Presidential

संवेदनशील अवस्थाको नेपाल र पृथ्वीनारायण शाहको सम्झना

विकास ज्ञवाली

१४ औंशताब्दीका इटालीका व्याङ्यकार ‘वोवालिनीले फुटाउ र राज गर’को रणनीतिलाई राजनीतिको आधारभूत रणनीतिको रुपमा व्याख्या गरेका छन् । यस सिद्धान्तलाई मेसिडोनका शासक फिलिप दोस्रा, रोमन शासक सिजर र फ्रेन्च शासक नेपोलियनले पनि आफ्नो शैन्य रणनीतिको आधारभूत सिद्धान्तको रुपमा प्रयोग गरेको पढ्न पाइन्छ । यस रणनीतिलाई दक्षिण एशियामा वेलायती शासकहरुले फैलाउने कार्य गरे ।
अत्यन्त सानो राज्य गोरखाको राजपरिवारमा जन्मेका पृथ्वीनारायण शाहले युवराज हुँदादेखि  नै एउटा बृहत सिमानासहितको राष्ट्रको शासक हुने योजना बनाउन थालेको देखिन्छ । आफु राजा भएपछि उनले आफ्नो सिमाना विस्तारको योजनालाई कार्यान्वयन गर्न थाले । जीवनको उत्तरार्धसम्ममा उनले बृहत नेपाल राष्ट्रको निर्माण गरिसकेका थिए । उनको त्यस अभियानलाई उनी पछिको एउटा पुस्ताले निरन्तरता दियो ।

अत्यन्त सानो राज्य गोरखाको राजपरिवारमा जन्मेका पृथ्वीनारायण शाहले युवराज हुँदादेखि  नै एउटा बृहत सिमानासहितको राष्ट्रको शासक हुने योजना बनाउन थालेको देखिन्छ । आफु राजा भएपछि उनले आफ्नो सिमाना विस्तारको योजनालाई कार्यान्वयन गर्न थाले ।

पृथ्वीनारायण शाहले कुन मनोविज्ञानले सिमाना विस्तारको अभियान अगाडि बढाए भन्नेमा फरक–फरक धारणाहरु विद्यमान गरेका छन् । एउटा धारणाले दक्षिण एशियामा बढ्दो बेलायतीको विस्तारलाई यस भू–भागमा रोक्ने मनसायले सम्बृद्ध शक्ति बनाउने उदेश्यले उनको अभियानलाई ऊर्जा प्रदान गरेको तर्क राख्दछन् । तत्कालीन गोरखा राज्यको धार्मिक र सांस्कृतिक अवस्थालाई हेर्ने हो भने त्यो विचारलाई पुष्ट्याइ गर्ने आधारहरु पाउन सकिन्छ । अर्को धारणाले आफ्नो राज्यको सिमाना विस्तार गर्ने नीहित व्यक्तिगत महत्वकाक्षाको कारणले उनले विभिन्न राज्यहरुलाई षड्यन्त्रपूर्वक ढंगले आफ्नो राज्यमा गाभेकोले उनको अभियानलाई विस्तारवादी कार्यको रुपमा लिन थालेका छन् । एकीकरण पछिको नेपालमा कायम भाषिक, धार्मिक, जातिय, क्षेत्रीय विभेदले यस धारणालाई पुष्टि गर्ने आधारहरु प्रदान गरेको देखिन्छ ।

पृथ्वीनारायले आफ्नो व्यक्तिगत मनोकाक्षा पूरा गर्न राज्य विस्तारको अभियान संचालन गरे अथवा तत्कालीन गोर्खाली समाजले बेलायती प्रभाव रोक्न उक्त अभियानको संचाल नगर्न पे्ररित गर्यो । त्यो इतिहासमा रुची हुने विद्यार्थीका लागि गहन अध्ययनको विषय हुन सक्ने देखिन्छ । उनको अभियानको कारण जे भए पनि पृथ्वीनारायण्को अभियानमा निर्मित नेपाल राष्ट्र वर्तमानको यथार्थ हो । यो राष्ट्रका निर्माता यस देशका जनताहरु नै हुन तर, पृथ्वीनारायणले शासकको रुपमा बृहत राष्ट्र निर्माणको अभियानको नेतृत्व गरेकै हुन् ।

पृथ्वीनारायणले आफूले निर्माण गरेको राज्यलाई साझा फुलवारीको रुपमा प्रस्ट्याएबाट पनि उनको चाहना यो भेगको बास्तविक एकीकरण थियो भन्नेमा दुईमत देखिदैन । देशको नाम नेपाल राख्ने र राजधानी काठमाडौँलाई बनाउने उनको निर्णयले पनि केवल गोरखा राज्यको सिमा विस्तार मात्र उनको योजना थिएन भन्ने देखाउँछ । आक्रमणको बेला जस्तो दमन भए पनि पराजय गरेपछि उनले विभिन्न जात, भाषा, क्षेत्रलाई देखाएको सहिष्णुताबाट पनि उनको योजना यस क्षेत्रको भौगोलिक एकीकरणमात्र नभएर भावनात्मक एकता पनि हो भन्ने देखाउँछन् ।bikash

