Presidential

व्यवसायिक खेती गर्दै हुनुहुन्छ? माटो परिक्षण गरेर मात्र बाली लगाउँनुस: मिरा खुलाल, कृषि प्राविधिक


माटो प्रकृतिको एक अभिन्न अङ्ग हो । पृथ्वीमा भएका सम्पुर्ण बिरुवा तथा जिबहरु जिबन यापनका लागी माटोमै आशृत छन ।
जसकारण पनि माटोलाई बिग्रन नदिइ यसको सुरक्षा गर्नु अतिआवश्यक हुन्छ । अझ कृषी तर्फ त माटोको महत्व अत्याधिक छ । बिउ माटोमा छरे देखी बिरुवा हुर्किइ यसले अनाज दिने बेला सम्म चाहिने सम्पुर्ण खाध्यतत्वहरु बिरुवाले माटोबाटै लिन्छ । जसकारण पनि माटोको अवस्था बिग्रन नदिन उपयुक्य समय समयमा माटो परिक्षण गर्नु अतिआवस्यक हुन्छ ।
त्यति मात्र नभइ बिरुवालाई आवश्यक खाध्यतत्व थाहा पाई त्यही अनुरुप आवश्यक मलखाद मात्रा पनि थाहा पाउन माटो परिक्षण गर्नु आवश्यक छ ।

माटो परिक्षण गराउने उपयुक्त समय 

एउटा बाली पाकी सकेर अर्को बाली लगाउनु भन्दा अगाडी । यसो गर्दा अब लगाउने बालीलाई आवश्यक पर्ने खाध्यतत्व तथा मलखाद मात्रा अनुमान गर्न सजिलो हुन्छ ।
ध्यान रहोस माटो परिक्षण गर्दा नमुना सन्कलन गर्ने माटो मल थुपारेको ठाउको वा मलखाद वरिपरिको हुनु हुँदैन, त्यसै गरी आली कान्ला वा पानीको मुहान नजिकै पनि पर्नुहुँदैन । यदी नमुना लिने खेत बारी सिचाइ गरेको छ अथवा पानी परेको छ भने ३र४ दिनमा पानी सुकाएर मात्र त्यस स्थान देखी नमुना सन्कलन गर्न सकिन्छ ।

माटो परिक्षण गराउने आवश्यक सामाग्री

माटो परिक्षण गर्न सवै भन्दा उत्तम् सामाग्री सोइल स्याम्प्लिङ अगर हो । गमिण भेगमा उक्त सामाग्री को सम्भावना नहुन सक्छ । यदि उक्त सामाग्री नभएमा कोदाली वा खुर्पि वा कोदालो मार्फत माटो निकाली, नमुना लिएको माटो फिजाउन सफा बोरा, नाङ्लो अथवा लिएको नमुना माटो राख्ने प्लास्टिक वा कपडाको थैलो र आवश्यक बिवरण लेख्न कागज, कलम वा मार्कर प्रयोग गर्न सकिन्छ ।
नमुना लिने माटोको छनोट गर्दा जमिनको आकार ९भिरालो भए उपल्लो सतह, केहि बिच तिर तथा तल्लो वा भित्री सतह देखी छुट्टा छुट्टै नमुना लिने०, उब्जाउ गर्ने बालिको किसिम ९एकै प्रकारको बाली उब्जनी हुने ठाउ बाट एउटै लिने, छुट्टा छुट्टै बाली भए छुट्टै नमुना लिने० तथा बालीको प्रकारमा ध्यान पुर्याउनु पर्छ ।

एउटा ठाउ बाट नमुना लिन कम्तिमा प्रती रोपनी सात रआठ ठाउबाट उप नमुना लिएर एउटै नमुना बनाउने । उप नमुना लिनका लागि कुनै निश्चित स्थानमा गई सतहको झारहरू सफा गरि सोइल स्याम्प्लिंग अगर अथवा कोदालीले दुइ तिर बाट खनी भी “ख्” आकारको कम्तिमा पनि ६ देखि ९ इन्च ९२० देखि २५ सेमि० सम्मको गहिरो खाल्डो खन्ने, उक्त खाल्डो अन्दाजी एक वित्ता जति हुनुपर्छ । अब भी आकारको खाल्डोको कुनै एक स्थान तिर बाट बराबर मोटाइको माटो माथि देखि तल सम्म काट्न पर्दछ तर माटो बराबर मोटाइको हुनुपर्छ । अब उक्त माटो झिकेर बाल्टिनमा राख्ने ।

अब यसरीनै कम्तिमा ८ ठाउबाट माटोको नमुना लिने । त्यस पछि सफा प्लास्टिक वा सफा बोरामा नमुना संकलन गरेको माटो राखी गोलो बनाउने । यसरि राखिसके पछि त्यहाँ बाट ढुंगा झारहरु हटाइ माटोलाई सकेसम्म मसिनो बनाउने । अब त्यस माटोलाई करिब चार भाग लगाउने र चार भाग मध्ये कुनै दुइ भाग हटाउने । अब बाकि दुइ भागलाइ एकै ठाउमा मिसाउने अनि पुन बाकि उक्त माटोलाई चार भाग लगाउने, फेरी पहिला जस्तै चार भाग मध्ये पहिला हटाएको बिपरित दिशाको दुइ भाग माटो हटाउने । यसरि हटाइसके पछि बाकि रहेको दुइ भाग माटो मिसाउने, यसरि करिब आधा किलो जति माटो मात्र बाकि रहनु पर्छ ।

अब उक्त आधा किलो जति माटोलाई नमुना प्याकिङ्ग गर्ने सफा प्लास्टिकमा राख्ने, सकेसम्म दुइ वटा प्लास्टिकको प्रयोग गरि भित्रको प्लास्टिक लाइ बन्द गर्ने । त्यसपछि एउटा कागजमा किसानको नाम , ठेगाना, नमुना लिएको बारी वा खेतको बिवरण, पहिला लगाएको र अब लगाउने बालीको नाम लेखि अन्त्यमा उक्त नमुना लिएको स्थानको माटोमा केहि समस्या देखिएको भए पनि उक्त कागजमा उल्लेख गर्ने ।

यदि कागज नभएमा प्लास्टिकको बाहिर नमेटिने मार्कर वा कलमले पनि लेख्न सकिन्छ ।
नोट स् माथि उल्लेख गरिएको नमुना लिने तरिका खाद्यान्न तथा तरकारी बालिका लागि हो तर ध्यान रहोस यदि नमुना परिक्षण खाद्यान्न बालिका लागि नभएर फलफुल खेती वा बहु बर्षे बालिको लागि भए उक्त गहिराइ एक मिटर सम्म पुग्छ । एक मिटर सम्मको गहिराइ सम्मको नमुना लिदा कम्तिमा तिन वटा नमुना आउछ । पहिलो नमुना सतह देखि एक फिट सम्मको, दोश्रो नमुना एक फिट फिट देखि दुइ फिट भने अर्को नमुना दुइ फिट देखि तिन फिट सम्मको हुन्छ । यसरि समयमै माटो परिक्षण गरि माटो तथा प्रकृतिको संरक्षण गर्नु हाम्रो क्रतब्य हो ।

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित दृष्टि

    
        Loading...     
    

अन्तरवार्ता

समाचार