Presidential

नबिर्सिइने त्यो यात्रा !

–मन्दिरा थापा

नेपाल पत्रकार महासंघ दोलखाको टीम पहिलो पटक चितवनको भम्रणमा निस्कने योजना बन्यो । र, यात्रा शुरु भयो– साउन ३ गते बिहान ७ बजे सदरमुकाम चरिकोटबाट । महासंघको टीम १७ जनाको बन्यो । महासंघका पदाधिकारी, पुर्वअध्यक्ष, ३ नम्बर प्रदेशको केन्दीय सदस्यसहित टोली वर्षाको मौसमलाई ध्यानमा राख्दै तामाकोशीको तिरैतिर मन्थली पुग्यो । त्यहाँ, पुगेपछि खाना खुवाउने कार्यक्रमपछि रामेछापका पत्रकारसंग विदाईको हात हल्लाउदै टीम अगाडि बढ्यो । रामेछाप, खुर्कोटसम्मको विभिन्न भागको पहिरो छिचोल्दै सिन्धुली पुगेका टीमले एक डाडाँलाई साक्षकी राखेर तस्बिर लियो ।
सवारी साधन न हो । केही मसस्या देखिएपछि महोत्तरीमा मर्मत गरियो । दोलखाको २६ डिग्रीमा बसेको हामीलाई महोत्तरीको ३६ डिग्रीको गर्मीले खलखली बनायो । यस्तैमा त्यहाँ एक घण्टा बित्यो । केही समय अगाडिको बाढीले महोत्तरी भत्किएका पुलको अवलोकन गदै सर्लाही, बारा, रौतहट हुँदै साझ ७स्३० बजे हेटौडामा पुगियो । हेटौडामा स्थानीय पत्रकारहरुको न्यायो स्वागत स्वीकार्दै खाजा खाइयो ।
खाजापछि चितवन प्रस्थान ग¥यौ । २ घण्टाको यात्रापछि चितवनको सौराहा पुगियो । त्यहाँ हामीलाई बस्नका लागि नेचुरल हेरिटेज होटलमा पत्रकार महासंघ चितवन शाखाले व्यवस्था गरिदिएको थियो । चितवन पुगेपछि हामी आ–आफनो रुममा झोला राखेर खानाको लागी तयार भयौ । थकाई लागेको भएर खानापछि हामी आआफनो रुममा सुत्न गयौ ।
भोलिपल्ट महासंघका केन्द्रीय सदस्य कृष्ण गिरी र पत्रकार महासंघ जिल्ला शाखा अध्यक्षले सौराहाको हात्ती प्रजनन केन्द्र घुमाउन लैजाने तयारी गर्नुभएको थियो । mandira2
टाली त्यसतर्फ प्रस्थान ग¥यौ । वर्षाको समय भएकाले सिमसिम पानी परिरहेको थियो । वास्तवमा नै पर्यटकीय गन्तव्य रुपमा परिचित चितवनमा आउने बाह्य पर्यटकसँग हाम्रो जम्काभेट भयो । वर्षा गर्दा काठेपुल भत्काएपछि हात्ती प्रजनन केन्द्र पुग्नको लागि डुङगाको सहारा लिनुपर्ने रहेछ । त्यही ढुङगामा वारपार गरी रहेका थिए वाह्य पर्यटकहरु ।
करीब ११ वर्षदेखि ८० वर्षसम्मका पर्यटकहरुको अनुहारमा देखिएको खुशीले साँच्चिकै नेपाल पर्यटनमा अब्बल छ भन्ने आभास मिल्थ्यो ।
ढुङगामा वारपार गर्दा वर्खाको खोलामा ढल्किएको डुङगामा यात्रा गर्दा हुने डर रमाइलोले यात्रा थप रोमाञ्चक बन्यो । टिकटको बन्दोबस्त पत्रकार महासंघ चितवनले गरिसकेको थियो । वर्षाको मौसम भएकाले सौराहामा वन्यजन्तुलाई हेर्नै हाम्रो इच्छा अपुरो नै रहयो । प्रजनन केन्द्रबाट उत्पादित हात्तीको बच्चाहरु राष्ट्रिय निकुञ्जहरुलाई दिने गरिएको रहेछ भने जंगल सफारीका लागी प्रयोग गरिने हात्तीहरु स्थानीयहरुले भारतबाट खरीद गरी ल्याउने गरेका रहेछन । स्थलगत अवलोकनपछि हाम्रो टोली पुन होटलमा पुगी सौराहाबाट भरतपुरको लागी प्रस्थान ग¥यौ । भरतपुरमा पत्रकार महासंघ चितवनले एक कार्यक्रमको आयोजना गरेको थियो । सो कार्यक्रममा सहभागी हुनको लागी हामी भरतपुरमा खाना खाने योजनामा थियौ ।
खानापछि हाम्रो टोली पत्रकार महासंघ चितवन शाखाको कार्यलयमा पुग्यौ । आफनै सुविधा सम्पन्न भवनमा सञ्चालन भइरहेको कार्यलयमा पुग्दा हामीलाई स्वागत गदै अतिथीको रुपमा सम्मान गर्नुभयो । विहानै कार्यक्रम गर्ने योजना बनाएपनि मौसम, अलि हाम्रो ढिलासुस्तीले गर्दा केही पत्रकारहरु त्यहाँबाट रिर्पोटिङ हिडिसकेको जानकारी हामीले पा¥यौ । पत्रकारिताको हवको रुपमा परिचित चितवनमा थुप्रै दैनिक पत्रिका, टेलिभिजन, रेडियोहरु सञ्चालनमा रहेका छन । आर्थिक व्यवस्थापन पनि राम्रो भएकै पायौ ।mandira
