Presidential

सिडिओको पीडाः भीआइपीको स्वागत गर्ने कि जनताको काम ?

नरेन्द्रराज शर्मा

प्रदीप नेपालले सुने, रामचन्द्र पौडेलले दुःख दिए 

एकपटक तत्कालीन शिक्षामन्त्री प्रदीप नेपाल जनक शिक्षा सामग्री केन्द्रको क्षेत्रीय कार्यालय शिलान्यासको क्रममा नेपालगन्ज आउनुभएको थियो । उहाँलाई खाने, बस्ने र गाडीको सम्पूर्ण सुवधान सम्बन्धित कार्यालायबटै मिलाइदिएपछि राती अतिथि गृहमा भनेँ, ‘मन्त्रीज्यू हामी सिडिओले मन्त्रीज्यूहरुको कहिलेसम्म स्वागत गर्ने ?’

‘किन र ?’, उहाँले सोध्नुभयो ।

‘मेरो त कामै यही मात्र भयो । सधैँ कोही न कोही आइरहन्छ । उनीहरुलाई विमानस्थलमा पुगेर स्वागत गर्ने, खाने–बस्नेको व्यवस्था मिलाइदिने र गाडी खोजिदिने । सधैँ यस्तो कतिञ्जेल सम्भव होला र ? मैले आफ्नो काम नै गर्न पाइनँ । अनि जिल्लाको शान्ति सुरक्षाको अवस्था कसरी हेर्ने ?’

उहाँले धेरै सोचेपछि भन्नुभयो, ‘कुरा त ठीकै गर्नुभयो । के गर्ने त ?’

मुख्य जिम्मेवारी शान्ति–सुरक्षा छोडेर यस्तो काममा संलग्न हुँदा सिडिओले प्रशस्त आलोचना खेप्नुपरेको छ । यस्तो कार्यबाट अतिथि र सरकारको क्रेडिबिलिटीमा नराम्रो प्रभाव परेको छ ।

त्यति नै बेला एउटा प्रस्ताव सुझाएँ, ‘यसका लागि गृहमन्त्रालयले नै व्यवस्था गर्नुपर्छ । भीआइपी स्वागत–सत्कारका निम्ति जिल्ला प्रशासन कार्यालयमै एउटा तृतीय श्रेणीको शिष्टाचार अधिकृतको व्यवस्था गर्नुपर्छ । उसलाई आवश्यक जनशक्ति, सवारी साधन, सुरक्षाकर्मी र अतिथि सत्कार बजेट व्यवस्था गरे राम्रो हुन्छ । यसरी उसको काम भीभीआइपीको स्वागत सत्कार गर्ने हुन्थ्यो । यसो गर्दा जिल्ला प्रशासनको दैनिक कार्यमा असर पर्दैनथ्यो ।’

15349722_1302713096453698_5747721274702831509_nमेरो प्रस्ताव सुनिसकेपछि ‘ठीक छ, तपाईंको कुरा मैले सुनेँ’ भन्नुभयो ।

‘यो प्रस्ताव मैले माथि पनि राखिसकेको छु’ भनेपछि उहाँले ‘यो प्रस्ताव मन्त्रिपरिषद्को बैठकमा आयो भने समर्थन गर्छु’ भन्नुभयो । प्रस्ताव स्वीकार्नुभएकोमा मलाई खुसी पनि लाग्यो । तर, व्यवहारमा केही लागू भएन ।

‘हजुर शान्तिमन्त्री, हजुरले काठमाडौँमै हेलिकोप्टर चाहिन्छ भन्नुभएको भए त्यतै हेलिकोप्टर पाउनुहुन्थ्यो । हामीकहाँ त कहाँ हेलिकोप्टर हुनु ? हामीले त प्लेनको टिकट मिलाइदिने सम्म मात्र हो । हेलिकोप्टर त मबाट पार लाग्दैन मन्त्रीज्यू । यो त गृहमन्त्रालयबाटै निर्णय गर्ने कुरा हो, मैले भने पनि आउँदैन’ भनेँ ।

