Presidential

सत्यतथ्य छानविन गरी अन्तरघातिलाई कारबाही गर्छौंः एमाले सचिव आचार्य


सत्यतथ्य छानविन गरी अन्तरघातिलाई कारबाही गर्छौंः एमाले सचिव आचार्य

० प्रदेश नं १ को चुनावी नतिजाबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ ?

–हामीले यो भन्दा अलि बढी नै जित्ने लक्ष्य साँचेका थियौं । यद्यपि हामीले अहिले बहुमत सिटहरु भने जितेका छौं । हाम्रो लक्ष्य चाँही दुई तिहाई पु¥याउने भन्ने थियो । तर यो बीचमा सरकारले साधनस्रोतको दुरुपयोग गर्ने, प्रशासन र सुरक्षा निकायको दुरुपयोग गर्ने, आचारसंहिताको उल्लंघन र सरकारी बजेट जथाभावी ढंगले बाँड्ने लगायतका सबै काम ग¥यो । यस बाहेक धाँधलीका अन्य सबै स्वरुपहरु गर्ने र निर्वाचन आयोगलाई पनि दुरुपयोग गर्ने खालमा कामहरु ग¥यो । त्यसकारणले हामीले सोचेजस्तो परिणम त आएन । तथापि पूर्णसंख्यामा हामी अलिकती बहुमत छौं र अरु सबै पार्टी मिलेर बहुमत भन्दा अलिकति कम संख्या छ ।

जुन हाम्रो जनमत र जुन अवस्था छ, त्यो प्रतिनिधित्व गर्नेगरी परिणम त्यति धेरै सन्तोषजनक होइन । तर जे परिस्थितिमा सरकारलेगरेको धाँधलीको अवस्थामा जे परिणम आयो, त्यसलाई हामीले सारै बेठिक भन्ने परिस्थिति पनि छैन ।

० खासगरी झापा, मोरङ, सुनसरी र भोजपुर लगायतका स्थानमा राम्रो संगठन विस्तार भएर पनि एमालले चुनाव किन हा¥यो ? सरकारी धाँधली भएर हो वा अन्तरघात भएर हो त ?

–उमेद्वारहरुले जित्दा मेरो आफ्नै कारणले जितेको भन्ने र हार्दा अन्तरघातबाट हारें भन्ने चलन नै छ । कतिपय ठाँउमा त्यस्ता अराजक खालका गतिविधी देखा परेका छन् । त्यसबारेमा हामिले १५ दिनमा पार्टीभित्र समिक्षा गर्ने भनेर समग्र पार्टीलाई भनेका छौं । समिक्षा आइसकेपछि हामी आफैं पनि बुझेर सत्य तथ्य कुरा जानकारीमा ल्याँउला । अहिले चाँही उमेद्वारी तय गर्दाका केही कमजोरी, सरकारी धाँधली, षड्यन्त्र र विपक्षीहरुको आचारसंहिताको उल्लंघन गर्ने, पैसा अत्यन्त धेरै खर्च गर्ने र हाम्रा केही प्राविधीक कमजोरी लगायतका यी सबै कारणले गर्दा आशातित परिणाम नआएको हो ।

सुनसरीमा साढे ३ वटा नगरपालिका जितेका छौं । त्यो नगरपालिका भनेका त्यहाँको जनसंख्यामध्ये आधालाई प्रतिनिधीत्व गर्ने हो । मोरङमा हामीले केही मेयरहरु हारेका छौं । र, त्यसको बारेमा हामीले समिक्षा गरिरहेका छौं । झापामा यद्यपि बहुमतमै छौं । तथापि जति आशातित थियो त्यो चाँही हुन सकेको छैन । भोजपुरमा पनि त्यही छ । त्यसो भएको हुनाले त्यसको समिक्षा गर्छौं । तथापि समग्रतामा हाम्रो सिङ्गो ५० प्रतिशत भन्दा बढी र अरु सबै पार्टी मिलेर ५० प्रतिशत भन्दा कमको अवस्था छ । त्यसलाई साह्रै असन्तोषजनक हो भन्न मिल्दैन ।

० मोरङ जिल्लामा पहिला नै उमेद्वार बन्ने हो भने पैसा चाहिन्छ भनेर जिम्मेवार नेताहरुबाटै बार्गेनिङ गरेको सुनियो । विराटनगर महानगरपालिका हार्नुको मुख्य कारण यो पनि हो भनिन्छ नि ?

