर्‍यो र उनी यो गठबन्धन भत्काउन उद्यत भइरहेका छन् ?

के त्यसरी गठबन्धन बनाइएकोमा पुष्पकमल दाहाललाई अहिले पश्चाताप भएको हो ? के उनलाई शक्ति केन्द्रलाई चिढाएर काम गर्नु हुँदोरहेनछ भन्ने ‘दिव्य ज्ञान’ प्राप्त भएको हो ? वा वामपन्थीहरु मिल्दा राम्रो हुँदोरहेनछ भन्ने परेको हो ? के कसैले देखाएको हेगको डर वा अरु केही त्रासले उनलाई अप्ठेरोमा पार्न त खोजिरहेको हो ?

गठबन्धन भत्काउनेबारेमा कुरा गर्दा यो गठबन्धन कसरी बनेको थियो भन्ने कुरालाई स्मरण गर्नु उपयुक्त हुन्छ । संविधान जारी गरेपछि मुलुकमाथि नाकाबन्दी थोपरिएको थियो, मधेसलाई अनियन्त्रित बनाउन खोजिएको थियो । लामो समयपछि आफ्नो आदेश तामेल नहुँदा शक्ति केन्द्रलाई पचाउन गाह्रो भइरहेको थियो । त्यस्तो बेलामा संविधानका पक्षमा र नाकाबन्दीका विपक्षमा सबभन्दा मुखर स्वरमा बोलिरहेका केपी ओली प्रधानमन्त्री नबून् कोसिस कम्ती भएको थिएन । त्यसबेलामा हिम्मतका साथ गठबन्धन बनाइएको थियो र त्यसले मुलुकलाई एउटा निकास दिएको थियो । के त्यसरी गठबन्धन बनाइएकोमा पुष्पकमल दाहाललाई अहिले पश्चाताप भएको हो ? के उनलाई शक्ति केन्द्रलाई चिढाएर काम गर्नु हुँदोरहेनछ भन्ने ‘दिव्य ज्ञान’ प्राप्त भएको हो ? वा वामपन्थीहरु मिल्दा राम्रो हुँदोरहेनछ भन्ने परेको हो ? के कसैले देखाएको हेगको डर वा अरु केही त्रासले उनलाई अप्ठेरोमा पार्न त खोजिरहेको हो ?

कुनै गठबन्धन बनाउन वा भत्काउन दलहरु स्वतन्त्र छन् । आफूलाई लाभ–हानी के हुन्छ भन्ने आधारमा कुनै पनि गठबन्धन बनाउनुलाई अस्वाभाविक मान्न सकिन्न । तर, त्यसो गर्दा सामान्य सैद्धान्तिक कुरालाई नजरअन्दाज गर्न मिल्दैन, जसको भार आफैँमाथि परोस् । हिजो के आधारमा र किन गठबन्धन बनाइएको थियो र आज किन भत्काउन खोजिँदैछ ? के यो सरकारले त्यस्तो कुनै गम्भीर कमजोरी गरेको छ, जसका कारण नहटाई नहुने होस् ?

यसबीचमा बरु के के काम गर्न सकियो र के के काम गर्न सकिएन ? के माओवादीले वस्तुनिष्ट भएर मूल्यांकन गरेको छ ? आफूले जिम्मा लिएको काममा योग्यता नदेखाउने अनि अयैर्धतापूर्वक विकल्प खोज्दै जाने कुराले माओवादीलाई कहाँ पुर्‍याउला ?

सरकारमा हालीमुहाली माओवादीकै छ । देश चलाउने गृहप्रशासनदेखि निजामति प्रशासनसम्म उसकै हातमा छ । मुलुकको रक्तनलीका रुपमा रहेको आपूर्ति प्रणाली उसकै मातहतमा छ । यसबीचमा बरु के के काम गर्न सकियो र के के काम गर्न सकिएन ? के माओवादीले वस्तुनिष्ट भएर मूल्यांकन गरेको छ ? आफूले जिम्मा लिएको काममा योग्यता नदेखाउने अनि अयैर्धतापूर्वक विकल्प खोज्दै जाने कुराले माओवादीलाई कहाँ पुर्‍याउला ?

अधैर्य नहुँदा दाहाल यही गठबन्धनबाट प्रधानमन्त्री बन्न सक्छन् । बहुमत नभएको एमालेले पूरै समय आफ्नै नेतृत्वमा सरकार बनिरहनुपर्छ भन्ने दावी गर्न सक्दैन र मिल्दैन । समयको उचित बाँडफाँट गरेर दाहाललाई प्रधानमन्त्री बनाउने विकल्प खुल्ला नै छ । यस्तो अवस्थालाई अस्वीकार गरेर कांग्रेससँग मिल्न जाँदा भोली उनीमाथि पनि त कसैको गोटी बनेको आरोप लाग्ला । त्यस्तो अवस्थामा उनले के भनेर जवाफ देलान् ?

3 पटक पढिएको

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित दृष्टि

        
            Loading...     
        

    अन्तरवार्ता

    समाचार