केही समयपछि शान्ति तथा पुनर्निमाणमन्त्री रामचन्द्र पौडेल १०–१२ जनाको डफ्फासहित नेपालगञ्ज आउनुभयो । मन्त्री आइसकेपछि सिडिओले भेट्न जानै प¥यो । गएँ । भीभीआइपी कक्षमा बोलाएर भन्नुभयो– ‘सिडिओ सा’ब एउटा हेलिकोप्टरको व्यवस्था गर्नूस् त ।’

‘हजुर शान्तिमन्त्री, हजुरले काठमाडौँमै हेलिकोप्टर चाहिन्छ भन्नुभएको भए त्यतै हेलिकोप्टर पाउनुहुन्थ्यो । हामीकहाँ त कहाँ हेलिकोप्टर हुनु ? हामीले त प्लेनको टिकट मिलाइदिने सम्म मात्र हो । हेलिकोप्टर त मबाट पार लाग्दैन मन्त्रीज्यू । यो त गृहमन्त्रालयबाटै निर्णय गर्ने कुरा हो, मैले भने पनि आउँदैन’ भनेँ ।

यसपछि उहाँले ‘बाहिनीपतिले व्यवस्था गर्न सक्नुहुन्छ होला नि’ भनेर सोध्नुभयो ।

‘खै मन्त्रीज्यू, मैले त सम्भावना देख्दिनँ’ भनेँ ।

मन्त्रीज्यूले नेपालगञ्ज आर्मी बाहिनीपति दीपकविक्रम पाण्डेकहाँ कुरा राख्नुभयो । बाहिनीपतिले मैले भने जस्तै भन्नुभयो ।

त्यसपछि ‘प्लेनको टिकट मिलाउनू’ भन्नुभयो, जुम्लाका लागि ।

मैले मन्त्रीज्यूलाई ‘आरएको सम्भावना छैन, यति एअरलाइन्समा कुरा गर्छु’ भनेँ ।

जसोतसो यति एअरलाइन्सको एउटा उडान राख्न लगाइयो र मन्त्रीज्यूसहित बाह्रै जनाको टोलीलाई जुम्ला पठाइयो । ३–४ दिनपछि सोही प्लेनमा बसेर मन्त्रीज्यूहरु फर्किनुभयो ।

उहाँहरु नेपालगन्ज फर्केपछि फेरि गाडी मिलाइदेऊ, खाने–बस्नेको व्यवस्था मिलाइदेऊ आदि इत्यादि । कहिलेकाहीँ त के जागिर खाइएछ भन्ने पनि लाग्दथ्यो । मन नलागीकन पनि स्वागत–सत्कार गर्नुपथ्र्यो ।

नेपालगन्ज फर्केपछि ‘डोल्पाका लागि जहाज मिलाउनूस्’ भन्नुभयो । एक मन त रिस पनि उठ्यो । पहिल्यै भनेको भए जहाज मिलाउन सजिलो हुन्थ्यो । जहाँ, जहिले पायो, त्यसैबेला जहाज मिला भन्दैमा कसरी मिलाउने ? तै पनि यति एअरलाइन्सका स्टेसन इन्चार्ज राईलाई डोल्पाको फ्लाइट मिलाई दिनुप-यो भनेर अनुरोध गरेँ ।

उहाँले ‘हुन्छ’ भन्नुभयो । तर, पैसाको कुरा गर्नुभयो ।

मैले ‘मन्त्रीज्यूले पछि मिलाउँछु भन्नुभएको छ’ भनेँ ।

उहाँले मान्नुभएन । ‘धेरै मन्त्री र भीभीआइपीहरुले पछि मिलाउँछु भनेर बाँकी राख्छन् । पछि दिँदैनन् । जुन कारणले एअरलाइन्स नै घाटाको अवस्थामा छ, हिसाव पहिल्यै हुनुपर्छ’ भन्नुभयो ।

भीआइपीहरुलाई स्वागत सत्कार गर्दा स्थानीय जिल्ला प्रशासन कार्यालय आफैँले व्यवस्था गर्नुपर्छ । स्वागत सत्कारका लागि कुनै बजेट छुट्याइएको हुँदैन । बजेट नहुँदा कतिपटक सिडिओ आफैँले बिल तिर्नुपरेको हुन्छ भने कतिपटक बिल तिर्न नसकी त्यत्तिकै बाँकी रहेका पनि हुन्छन् । यति झन्झट–झमेला गर्दा पनि कतैबाट जस पाइन्न ।