–विराटनगर क्षेत्र एमालेको संगठन पहिलेदेखि नै केही कमजोर नै भएको क्षेत्र हो । ०७० सालको संविधानसभाको निर्वाचनमा हामी त्यहाँ तेस्रो नम्बरमा आएका थियौं । त्यस पछाडि केही मधेस केन्द्रीत दलहरुले थौरै प्रभाव थियो । बिराटनगरमा हामीले विजय गच्छदारसंग तालमेल गरेका थियौं । तर अरु राजपा लगायत कतिपयले काँग्रेसलाई मत हाले । त्यस्तै राप्रपा लगायतका शक्तिले पनि काँग्रेसलाई भोट हाल्ने स्थिति सिर्जना भयो । त्यसकारण केही भोटको कमी र केही आपसी समन्वयको अभावका साथै चुनावलाई हाँक्ने कुरामा पनि केही कमजोरी रहन गए । यि सबै कारणले गर्दा केही मतको अन्तरले हामीले पराजय भोग्नुप¥यो ।

० उमेद्वार चयनमा पनि पहिले नै बार्गेनिङ गरेको भनेर बढी चर्चा सुनियो, मिडीयाहरुमा पनि आयो तपाँइ त प्रदेशको इन्चार्ज, यसबारे के भन्नुहुन्छ ?

–त्यसको हामी अब छानविन गर्छाैं । त्यस्तो केही मैले पनि हल्ला सुनेर सम्वन्धित ठाँउमा सबैलाई सचेत पार्ने, कमिटीलाई एलर्ट गर्ने काम गरेको थिँए । कहाँ कसले के बार्गेनिङ ग¥यो भन्ने हल्ला सुनेर त्यसलाई एलर्ट गर्ने काम गरियो । मिडीयाले त कतिपय तानतुन गरेर बढाइचढाइ गरेर पनि लेख्छन् ।

० तर यहाँ त उमेद्वार बन्न पैसा मागेको भन्दै पार्टी नै छोडेको अवस्था छ ?

–होइन,  त्यस्तो भयो भन्ने त लाग्दैन । यदी हो भने पार्टीले त्यस्तो घटनालाई गम्भिर रुपमा लिन्छ । त्यो चुनावी माहोलमा हामीले धेरै खोजविन गर्न सक्ने स्थिति रहेन तर आवश्यक ठाँउहरुमा हामीले सर्तकता गराएपछि कसैले त्यस्तो गर्न सकेको स्थिति चाँही होइन । अब गर्न खोजेको थियो भन्ने हल्ला आएको सन्दर्भमा चुनावको बेलामा हामीले त्यसमा धेरै छानविन गर्न सकेनौं । सबैतिर सबैजना व्यस्त थियौं । अब हामी त्यसमा छानविन गरेर के हो सत्य तथ्य पत्ता लगाँउछौं ।

० पार्टी अध्यक्ष केपी शर्मा ओलीले दमकको एक कार्यक्रममा गएर अन्तरघात कारण चुनाव हारियो, त्यस्तालाई कारवाही हुन्छ भन्नुभएको छ, नि ?

