Presidential

प्राथमिक तहका बालबालिकाका सूक्ष्म समस्याका जटिल प्रभाव

पवित्रा दाहाल

विद्यालयममा विभिन्न उमेर समूहका बालबालिकाहरू विभिन्न सामाजिक तथा पारिवारिक पृष्ठभूमिबाट आएका हुन्छन् । यसले बालबालिका बीच मतभेद हुनु , विभिन्न खाले समस्या आउनु स्वभाविक नै हो । विद्यालयमा बालबालिकाका बीचमा हुने समस्याका प्रकृति भने फरक फरक हुने गर्दछ । विद्यालयमा बालबालिकाका समस्या ठूलाका लागि सामान्य भएपनि ती साना समस्याले बालबालिकाको मानसिकतामा गहिरो जरा गाडेको हुन्छ । शिक्षक तथा अभिभावकले यादै नगरेका साना कुरा नै बालबालिकाका लागि ठूलो समस्या हुन गई त्यसले शिक्षण सिकाइ तथा बालबालिकाको व्यक्तित्व विकासमा समेत असर पुगेको हुन्छ । । बालबालिकाको समस्याको पहिचान गरी शिक्षकले समाधानका लागि विभिन्न कार्य गर्नु पर्ने हुन्छ । घरायसी समस्या छ भने अभिभावकस“ग सरसल्लाह तथा सुझाव दिनुपर्छ । साथीसाथी बीच भएका झ“ै झगडामा शिक्षक आफैर्“ेले समाधान गर्ने, विद्यालयले मात्र सुल्झाउने समस्या भएमा विद्यालय प्रशासनमा विद्यार्थीका समस्या अवगत गराई समाधानको सुझाव दिने काम शिक्षकले गर्नुपर्दछ । विद्यार्थीका समस्याको प्रकृति हेरी शिक्षकले समाधानका प्रक्रिया अगाडि बढाई समस्यालाई समाधान गर्नुपर्छ ।
शिक्षकको काम केवल विद्यार्थीलाई विषयवस्तुको ज्ञान दिने मात्र नभई व्यवहारिक शिक्षा तथा विभिन्न व्यवहार उपयोगी सीप समेत दिनु हो । विभिन्न कठिन परिस्थितिमा पनि कसरी जीवनयापन गर्न सकिन्छ भन्ने कुराको ज्ञान दिने काम पनि शिक्षकबाट हुने भएकाले शिक्षक कुशल तथा दक्ष हुनु आवश्यक छ । विद्यार्थीले शिक्षकलाई आदर्श मान्ने भएकाले पनि शिक्षक स्वयम् एक उदाहरणीय तथा आदर्शवान् हुनु जरुरी हुन्छ । शिक्षकले बालबालिकाका बीचमा हुने झगडा मिलाउ“दा कुनै पनि एक विद्यार्थीको मात्र पक्षमा रहेर समस्या समाधान गर्न हु“दैन् । गल्तीगर्ने विद्यार्थीलाई कुनै ठूलै अपराधी जस्तो व्यवहार पनि गर्नु हु“दैन । शिक्षकले गर्ने व्यवहार नै बालबालिकाले सिक्ने भएकाले शिक्षक एकदमै सम्यमित हुनु आवश्यक हुन्छ । शिक्षकको शिष्टता तथा बोलीबचनले विद्यार्थीको व्यक्तित्व विकासमा ठूलो टेवा पु¥याउने काम गर्दछ । मानिस जीवनको वृद्घि र विकासको आधार समय भनेको नै विद्यालय जाने उमेर समूह हो । यो समयमा असल मार्गदर्शन गराउन सकेको खण्डमा विद्यार्थीहरूको सिङ्गो जीवन नै सफल बन्छ तर यो समयमा मार्गदर्शक रुपी शिक्षक राम्रो परेन भने विद्यार्थीको जीवन नै खराब बन्दछ । बालबालिकालाई के सही के गलत भन्ने कुरा थाह नहु“दा उनीहरूले गलत काम गर्न पुग्छन् । यसको लागि शिक्षकले विद्यार्थीलाई असर नपर्ने गरी कुशल ढङ्गबाट सही मार्गदर्शन दिनुपर्दछ । विद्यालयमा शिक्षकले न्यायधीश, प्रहरी, बाबुआमा, साथी, मनोचिकित्सक, सल्लाहकार आदिको परिस्थितिअनुसार विभिन्न भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । शिक्षकले परिस्थितिअनुसार विद्यार्थीलाई सही सल्लाह दिन नसक्दा विद्यार्थीमा झन ठूलो समस्या आउन सक्छ । त्यसैले समस्यालाई राम्रोस“ग अध्ययन गरी उनीहरूको मनोविज्ञानमा ठोस नपुग्ने गरी समस्याको समाधान गरिनुपर्दछ ।
विद्यालयमा विद्यार्थीहरूका माझ विभिन्न समस्याहरू देखापर्दछन् । समस्याका प्रकृति भने कक्षागत, उमेरगत तथा तहगतरुपमा फरक फरक हुन्छन् । प्राथमिक तहका बालबालिकाका शिक्षणजन्य समस्या र शिक्षण वातावरणजन्य समस्यालाई यहँ“ प्रस्तुत गरिएको छ ।
प्राथमिक तहका विद्यार्थीका वातावरणजन्य समस्या