मैले यो कुरा जस्ताको तस्तै मन्त्रीज्यू सामु राखेँ । त्यसपछि उहाँका साथमा आएका पदाधिकारीबाट भाडाको रकम प्राप्त भयो । डोल्पा जान यति एअरलाइन्स तयार भयो । उड्ने बेलामा जहाज बिग्रियो । आरआएमा पहिला दिएका दुई सिट मिलाउन भनेँ र मन्त्रीज्यू डोल्पा जानुभयो ।

भीआइपीहरुलाई स्वागत सत्कार गर्दा स्थानीय जिल्ला प्रशासन कार्यालय आफैँले व्यवस्था गर्नुपर्छ । स्वागत सत्कारका लागि कुनै बजेट छुट्याइएको हुँदैन । बजेट नहुँदा कतिपटक सिडिओ आफैँले बिल तिर्नुपरेको हुन्छ भने कतिपटक बिल तिर्न नसकी त्यत्तिकै बाँकी रहेका पनि हुन्छन् । यति झन्झट–झमेला गर्दा पनि कतैबाट जस पाइन्न । उल्टो फलानालाई यस्तो गाडी दिने, हामीलाई नराम्रो दिने भन्दै निहुँ खोज्छन् ।

०००

गृहसचिव उमेश मैनालीसँग लिखित तथा मौखिक रुपमा आफ्नो सुझावसहितको प्रस्ताव राखेँ । मेरो कुरा सुनेर गृहसचिव हाँस्नुभयो । ‘तपाईंको कुरा त सही हो, नरेन्द्रजी । तर, मन्त्रीहरुले मान्नुहोला र ? यसमा प्रयासै नगर्नूस्’ भन्नुभयो । उहाँको कुराले म खंग्रंग भएँ ।

सिडिओको समस्या दुई मन्त्रीहरु प्रदीप नेपाल र रामचन्द्र पौडेलसमक्ष राखिसकेको थिएँ । उहाँहरुबाट सकारात्मक जवाफ पाएपछि म हौस्सिएको थिएँ । यसर्थ, गृह मन्त्रालयमा गृहसचिव उमेश मैनालीसँग लिखित तथा मौखिक रुपमा आफ्नो सुझावसहितको प्रस्ताव राखेँ । मेरो कुरा सुनेर गृहसचिव हाँस्नुभयो । ‘तपाईंको कुरा त सही हो, नरेन्द्रजी । तर, मन्त्रीहरुले मान्नुहोला र ? यसमा प्रयासै नगर्नूस्’ भन्नुभयो । उहाँको कुराले म खंग्रंग भएँ । यस विषयमा राज्य व्यवस्था समितिमा पनि लबिङ गरेको थिएँ । तर, कतैबाट सुनुवाइ भएन । उहाँको कुरा जायजै लाग्यो । मन्त्रीहरुको महत्वाकांक्षाका कारण यो सम्भव छैन । गृहमन्त्रीको पछाडि गाडीहरुको ताँती लाग्ने, अरुको पछाडि एउटा गाडी देख्दा उहाँहरुलाई हिनताबोध हुने हुनाले यो सम्भव हुँदैन भन्नुभयो ।

यो व्यवस्था नेपालका प्रमुख सहर नेपालगन्ज, भैरहवा, पोखरा र विराटनगरमा परीक्षणका रुपमा मात्र गर्न सकेको भए अत्यन्तै व्यवस्थित र राम्रो हुन्थ्यो । तर, जति प्रयास गर्दा पनि केही लागेन ।

(विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारी (सिडिओ) भएर बसेर सहसचिवबाट अवकाश प्राप्त गरेका नरेन्द्रराज शर्मा जोशीको पुस्तक ‘सिडिओसाब’ को एक अंश)

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित दृष्टि

        
            Loading...     
        

    अन्तरवार्ता

    समाचार