Presidential

माननीय सदस्यज्यूहरुलाई खुल्लापत्र

माननीय सदस्यज्यूहरु
संसद भवन
नयाँ वानेश्वर, काठमाडौं
माननीय सदस्यज्यूहरु, सबै भन्दा पहीला नेपाल र नेपालीका भाग्य बिधाता तपाईं सबै माननीय सदस्यज्यूहरुको पूर्ण स्वास्थ्यको अपेक्षा राख्दछु । यतिबेला प्रतिनिधिसभाको सदस्यका रुपमा देश र जनताको सेवा गरिरहनु भएको छ ।

यहाँहरु सबैलाई मैले आफ्नो जनप्रतिनीधि सम्झेर यो देशको एउटा नागरिको हैसियतले पत्र लेख्ने प्रयास गरेको छु । विश्वास छ प्रतिनिधिसभा सबै माननीय सदस्यज्युहरुले पत्र पढ्नु हुनेछ र पत्र पढ्न नभ्याउनु हुने माननीय सदस्यज्युहरुले नजिकका माननीय साथीबाट पत्रको भाव बुझ्नु हुने छ र बुझाउनु हुनेछ ।

संविधानसभावाट संविधान निर्माण गर्ने नेपाली जनताको चाहना निकै लामो समयपछि पूरा भएको छ । पहिला संविधानसभाले संविधान दिन नसकेर निरास बनेका हामी सबै नेपाली जनतालाई दोश्रोे संविधानसभाले यो निरासाबाट मुक्ति दिलाएको छ ।

माननीय सदस्यज्यूहरु, सबै भन्दा पहीला नेपाल र नेपालीका भाग्य बिधाता तपाईं सबै माननीय सदस्यज्यूहरुको पूर्ण स्वास्थ्यको अपेक्षा राख्दछु । यतिबेला प्रतिनिधिसभाको सदस्यका रुपमा देश र जनताको सेवा गरिरहनु भएको छ ।

यस अर्थमा दोश्रो संविधानसभाका तपार्इं सबै माननीय सदस्यज्युहरु हामी नेपाली जनताका तर्फवाट धन्यवादको पात्र हुनुहुन्छ । सबै प्रतिकुल परिस्थितिलाई चिरेर पनि संविधान जारी गरेर देशको लामो राजनीतिक संक्रमण काललाई अन्त गरी सहि बाटोमा डोर्याउने कोसिश गर्नुभयो ।

नेपलको इतिहासमा संविधानसभाबाट संविधान जारी गर्ने यो पहिलो अवसरमा संविधान अनुमोदनका निम्ति माननीय सदस्यज्युहरुले गरेका हस्ताक्षहरु सँधैभरी राष्ट्रको एउटा गर्विलो इतिहास बनिरहेको छ । संविधानमा हस्ताक्षर गरेका माननीयज्यहरुका कलमको नीभको मसी पनि ओभ्याउन नपाउँदै संविधानलाई निष्प्रभावित बनाउँन चौतर्फी आर्कमण नगरिएको होइन ।

त्यतिबेला नेपाली राजनीतिमा दखिएको कुशल नेतृत्व र माननीय सदस्यज्युहरुले देखाएको देश र जनता प्रतिको जिम्मेवारीबोधका कारणले सबै दुश्प्रयासहरु निश्प्रभावित बने र देशको राष्ट्रियता सबैले गर्व गर्न लायक वन्यो यस पटक ।

माननीय सदस्यज्युहरु , हामीलाई्र थाहा छ । हामीमा भएको पछौटेपनको फाईदा लिदैँ हाम्रा छिमेकीहरुले देशलाई एउटा समय कालदेखि नै राजनीतिक प्रयोगशालाको रुपमा प्रयोग गर्दै आइरहे । मूलुकमा गणतन्त्र आइसकेपछि संविधानसभाबाट संविधान जारी भै सकपछि देश अव समृद्धिको दिशामा अघि बढ्ने छ भन्ने विश्वास आम जनमानसमा थियो ।

तर संविधान वने बापत नाकावन्दी खेप्नु प¥र्यो देशले । यस्तो प्रतिकूल परिस्थितिमा गठन भएको सरकारले परिस्थितिलाई सामान्यीकरण वनाउँदै समृद्धिको मार्गमा मूलुक अगाडि वढाउँने कुरा कम चुनौतीपूर्ण पक्कै थिएन । यी सवै प्रतीकूलताका वाबजुद सरकारले राष्ट्रियतालाई अक्षुंण राख्दै परिस्थितिलालाइी सामन्यीकरण मात्र होइन मूलुक अव साँच्चिकै समृद्धिको मार्गमा अगाडि बढाउनै लागेको छ भन्ने आभाष आम नेपाली जनताले पहिलो पटक गरेकै हुन् ।

माननीय सदस्यज्युहरु, विभिन्न आस्था र विचारले निर्देशित जनताहरु पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म छन् भन्ने कुरामा यहाँहरु विदितै हुनुहुन्छ ।

माननीय सदस्यज्युहरु, विभिन्न आस्था र विचारले निर्देशित जनताहरु पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म छन् भन्ने कुरामा यहाँहरु विदितै हुनुहुन्छ । हामी दूर–दराजका जनतालाई पनि यो थाहा छ कि विभिन्न आस्था र विचारको प्रतिनीधित्व गर्दै माननीय सदस्यहरुले प्रतीनीधिसभामा प्रतिनिधित्व गर्नुभएको छ भनेर आज जनताका वस्तीहरुमा पुगेर जो कोहीले पनी सरकार प्रतिको धारणा बुझ्ने हो भने सायद यो नै पहिलो पटक होला नेपाली जनताले सरकारप्रति अपनत्व महशुस गरेको ।