२ जिल्लाको संयुक्त अन्तक्रिया कार्यक्रममा बोल्नुहुदै नेपाल पत्रकार महासंघका पुर्व केन्द्रिय सदस्य चिरिञ्जीवी मास्केले ३ नम्बर प्रदेशमा नै पहिलो पटक अन्तर जिल्ला समन्वय बैठकको आयोजना भएकोमा उदहरणीय कामको सुरुवात भएको बताउनुभयो ।
कार्यव्यवस्थाका बाबजुद पनि हाम्रो आमन्त्रणलाई स्वीकार गदै पत्रकार महासंघ दोलखाका पुर्व अध्यक्ष एवम सल्लाहकार राजेन्द्र मानन्धरले पनि हाम्रो बैठकमा उपस्थित हुनभयो ।
बैठकसंगै पत्रकार महासंघ दोलखाका अध्यक्षले चितवन शाखालाई दोलखा भ्रमणको निम्तो समेत दिनुभयो ।
देवघाट जानको लागि हामीलाई चितवनको अग्रज पत्रकारहरुले हामीलाई साथ दिनुभयो । गर्मीलाई वेवास्ता गदै हाम्रो टोली देवघाट प्रस्थान ग¥यौ ।
चितवन र तनहुको संगमस्थलमा रहेको देवघाटमा साउन महीनामा विशेष देखिन्थ्यो । मध्यान्हको चर्को घाममा आन्तरिक तथा बाह्य पर्यटकको उपस्थितीले पनि भन्न सकिन्थ्यो कि पर्यटन वर्ष २०२० मा सरकार लक्ष्य हासिल गर्न सक्नेछ भनेर ।
साउनको सोमबार उल्लेख्य भक्तजन आउने भएकाले बाटो÷ बाटोमा अस्थायी पसलहरुल खोल्ने क्रम बढदै थियो । धार्मिक स्थलको अवलोकनपछि हामी भरतपुरमा रहेको चितवन उद्योग वाणिज्य संघको गेष्ट हाउसमा बस्नेगरी फर्कियौ । त्यहाँ बस्नको व्यवस्थापनि चितवन शाखाले नै मिलाएको थियो । चितवन उद्योग वाणिज्य संघ र पत्रकार महासंघ चितवन शाखाको बीचमा गेष्ट हाउसमा बस्ने पत्रकारलाई ५० प्रतिशत छुट दिने गरी व्यवस्था मिलाएको रहेछ । सुन्दर शहर चितवनमा पत्रकार र पत्रकारिता पेशाप्रति गरेको सम्मानप्रति गर्व महसुस भयो ।
साझपख नवलपरासी जिल्लामा अवस्थित विनोद चौधरी टिमद्धारा निर्माण गरिएको सिजी शाश्वत धाम घुम्न जाने योजनाका साथ हामी आआफनो रुपमा प्रस्थान ग¥यौ । अत्यधिक गर्मीका कारण नारायणी नदीको तिरमा बसेर केही साथीहरु चटपटेको स्वादसँगै गर्मी भुल्न थाल्यौ ।
हाम्रो टोली रमाइलो गदै पवित्र धार्मिक स्थल सिजी धाम पुग्यो । आन्तरिक तथा बाह्य पर्यटकका ओइरो बिहानदेखी दिउँसोसम्म उत्तिकै हुने रहेछ । आनन्दको धार्मिक स्थलमा ध्यान गर्न समेत आउने रहेछन । करिब ४५ मिनेटको बसाईपछि हाम्रो टोली पुन भरतपुर फर्कियो । भरतपुरको एक होटलमा खानापछि हाम्रो टोली भोलि बिहान ७ बजे जिल्ला फर्किने योजनाका साथ आआफनो रुमतर्फ प्रस्थान ग¥यौ । २ दिनको बसाईमा गर्मीले गर्दा आफनै गृह जिल्लालाई पटक पटक सम्झना गदै फ्यानको सहायताले केही समय निदाउन सफल भयौ । टोली ७ बजे अघि नै बाहिर आइसकेकाले हाम्रो टोली समयमा नै त्यहाँबाट नेपालको दोस्रो पर्यटकीय गन्तव्यको रुपमा रहेको चितवनलाई विदाई हात हल्लाउदै हाम्रो टोली पुन त्यही बाटो हुदै जिल्ला आइपुग्छ ।
यात्राको क्रममा सडकमा कर लिन बसेकाहरुले पत्रकारहरुलाई छुट्टि गरिदिए भने प्रहरीले इन्ट्री गर्दा कुनै सोधपुछ नगर्दा पत्रकारमाथि राज्यको विश्वास कति धेरै रहेछ भन्ने भान भयो । पत्रकार महासंघ चितवनप्रति स्थानीय तह, संघसंस्थाले देखाएको सकरात्मक सदभाव, विश्वास देख्दा लाग्यो मर्यादित पेशालाई बदनाम हुनबाट बचाउन हामी सबैको दायित्व हुनुपर्ने रहेछ भनेर ।

थापा नेपाल पत्रकार महासंघ दोलखाका उपाध्यक्ष हुन् ।

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित दृष्टि

    
        Loading...     
    

अन्तरवार्ता

समाचार