Presidential

०१७ पुस १ गते यसरी पक्राउ परेका थिए बहालवाला प्रधानमन्त्री

वीपी कोइरालाको अनुभव आफ्नै शब्दमा

त्यस दिन करिब १० बजेसम्म एकदम धुम्म कुहिरो थियो । मिटिङमा मान्छेहरू पनि राम्रोसँग आइसकेका थिएनन् । डेलिगेटहरू आउँदाआउँदै ढिलो भएर करिब १२ बजेतिर त्यो मिटिङ सुरु भयो । मैले खाएको थिइनँ, त्यो मिटिङ सकिएपछि खान जाउँला भन्ने सोचेको थिएँ ।

मिटिङ बडो राम्रो थियो । चारैतिरबाट डेलिगेटहरू आएका थिए । मैले उद्घाटन गरेँ । मैले उद्घाटन गरेको भाषण पर्चा हेर्नुपर्छ– मेरो त्यस बेलाको चिन्तन र दृष्टिकोण बुझ्नका लागि । मलाई लाग्छ– त्यो धेरै राम्रो भएको थियो । मैले बोलेपछि कसले बोल्यो कुन्नि । तर, श्रीभद्र शर्मा बोलिरहेका थिए, जब सेनाले घेरिहाल्यो । हामीहरूले बनाएको राजाको आग्रहमा– सीजीएस थियो, पछि प्रधानसेनापति हुने दोस्रो व्यक्ति सुरेन्द्रबहादुर शाह र दरबारको समरराज कुँवर थिए ओठ अनि कलेटी परिसकेको ।

उनीहरू मिलिटरी पोसाकमा आए । अनि मेरो बडीगार्ड थियो सेनाको क्याप्टेन– अहिले कर्नल छ कि रिटायर गर्‍यो कुन्नि– त्यसको रिभोल्भर लियो । ऊ उभिएको थियो टाढा, त्योसँग मागेर लिएको थियो ।

तिनीहरूलाई त्यहाँ आएको देख्नेबित्तिकै सूर्यबाबुले भन्नुभयो– ‘सकियो ।’

अनि उहाँले भन्नुभयो– ‘देख्नुभएन ? तपार्ईंको गार्डको खोस्यो नि पिस्टल ।’

सूर्यप्रसाद त्यसको आर्किटेक्चर–संरचनाकार हुन सक्तछन् । यी सब कुराहरू मभन्दा बेसी तुलसी गिरीलाई थाहा हुन्छ । विश्वबन्धु त उसको सहायकजस्तो थियो– मतियारजस्तो थियो ।

त्यहाँ सेना धङधङ आइहाल्यो र मञ्चमा आयो । अधिवेशन दरबारको प्राङ्गणमा चलिरहेको थियो । दरबारको पिँढीसँगै टाँसिईकन हाम्रो मञ्च बनेको थियो । दरबार पछिल्तिर थियो । सुरेन्द्रबहादुर शाह अलि पछि नै उभियो ।

त्यहाँ सेना धङधङ आइहाल्यो र मञ्चमा आयो । अधिवेशन दरबारको प्राङ्गणमा चलिरहेको थियो । दरबारको पिँढीसँगै टाँसिईकन हाम्रो मञ्च बनेको थियो । दरबार पछिल्तिर थियो । सुरेन्द्रबहादुर शाह अलि पछि नै उभियो ।

समरराज अगाडि आयो । समरराज निर्देशन दिइरहेको थियो । ‘अब के गर्ने, अब के गर्ने ?’ भनेर ऊसँग सोध्दछ– सुरेन्द्रबहादुर शाह । अनि ऊ भन्छ– ‘उहाँलाई ।’

सुरेन्द्रबहादुर शाहले आएर भन्यो– ‘तपाईंहरू सभा चालू राख्नुहोला । म जान थालेँ । महाराजाधिराजले बोलाए ।’

म त्यति भनेर जान लागेको थिएँ । अनि, समरराजले ‘उहाँलाई पनि… उहाँलाई पनि…’ भनेर मञ्चमा बसेका मानिसहरूलाई इसारा गर्‍यो । सबैलाई आएर भन्यो । औपचारिक रूपमा राजदरबार संलग्न भएन, किनभने मलाई हिँड्नुस भन्ने सीजीए थियो । तर, सारा आडम्बरको २४ घण्टासम्म सम्पूर्ण देश दरबारका शाही रक्षकहरूको नियन्त्रणमा पर्न गयो । किनभने, भोलिपल्ट मात्रै जहाँ मलाई थुनेर राखेको थियो, शाही अङ्गरक्षक सेना फिर्ता भएको छ ।