पृथ्वीनारायणको अभियान पछि निर्माण भएको राष्ट्रसं बृद्धिको दिशातर्फ अगाडि बढ्नुको साटो यो देश भारदारबीचको  षड्यन्त्र र राजनीतक अस्थिरताको दुष्चक्रमा फस्न थाल्यो । उनले सोचेको साझा फुलवारी एउटै जात, धर्म, भाषा र क्षेत्रको एकाधिकारको दुष्चक्रमा फस्दै गयो । न्यायोचित समाजको निर्माणको दिशामा अगाडि बढ्नु पर्नेमा यो देश विभेदकारी केन्द्रको रुपमा विकासित हुँदै गयो ।

उक्त विभेदका प्रतिकारहरु नागरिक स्तरमा सुरु हुँदै गए । नेपालका २००७, २०४७ र २०६३ सालका परिवर्तनले राष्ट्र भित्रका विभेदको अन्त्यको दिशामा देश द्रुततर गतिमा अगाडि बढिरहेको छ । विभेद रहित राष्ट्र निर्माणको अभियान निरन्तर जारी छ । जसको परिणाम स्वरुप नेपाल संघीय गणतान्त्रिक मुलुकमा रुपान्तरण भैसकेको छ । गणतान्त्रिक नेपालको उपलब्धि भनेको नै कानुनी रुपमा नै नागरिकहरुबीचका सम्पूर्ण विभेदहरुको अन्त्य हो । सामाजिक, संस्कृतिक रुपमा रहेकाविभेदलाई राजनीतिक विभेदको रुपमा व्यख्या गर्ने प्रयत्न गणतान्त्रिक व्यवस्था माथिकै अपमान मात्र हो ।

पृथ्वीनारायणले नेपाललाई ‘दुई ढुंगाबीचको’ तरुलको रुपमा परिभाषित गरेका थिए । उनको अभिव्यक्ति तत्कालीन भू–राजनीतिक अवस्थामा आधारित थियो । तत्कालीन नेपाललाई दक्षिण र उत्तरतर्फका देशहरुबाट मात्र असुरक्षा थियो । सोही सन्दर्भमा नेपालको संवेदनशीलतालाई ढुंगाको बीचको  तरुलको रुपमा प्रतिविम्बित गरेका थिए । आजको नेपाल पृथ्वीनारायणको समयको भन्दा अझ बढी संवेदनशील अवस्थामा छ । विभिन्न राज्यमा विभक्त उत्तर र दक्षिणका शक्तिहरु एकीकृत भएर विश्वकै सम्बृद्ध राष्ट्रमा विकसित भैसकेका छन् । आजको नेपाललाई आफ्नो नियन्त्रणमा राख्न उत्तर र दक्षिणका मात्र होइन चारै दिशाका विभिन्न शक्तिहरु क्रियाशील छन् ।

पृथ्वीनारायणले नेपाललाई ‘दुई ढुंगाबीचको’ तरुलको रुपमा परिभाषित गरेका थिए । उनको अभिव्यक्ति तत्कालीन भू–राजनीतिक अवस्थामा आधारित थियो । तत्कालीन नेपाललाई दक्षिण र उत्तरतर्फका देशहरुबाट मात्र असुरक्षा थियो । सोही सन्दर्भमा नेपालको संवेदनशीलतालाई ढुंगाको बीचको  तरुलको रुपमा प्रतिविम्बित गरेका थिए । 

विभिन्न राष्ट्रहरु नेपाललाई आफ्नो नियन्त्रणमा राखेर आफ्नो रणनीतिक स्वार्थहरु पूरा गर्न केन्द्रित रहेका छन् । विश्वका शक्तिशाली कम्पनीहरु नेपाललाई आफ्नो नियन्त्रणमा राखेर व्यापारिक स्वार्थहरु पूरा गर्न केन्द्रित छन् । विश्वका वैचारिक केन्द्रहरु आफ्ना विचारहरुको परिक्षण गर्ने थलोको रुपमा नेपाललाई नियन्त्रणमा राख्न प्रयत्न गरिरहेका छन् । यसरी नेपालमा पृथ्वीनाराणको समयमा भन्दा अत्यन्त धेरै ढुंगाहरु तरुलको बीचमा देखा परिरहेका छन् । त्यस्ता शक्तिहरुलाई नेपालभित्र कै विभिन्न शक्तिहरुले आफ्नो स्वार्थ पुर्तिका लागि प्रोत्साहित गरिरहेका छन् । जसले गर्दा नेपालनिरन्तर अस्थिर बन्दै गएको छ ।