१.घुलमिलमा समस्या ः
भर्खरै विद्यालय प्रवेश गरेका बालबालिकालाई घरको वातावरणभन्दा विद्यालयको वातावरण भिन्न लाग्नु स्वभाविक नै हो । उनीहरूले विद्यालयको नौलोे वातावरणमा आफूलाई एक्लो महसुस गर्ने, आफ्नो परिवारको याद गर्ने गर्दछन् । घरमा आफ्नो इच्छाअनुसार उर्फने, खाने, सुत्ने कार्य अनौपचारिक हिसाबले गरिरहेका बालबालिकालाई विद्यालयमा औपचारिकता र नियममा बा“धिनु पर्दा पनि विद्यालयमा घुलमिल हुन गाह्रो हुन्छ । बालबालिकालाई एउटै ठाउ“मा लामो समयसम्म बस्नु पर्दा पनि कठिन हुन्छ । विभिन्न पारिवारिक पृष्ठभूमिबाट आएका बालबालिकाको एकआपसमा भाषा, व्यवाहार बोलिचाली फरकफरक हुने भएकाले पनि बालबालिकालाई विद्यालय प्रवेशका समयमा घुलमिल हुन कठिन हुन्छ ।
एक विद्यालयबाट अर्को विद्यालयमा सार्दा पनि विद्यार्थीहरूलाई नया“ विद्यालयमा नया“ साथीभाइका स्वभाव तथा व्यवहार हुने भएकाले र नया“ विद्यालयको नियम छिट्टै बु∆न पनि कठिन हुने भएकाले घुलमिल हुन समस्या पर्छ ।
२.पोशाकगत समस्या ः
प्राथमिक तहका बालबालिका घरमा सजिला र इच्छाअनुसारका पोशाक लगाएर बसेका हुन्छन् । उनीहरूले घरमा प्रयोग गर्ने पोशाकहरूका रङ् बालबालिकाको रुचिअनुरुपका हुन्छन् । विद्यालयमा प्रवेश गर्नेवित्तिकै बालबालिकाले विद्यालयले तोकेका जुत्ता, मोजा, टाई, सर्ट, पाइन्ट, फ्रक जस्ता पोशाक लगाउनुपर्ने हुन्छ । घरमा बस्दा सजिला ट्राउजर , टिसर्ट र सजिला चप्पलमा बसेका बालबालिकालाई विद्यालयका यस्ता पोशाक झन्झटिला र अप्ठ्यारा हुन्छन् । गर्मी समयमा टाई कसेर र जुत्तामोजा लगाई उकुस्मुकुस् भई बस्नुपर्दा बालबालिकालाई निकै ठूलो समस्या परेको हुन्छ । विद्यालयका विभिन्न पोशाक नियमहरू हुन्छन् । छात्राहरूको पक्षमा तोकिएको रङ्कै रिवन लगाउनुपर्ने ,दुई चुल्ठा बाट्नै पर्ने जाडोमा पनि फ्रर्क र पालतो स्ट्रकिङ (ऊनीको स्ल्याक्स) लगाउनु पर्ने आदि साथै विभिन्न हाउसका व्याच लगाउनुपर्ने , कतिपय विद्यालयमा त हप्तामा पा“च÷ छ जोर नै पोशाक फेरि फेरि लगाउनु पर्ने अवस्था छन् । कक्षा दुई तीन पुग्दासम्म पनि बालबालिकाले जुत्ताका तुना बा“ध्न समेत सक्दैनन् । जुत्ताका तुनाले उनीहरूलाई यति हैरान बनाएको हुन्छ कि न त्यो कुरा शिक्षकले बु∆न सकेका हुन्छन् न अभिभावकले नै बु∆न सकेका हुन्छन् । अरुलाई सामान्य लाग्ने जुत्ताको तुना समस्याले बालबालिकालाई खेल्नमा , हिड्नमा र दौडनमा समेत समस्या पारेको हुन्छ । जुत्ताका तुनाकै समस्याले खेलमा पछि परेका हुन्छन् ।
यस्ता विविध खाले पोशाकजन्य समस्याले बालबालिकाहरू ग्रसित भएका छन् । बालमनोविज्ञान बुझेर विद्यालयको सञ्चालन भएको कुरा विभिन्न निकायले दाबी गरेको भएपनि वर्षौ“ पहिलेदेखि लागु गरिएको पोशाक सर्टफ्रर्क परम्पराले छात्राहरू जाडोमा न्याना कपडा लगाउन पाउने अधिकारबाट समेत बञ्चित भएका छन् ।
३.खाजासम्बन्धी समस्या ः
प्राथमिक तहका बालबालिकाको मुख्य समस्या भनेको खाजासम्बन्धी समस्या पनि हो । नेपालका सबै विद्यालयमा खाजा कार्यक्रम छैन । यो तहका बालबालिकाले तीन ÷चार घन्टा अगाडिदेखि टिफिन बट्टामा प्याक भएका खानेकुरा अस्वस्थकर खान बाध्य छन् । त्यस तहका बालबालिकामा आफ्नो खाजा मन नपर्ने र अर्को साथीको खाजा मनपर्ने स्वभाव पनि हुन्छ । यदि उनीहरूलाई मन नपर्ने खाजा रहेछ भने त खानेकुरा नखाईकन दिनभर भोकै फर्कन्छन् । त्यस्तै खाजा खाने समयमा खेल्न पाउने भएकाले धेरैबेर चपाउन पर्ने खाजा छ भने खान धेरै समय लाग्ने र खेल्न पाई“दैन भनेर खाजा नखाने समस्या पनि धैरै नै छ । अभिभावकले खाजा नपठाई“ पैसा पठाईदियो भने त उनीहरूले भेटभरिने भन्दा उनीहरूलाई मनपर्ने जङ्फुड् किनेर खान्छन् । जसले बालबालिका भोको पेटमा कक्षाकोठामा बस्न बाध्य हुन्छन् ।