तिनीहरूले अलिकति पनि केही गरेको भए मलाई त मारि नै दिन्थे । भन्ने थिए कि भीडले मलाई समात्न थालेको हुनाले म मारिएँ, भाग्न लाग्दा भीडले समातेको हुनाले उनी मारिएँ । त्यसो हुनाले मैले भनेँ– ‘तपाईंहरू शान्त हुनुस् र तपाईंहरू मिटिङ चलाइराख्नुस् । मलाई किन हो राजाले बोलाएको, मलाई थाहा छैन ।’

हामीलाई त्यहाँबाट त्यसरी लग्न खोज्नासाथ त एकदम अशान्ति भइहाल्यो । मलाई एउटा फिक्री के भयो भने जुन किसिमबाट मलाई लिएर गए, जुन एउटा निष्ठुर आकृति त्यहाँ थियो, त्यसको गम्भीर दुष्परिणाम हुन सक्थ्यो । कारबाहीमा एउटा निष्ठुरता अभिव्यक्त भइरहेको थियो । त्यस्तोमा, त्यहाँ सूर्यबाबु उचालिरहनुभएको छ हातको इसाराले । म के देखिरहेको छु भने त्यहाँ त उनीहरूको संहार हुन सक्थ्यो मिलिटरीद्वारा । ब्रेनगन लिएर मिलिटरी ट्रकमा थियो, स्टेनगन र राइफल लिएर मिटिङमा पुगिसकेको थियो । तिनीहरूले अलिकति पनि केही गरेको भए मलाई त मारि नै दिन्थे । भन्ने थिए कि भीडले मलाई समात्न थालेको हुनाले म मारिएँ, भाग्न लाग्दा भीडले समातेको हुनाले उनी मारिएँ । त्यसो हुनाले मैले भनेँ– ‘तपाईंहरू शान्त हुनुस् र तपाईंहरू मिटिङ चलाइराख्नुस् । मलाई किन हो राजाले बोलाएको, मलाई थाहा छैन ।’

मैले त्यसो भनेँ, तर मिटिङ त्यसपछि चलेन । मलाई लाग्दछ, हामीलाई समात्न भनी त्यहाँ करिब ३ सय जवानहरू आएका थिए ।

त्यहाँबाट सिंहदरबार जाँदा सडकको किनारामा पाइला–पाइलामा शाही अङ्गरक्षक सेना बसेको थियो । सिंहदरबारभित्र, हामीहरू गेटभित्र पस्यौँ । एउटा चुत्रबहादुरलाई देखेँ । दानगम्भीर रायमाझी थियो कि थिएन, म भन्न सक्तिनँ । अरू–अरू अफिसरहरूलाई पनि मैले देखेँ सिंहदरबार पुगुन्जेलमा र सिंहदरबारको गेटमा र भित्र, जहाँ मलाई राखे । लगेर बिलियर्ड रुम थियो, त्यहाँ राख्यो हामी सबैलाई । आधा घण्टापछि सबैलाई त्यहाँबाट लग्यो, म मात्रै त्यहाँ बसेँ । त्यो बिलियर्ड रुम ठूलो छ । त्यसका ढोकाहरू, झ्यालहरू, सारा बन्द गरी दिएर एउटा मात्र ढोका खुला राखिदिएको थियो । त्यहाँ दुइटा चपटे बसेका थिए । त्यस दिन त्यो अव्यवस्थित थियो । त्यो षड्यन्त्र राजाले आफ्नै छातीभित्र राखेका थिए र कसैलाई थाहा हुन दिएका थिएनन् । थाहा भए पनि योजना पहिलेदेखि नै छलफल त गरे होलान्, तर त्यो कार्य कुन दिन गर्ने कसैलाई पनि भनेका थिएनन् भन्ने मलाई लाग्छ । समरराजलाई विश्वासमा लिएको भए अर्कै कुरा । मलाई लाग्दछ– उनले कसैलाई विश्वासमा लिएका छैनन् । यो सीजीएस सुरेन्द्रबहादुर शाहलाई त लिएकै छैन । कमान्डर इन चिफलाई लिएका छन्, अरू कसैलाई लिएका छैनन् । त्यसो हुनाले जब थुनेर राख्ने कहाँ भनेर पठाए समरराजलाई त्यसबखत । त्यसलाई भनेको थियो होला– ‘अहिले बिलियर्ड रुममा राख्नू, पछि व्यवस्था गरौँला ।’ कहाँ व्यवस्था गरेका थिए, त्यो पनि कसैलाई थाहा थिएन जस्तो लाग्छ । पूरा अव्यवस्थित थियो । केवल मलाई कडा पहरामा राख्नू भनेको मात्रै थियो र थुन्नू भनेको मात्रै छ । र, मेरो आफ्नो धारणा के छ भने त्यस दिन राजा घबडाहटमा छन्, दुई कारणले जनताको प्रतिक्रिया के हुन्छ ? हामीहरूसँग हतियार छ कि छैन ?