राष्ट्र बलियो हुँदा राष्ट्रले आफ्ना स्वार्थका विषयहरुलाई प्रष्ट रुपमा परिभाषित गर्न सक्छ र आफ्ना सम्पूर्ण संरचनालाई ती स्वार्थहरु पूरा गराउने दिशामा परिचालित गराउन सक्छ । आफ्ना स्वार्थसँग बाझिने विषयहरुको प्रतिकार गर्न सक्छ । आफ्नो नीहित स्वार्थ पूरा गर्ने शक्तिहरु शक्तिशाली राष्ट्रमा धेरै प्रभावशाली रुपमा कार्य गर्न सक्दैनन् । तर, राष्ट्रआन्तरिक रुपमा जति कमजोर हुन्छ त्यस्ता शक्तिहरुलाई आफ्ना योजनाहरु पूरा गर्न त्यति नै सजिलो हुन्छ । उनीहरुको प्रतिरोध गर्ने अर्को कुनै शक्तिशाली निकाय रहदैँन । कमजोर राष्ट्रहरु विभिन्न समूहका स्वार्थपुर्ति गरिने केन्द्रको रुपमा रुपान्तरित हुदै जान्छन् ।

नेपाललाई कमजोर बनाउने सजिलो उपाय नेपाललाई अस्थिर राख्नु हो । नेपाललाई दीर्घकालसम्म अस्थिर राख्ने सजिलो उपाय यसको निर्माणको आधारलाई नै अपमानित गर्नु हो । त्यसको लागि नेपालको जातिय, भाषिक, धार्मिक, क्षेत्रीय एकतालाई नै विभक्त गराउनु पर्दछ । सोही कार्यका लागि नेपालमा अहिले फेरी फुटाउ र राज गर सिद्धान्तलाई बारम्बार प्रयोग गरिदैँछ । एक आपसलाई विभाजित गर्ने सजिलो उपाए भनेको एक आपसलाई जोड्ने तन्तुलाई टुटाउनु हो । राष्ट्र जुन आधारमा निर्माण भयो त्यही आधारलाई नै कमजोर बनाउने हो भने नेपाल भित्रका विभिन्न समूहरुलाई मिलाउने सम्बन्धहरुलाई टुटाउन सहज बन्दछ । सोही रणनीति अनुरुप नेपाल राष्ट्र निर्माणको सान्दर्भिकतामा निरन्तर प्रश्नचिन्न खडा गर्न थालिएको छ । राष्ट्र निर्माण प्रकृयाको सान्दर्भिकतालाई कमजोर बनाउन त्यस प्रकृयाका नेतृत्वकर्ता पृथ्वीनारायण र उनको भूमिकामाथि निरन्तर सन्देहहरु फैलाउने कार्यहरु भैरहेका छन् ।

नेपाललाई दीर्घकालसम्म अस्थिर राख्ने सजिलो उपाय यसको निर्माणको आधारलाई नै अपमानित गर्नु हो । त्यसको लागि नेपालको जातिय, भाषिक, धार्मिक, क्षेत्रीय एकतालाई नै विभक्त गराउनु पर्दछ । सोही कार्यका लागि नेपालमा अहिले फेरी फुटाउ र राज गर सिद्धान्तलाई बारम्बार प्रयोग गरिदैँछ ।

पृथ्वीनारायणका कार्यहरुमा प्रश्नचिन्ह खडा गरिरहने कार्यले हाम्रा राष्ट्र निर्माणका सन्दर्भहरुलाई पृथ्वीनारायण अगाडिको विभक्त नेपालको परिपेक्षमा बल्झाइ रहनेछ । हामी भोलिको नेपालको अवस्था होइन विगतको नेपालको अवस्थाको बारेमा हुने बहसको झुमरिमा अल्झिरहने छौ । हामी विगतको परिपेक्षमा गरिने बहसका तर्क–वितर्कमा अलमल, असहमत र असन्तुष्ट भैरहदा स्वार्थ समुहहरुलाई बर्तमान नेपालमा आफ्ना योजनाहरु लागु गर्न सहज वातावरणको निर्माण हुनेछ । र, सोही अवस्थाको सृजना गर्न अत्यन्त योजनाबद्ध तरिकाले संगठित रुपमा पृथ्वीनारायणको विनिर्माणको श्रङ्खलाहरुको सुरुवात गरिएको छ । जसको गतिलो उदाहरण हुन्; पृथ्वीजयन्तीमा विदा कटाउने तर, छिमेकका राष्ट्र प्रमुख आउँदा विदा दिने गरिएका निर्णयहरु ।

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित दृष्टि

        
            Loading...     
        

    अन्तरवार्ता

    समाचार