विद्यालयमा नै खाजा खुवाउ“ने चलन छ भने यस्ता विद्यालयका बालबालिकाको मुख्य समस्या भनेको लामो समय लाइनमा बस्नुपर्ने र विद्यालयको सेडुलअनुसारको खाजा खानु पर्दा र उनीहरूको रुचिभन्दा फरक खालको खाजा खानु पर्दा पनि बालबालिका त्यति खुसि हु“दैनन् । ठूलो समूहलाई बनाईको खाजामा चिल्लो, पिरो, नुनिलो कडा भएको खण्डमा पनि प्राथमिक तहका बालबालिकालाई असर पर्छ । अतःयस्ता विविध कारणले गर्दा बालबालिकामा खाजा सम्बन्धी समस्या परिरहेको हुन्छ ।
४.शिक्षकको व्यवहारले पार्ने समस्या ः
प्राथमिक तहका बालबालिकाहरू शिक्षकको प्रिय बन्न चाहन्छन् । शिक्षकले सबै बालबालिकालाई समान हिसाबले माया गर्न सकेन भने बालबालिकामा मनोवैज्ञानिक रुपमा असर परिरहेको हुन्छ ।
जस्तो शिक्षकले कुनै एक विद्यार्थीलाई छोरा ÷छोरी भनि बोक्ने, काखमा राख्ने केही विद्यार्थीको मात्र बारम्बार प्रशंसा गर्ने , उनीहरूको बारेमा मात्र सोध्ने गरेमा अन्य बालबालिकामा ईष्र्यालु स्वभाव बढ्दै जानुका साथै हीनभावनाको विकास हुन्छ । यस्ता खालका शिक्षकका स्वभावले बालबालिका दुखी हुने गर्दछन् । कतिपय शिक्षकले बालबालिकाको रुप हेरेर, पारिवारिक पृष्ठभूमि हेरेर बालबालिकाहरूस“ग व्यवहार गरिदि“दा माया नपाएका बालबालिकाको मनोविज्ञानमा ठूलै असर परेको हुन्छ । शिक्षकले दुख दिने विद्यार्थीलाई सधै“ अपराधिलाई गर्ने जस्तो व्यवहार गरेको देखिन्छ । जसले विद्यार्थीलाई सकारात्मकता भन्दा नकारात्मकतातिर अगाडि बढ्न उत्प्रेरित गरिरहेको हुन्छ ।
५. शिक्षकले विद्यार्थीअनुसार प्रयोग गर्ने भाषा सम्बन्धी समस्या ः
शिक्षकको नम्रतापूर्ण बोलिबचनले विद्यार्थीको व्यवहारमा सकारात्मक परिवर्तन आउ“छ । शिक्षकले विद्यार्थीहरूस“ग कसरी बोलेको छ ,त्यसको अर्थ नबु∆लान् तर शिक्षकको भाषा प्रयोग गर्ने तरिका, हाउभाउ तथा कटाक्ष्य भने राम्ररी बु∆न सक्छन् ।यसले बालबालिकालाई शिक्षकले आफूलाई कुन दृष्टिले हेरेको छ थाह हुन्छ र शिक्षकप्रतिको उसको आफ्नो छुट्टै धारणा हुन्छ । यसले शिक्षक र विद्यार्थीबीचको दुरी बढाउ“छ । बालबालिकाहरूले आफूलाई अभिभावकको नामस“ग , पेशास“ग जोडेर फलानाको छोरा वा फलानाकी छोरी भनेको मन पराउ“दैनन् । यस्तै उनीहरूलाई थर मात्रैले बोलाएको र सम्बोधनमा त“ प्रयोग गरेको पनि मन पर्दैन । बालबालिकालाई प्रयोग गर्ने भाषामा संयमितता अपनाउन नसक्दा विद्यार्थीमा नकारात्मक धारणाको विकास हुन्छ । त्यसैले शिक्षकले विद्यार्थीको मनोविज्ञानलाई बुझेर सबै विद्यार्थीहरूलाई समान र सम्मानयुक्त भाषा प्रयोग गर्नु आवश्यक हुन्छ ।
६. घर र विद्यालय बीचको लामो दूरीका कारण हुने समस्या ः
प्राथमिक तहका बालबालिकाको घरको र विद्यालयको दुरी धेरै हु“दा बालबालिकालाई विद्यालय पुग्दा नै थकाई लाग्छ । भौगोलिक विकट ठाउ“मा भीर , पहिरो, ठूला ठूला भङ्गाला पार गर्दै उच्च जोखिम उठाएर विद्यालय जानु पर्ने हुन्छ । सुगम ठाउ“का बालबालिकालाई पनि बसमा टाढा टाढासम्म पढ्न पठाइन्छ । यसले लामो यात्रा र बाटोमा हुने जामले बालबालिकालाई धेरै नै मानसिक यातना दिइएको हुन्छ । लामो समयसम्म जाममा पर्दा बालबालिकालाई शौचालय जानुपर्ने ठाउ“मा जान पाउ“दैनन् । भोक र तिर्खा लाग्दा छट्पटाएर समय बिताउनु पर्ने हुन्छ । यस्ता समस्याले बालबालिकालाई गहिरो असर पारेको हुन्छ ।