त्यसताका अखबार निस्केका हामीले थाहा पायौँ, राजा आफ्नो दरबारभित्र टहल्न निस्केछन् । हिँड्दाखेरि गार्डले ‘को हो ?’ भनेर रोकेछ । त्यस किसिमको अवस्था थियो । उनी अत्यन्तै घबडाएका थिए । त्यसबेला मलाई के विश्वास भएर आयो भने ५० वटा उजी–इजराइलीसब मेसिनगन हाम्रो हातमा रहेको भए उनले त्यसो गर्न सक्तैनथे, गर्न सक्तैनथे, गर्न सक्तैनथे । अहिले पनि म यो भन्छु । अहिले पनि ५० जना हतियारबन्द व्यक्तिहरूले यहाँ ‘कु’ गर्न खोज्यो भने कसैको दम छैन यहाँ, के गर्ने । मेरो त्यो विश्वास छ । त्यहाँ त्यस दिन त सक्तैनथे, सक्तैनथे, सक्तैनथे ।

त्यहाँ त हाम्रो त्यस किसिमको तयारी पनि थिएन र गर्नु पनि हुँदैनथ्यो । किनभने, संविधानको प्रक्रियामा प्रवेश गरिसकेपछि त्यस्तो गराइले यहाँ शान्ति हुँदैन भन्ने मेरो विश्वास थियो । राजाले त्यस्तो गरेर आजसम्म शान्ति ल्याएनन् नि अर्थात् त्यो टिक्नै नसक्ने कुरा थियो । त्यो कुरा हामीलाई धेरै लागेको थियो । हामीहरूले कुरा गरेका थियौँ, के–के गर्ने भनेर । मैले पनि भनेको के थिएँ भने अब अरू कुरा होइन, हामीले दु:ख सहनुपर्छ । किनभने, जुन राजनीतिक स्तरमा हामीले काम गर्नुपरेको छ, अब यतापट्टि सोच्ने होइन, अब दु:ख सहनुपर्ने एउटा बाटो आयो, त्यसमा अब दु:ख सहनुपर्छ ।

एकचोटि मलाई राजाले के भनेका थिए भने म त्यही सम्झन्छु– ‘होइन विश्वेश्वर बाबु, यहाँ कहीँबाट विदेशी शक्तिले आक्रमण गरिदियो भने सहरको रक्षा गर्ने प्लान छ ?’

मैले भनेँ– ‘यो त बेकारको कुरा हो सरकार ।’

‘होइन, तैपनि सुरक्षाको दृष्टि इत्यादि…’ भनेर उनले भने । त्यो पनि उनले छलफल गरेको होलान् सेनाका मान्छेहरूसँग । अनि मैले भनेँ, राजाले यसो भनेका थिए भनेर मान्छेहरू, कमान्डर इन चिफसँग । कमान्डर इन चिफ छक्क परे ‘यो के सोधेको हो’ भनेर । तर, कमान्डर इन चिफले भोलि–पर्सिपल्ट प्लान लिएर आए र ‘छ हामीसँग यस्तो आकस्मिकताका लागि प्लान । टुकुचामा यहाँ, दरबारमा यो गार्ड, मुख्य ठाउँहरू यी हुन्’ भनेर मलाई बताए । त्यो पनि उनले त्यही दिन तयार गरेको होला ।

म एकान्त–बन्दी भएँ । पछि त्यही दिन बेलुका तुलसी गिरी आयो र भन्यो– ‘म त भन्दै थिएँ राजाले गर्छन्, तपाईं सुन्नुहुन्थ्यो । मलाई तपाईंले आफ्नो शत्रु भन्ठान्नुभयो । अब के गर्ने ?’