माननीय सदस्यज्युहरु, आखिर सरकार जनताका लागि र जनताले सरकार मन पराइरहेका छन भने यति छोटो समयमा नै किन फेरी सरकार परिवर्तनको खेल सुरु हुँदैछ त मूलुकमा ? हामी यो मूलुकलाई कति समय अरुको राजनीतिक प्रयोगशाला बनाउन दिने ? मलाई थाहा छ हाम्रा माननीयज्युहरु पनि सरकारप्रतिको अविश्वासको प्रस्तावको पक्षमा र विपक्षमा पक्कै उभिनु हुनेछ ।

माननीयज्यु एक पटक आफँैले आफैलाई प्रश्न गर्नुस त , के सरकार असफल भएरै अविश्वासको प्रस्ताव दर्ता भएको हो त ? के यो अरु कसैले प्रायोजन नगरिकन हाम्रै स्वदेशी नेताहरुको विवेकले संसदमा दर्ता भएको हो त अविश्वासको प्रस्ताव ? सरकारलाई अविश्वासको प्रस्ताव ल्याउनु पर्ने कारणहरु के–के हुन ? १, २, ३ गरेर जनतनले बुझ्ने गरि बताउन सक्नुहोला माननीयज्युहरुले ? तर जनता यतिबेला यो पटक्कै पत्याउने पक्षमा छैनन् । जनताले यो बुझेका छन कि अहिले अविश्वासको प्रस्ताव सरकारको विरुद्धमा होइन देशको विरुद्धमा, समृद्धिको विरुद्धमा र संविधानलाई कार्यान्वयन गर्न नदिनका निम्ती हो भनेर । लोकतान्त्रिक प्रणालीमा सरकार बन्छन–ढल्छन यो सामान्य प्रक्रिया हो ।

त्यसमा पनि हाम्रो देशको सन्दर्भमा जनता बढिनै अभ्यस्त छन्, सरकार फेरबदलका विषलाई लिएर ।

त्यसमा पनि हाम्रो देशको सन्दर्भमा जनता बढिनै अभ्यस्त छन्, सरकार फेरबदलका विषलाई लिएर । तर यो पटक सरकार मात्र ढल्दैन सरकार संगसंगै देशको स्वाभिमान ढल्दै छ, मूलुकको समृद्धि ढल्दै छ र संगसंगै जनताका सपनाहरु ढल्दै छन्, आकाक्षहरु मर्दै छन् । जनताले आफ्ना समृद्धिका सपनाहरु आफ्नै प्रतीनीधिबाट निर्मम हत्या गरेको दृश्य टुलुटुलु हेर्न बाध्य हुनु नै पर्ने हो त अब ?

माननीय सदस्यज्युहरु, म यसो किन भनिरहेको छु भने यहाँहरु इतिहासको एक संगीन घडीमा हुनहुन्छ । पूर्खाहरुको गर्विलो इतीहास मैले यहाँ उल्लेख गरिरहनु नपर्ला । भक्ति थापा, अमरसिंह थापा , बलभद्र जस्ता वीर योद्धाहरुको राष्ट्रनिर्माणमा योगदान कति छ भन्ने , मानीयज्यूहरुले यस विषमा धेरै भाषण गरिसक्नु भएको छ भन्ने मलाई लाग्छ । यति बेला हामीले हाम्रा ती वीर पुर्खाहरुबाट सिक्ने बेला हो । पुर्खाहरुले युद्ध हारे पनि होलान् तर दुश्मनसंग कहिल्यै आत्मसर्पण गरेनन् । एकान्तमा आत्मदाह गरे तर दुश्मनको गोली कहिल्यै छातीमा थापेनन् । हामी वीरका सन्तानले आज आएर किन कायरतापूर्ण तरिकाले पराइसंग आत्मसमर्पण गरिरहन्छौ ?

मलाई थाहा छ, थुप्रै माननीय सदस्यज्यूहरुले संविधानमा हस्ताक्षर गरेको कलमलाई इतिहासका साक्षीका रुपमा गर्वका साथ सुरक्षित राख्नुभएको छ ।

मलाई थाहा छ, थुप्रै माननीय सदस्यज्यूहरुले संविधानमा हस्ताक्षर गरेको कलमलाई इतिहासका साक्षीका रुपमा गर्वका साथ सुरक्षित राख्नुभएको छ । भालि आफ्ना दर सन्तान तथा छिमेकीहरुले मेरो आमा–बुबाले एवं मेरो छिमेकीले यो देशको संविधान निर्माणमा योगदान दिएका हुन भनेर समाजमा गर्व गरुन भन्ने तपाई पक्कै ठान्नुहुन्छ । तर माननीयज्यूहरुले यतिबेला यो ठान्नु भएको छ कि छैन

यतिबेला जनताले आफ्नो अभिमत प्रकट गर्न पाउँथे भने परिणाम के आउथ्यो भन्ने कुरा माननीयज्यूहरुलाई राम्रै अनुमान भएकै होला । तर त्यो अधिकार जनतासँग छैन यहाँहरुसंग मात्र सिमित छ । अव फैसला माननीयज्यूहरुकै हातमा छ । राष्ट्रियताको पक्षमा अन्तिम लडाईँ लडेर राष्ट्रको गर्विलो इतीहास बन्दै भावी पुस्ताको आदर्श वन्ने कि देशका बिरुद्ध अविश्वासको प्रस्तावको पक्षमा उभिएर इतिहासमा कलंकका रुपमा स्थापित हुने ।

                                                                                 उही तपाईँहरुको नागरिक लक्ष्मण गिरी, पोखरा ।

4 पटक पढिएको

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित दृष्टि

        
            Loading...     
        

    अन्तरवार्ता

    समाचार