६. उपहार तथा जन्मोत्सवले उब्ज्याउने समस्याः
नेपालका कतिपय ठूला विद्यालयहरूमा अभिभावकले शिक्षकका लागि बालबालिकाका हातमा उपहार पठाईदिने गर्दछन् । जसले गर्दा अन्य बालबालिकाले आफ्ना अभिभावकलाई महङ्गा र भड्किला उपहार किन्न जिद्दी गर्ने गर्दछन् । शिक्षकहरूमा पनि उपहारकै कारण विद्यार्थीहरूमा “ हेलो इफेक्ट” पर्न जान्छ । जसले अन्य विद्यार्थीहरूको मनोविज्ञानमा गम्भीर असर पर्न जान्छ ।
विद्यालयमा अभिभावक गएर केक लैजाने , विभिन्न उपहार दिने र आफ्ना बच्चाहरूको जन्मोत्सव मनाउन विद्यालयले स्वीकृति दिने भएकाले व्यस्त अभिभावकका बालबालिकालाई र तडकभडक मन नपराउने अभिभावकका बालबालिकालाई यस्तो क्रियाकलापले बालबालिकामा मनोबैज्ञानिक असर पर्ने हुन्छ ।

यसरी माथि प्रस्तुत समस्या प्राथमिक तहका बालबालिकाका समस्या हुन् । प्रस्तुत समस्या प्राथमिक तहका शिक्षण वातावरणजन्य समस्या हुन् । यस्ता समस्याबाट बालबालिकालाई मुक्त गराउ“न सकेको खण्डमा मात्र शिक्षण वातावरण अनुकूल बनाउ“ सकिन्छ ।

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित दृष्टि

    
        Loading...     
    

अन्तरवार्ता

समाचार