अब थुनेर राखे । म एकान्त–बन्दी भएँ । पछि त्यही दिन बेलुका तुलसी गिरी आयो र भन्यो– ‘म त भन्दै थिएँ राजाले गर्छन्, तपाईं सुन्नुहुन्थ्यो । मलाई तपाईंले आफ्नो शत्रु भन्ठान्नुभयो । अब के गर्ने ?’

मैले भनेँ– ‘के गर्ने ? राजाले बडो गल्ती गरेका छन् । के थुन्लान् ? पाँच वर्ष थुन्लान्, १० वर्ष थुन्लान् । हामी थुनिएर बस्नुपर्छ । विकल्प हामीहरू छौँ । राजाले सम्हाल्न सक्ने कुरा छैन ।’

‘आ ! कुनै पनि राजनीतिज्ञले पाँच वर्ष, १० वर्षभन्दा टाढा कसले हेर्छ ? उसले भन्यो । भविष्य हेर्छु । जसले २५ वर्ष, ३० वर्ष, ५० वर्ष पछिको कुरा सोच्दैन भने त्यो के राजनीतिज्ञ ? त्यो राजा त झन् होइनन् । राजनीतिज्ञले त एक चुनावलाई सोच्ला रे ! त्यसो हुनाले, अब म त निर्धक्क छु । म त आनन्दसँग बसेको छु ।’

मैले भनेको छु तुलसी गिरीलाई । उसले यही भन्यो– ‘अब यसले पाँच वर्ष थुन्छ, १० वर्ष पनि थुनिदेला ।’

‘यसबाट के भयो त ? थुनिएर १० वर्ष बस्न हामी तैयार छौँ । उनले हामीलाई छोड्नुपर्छ भन्ने लागेमा वा हामीलाई छोड्न उनी बाध्य भएमा विकल्प त हामी नै रहनेछौँ’ भनेर मैले त्यसलाई भनेको छु । त्यो मेरो मनस्थिति, मेरो सब कुरा बुझ्न आएको थियो । त्यसलाई त भोलिपल्ट लगिहाले ।

कसैलाई पनि केही थाहा थिएन, राजा र उनका एक वा दुई मानिसबाहेक । त्यसो हुनाले खाने पनि इन्तजाम थिएन । त्यो मलाई कुनै दु:ख दिनका निम्ति गरेको होइन । किनभने, पछि त्यस्तो राम्रो खानाको इन्तजाम भयो । खानाका निम्ति सत्कार विभागलाई खाना पुर्‍याउनुपर्छ है १ बजेदेखि भनेर भनेको भए अरूले शङ्का गर्न थालिहाल्थे ।

हामीलाई लगेर राखेपछि खाना दिइरहेका थिएनन् । खाना किन नल्याएको भनेर भनेपछि खाना लिएर आए । त्यसको मतलब, खानाको पनि इन्तजाम थिएन । खालि समातेर राख्नू भनेको थियो, प्लानिङ त पछि भएको थियो । किनभने, उनलाई के डर लाग्यो भने खानाको इन्तजाम गरौँ भने थाहा होला पहिले । कसैलाई पनि केही थाहा थिएन, राजा र उनका एक वा दुई मानिसबाहेक । त्यसो हुनाले खाने पनि इन्तजाम थिएन । त्यो मलाई कुनै दु:ख दिनका निम्ति गरेको होइन । किनभने, पछि त्यस्तो राम्रो खानाको इन्तजाम भयो । खानाका निम्ति सत्कार विभागलाई खाना पुर्‍याउनुपर्छ है १ बजेदेखि भनेर भनेको भए अरूले शङ्का गर्न थालिहाल्थे ।

राति आयो खाना । लुगा बिछ्यौना छैन । किनभने, लुगा–बिछ्यौना त्यहाँ पहिलेदेखि राखिछोड्यो भने त थाहा भइहाल्छ नि, किन लुगा–बिछ्यौना आउन थाल्यो भनेर । उनले सम्पूर्ण योजना आफ्नो छातीभित्र लुकाएर राखेका थिए । त्यसरी तिनले पुस १ गतेको काण्ड गरेका थिए ।

6 पटक पढिएको

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित दृष्टि

        
            Loading...     
        

    अन्तरवार्ता

    समाचार