–सत्यतथ्य के हो छानविन गरेर अन्तरघात गरेको पत्ता लाग्यो भने त कारवाही हुन्छ । तर म पनि विभिन्न ठाँउमा जाँदा झापामा मात्र होइन धेरैतिर अन्तरघात भयो, नत्र जित्थ्यौं भनेर साथीहरुले सुनाएका छन् । भावना र उत्तेजनामा आएर मान्छेहरुले बोल्नु र साँच्चै यर्थाथ हुनु भने फरक हो । एउटा प्रवृति पनि के देखियो भने जितेपछि मेरो आफ्नै कारणले जित्ने र हारेपछि अन्तरघातका कारण हारियो भन्ने प्रवृति पनि देखिएको छ । सायद त्यहाँ विभिन्न ढंगले मान्छेहरुले हारेको पिडा पोख्ने, रोइकराई गर्ने गरेका कारणले उहाँले अलि भावनामा आएर त्यस्तो बोल्नुभएको हो की  वा के हो ? आम सैद्धान्तिक कुरा गर्नुभएको होला । सैद्धान्तिक कुरामा त ठिकै हो । तर भएको छ की छैन भन्ने त त्यो समिक्षा गरेर थाहा पाउने कुरा हो ।

० सुन्दर हरैंचा गाँउपालिका एमालेको गढ नै भएर पनि पार्टीको पुरानो मान्छेलाई टिकट नदिई पछि आएका व्यक्तिलाई टिकट दिएका कारण हायो भनिन्छ नी ? इन्चार्ज भएपछि त तपाँइले यस्ता गतिविधी रोक्न पहल गर्नुपर्ने होइन ?

–सुन्दर हरैंचामा टिकटका लागि पैसा मागियो भन्ने कुरा त गलत कुरा हो । केही कुरा आएको थियो, हामीले तत्काल सचेत गराएका हौं । अब के कसो भएको रहेछ भनेर छानवीन गर्दैछौं ।तर सुन्दर हरैचामा हामीले सक्षम उमेद्वार छान्न सक्यौं कि सकेनौं भन्ने चाँही हामीले समिक्षा गर्नै पर्ने हुन्छ ।

० टिकट वितरणको सन्दर्भमा जनाधार भएको मान्छेलाई नगरेर पैसा मात्र भएको मान्छेलाई चयन गर्दा पार्टी धेरै ठाँउमा हारेको हो की वा सरकारी धाँधलीको कुराले मात्र हारेको भन्न मिल्छ ?

–तपाँइले भनेको अघिल्लो कुरा पनि केही केही ठाँउमा हुनसक्छ । हामीले  जिल्लामा भएका राष्ट्रिय प्रतिनिधी परिषद सदस्यहरु, केन्द्रीय कमिटीका सदस्यहरु, जिल्ला अध्यक्ष, केन्द्रीय निकायका सबै मान्छेहरु सबैलाई मिलाएर तपाँइहरु सहमति गरेर ल्याउनुस् भनेका थियौं । त्यसो गर्दा पनि मोरङमा २२–२३ जना नेताहरुको समुह भयो । उहाँहरु पटक पटक बस्नुभयो । पटक पटक छलफल गर्नुुभयो । छलफल गरेर अधिकांश ठाँउमा उहाँहरुले सहमति गरेर ल्याउनुभयो । यद्यपि अहिले हेर्दाखेरी केही त्रुटी कमजोरी उहाँहरुले गर्नुभएको रहेछ भन्ने लागेको छ । म संयोजक भएको नाताले उहाँहरुले सहमति गरेर ल्याउनुभएको कुरालाई हामीले आँखा चिम्लेर ओके ग¥यौं । यद्यपि उहाँहरुले सहमति गरेर ल्याउनुभयो, हामीले ओके गरेर हामीले जिम्मेवारी नलिने भन्ने त कुरा भएन । तर अधिकांश ठाँउमा हामीले त्यसो गरेका छौं र उहाँहरुले गर्न नसकेको २–३ ठाँउमा हामीले निर्णय गरेका छौं । त्यसमध्ये बेलवारी र सुन्दर हरैंचा हो । बेलवारी हामीले जितेका छौं सुन्दर हरैचा हारियो । सुन्दर हरैंचामा हामीले ठिक ढंगको उमेद्वारी तय गर्न नसकिएकै हो कि भन्ने लागिरहेको छ । गर्ने बेलामा त हामीले ग¥यौं नैं । राम्रै होला भनेर ग¥यौं । तर यतिखेर गम्भिर समिक्षा गर्नुपर्ने बेला भएको छ । हामी समिक्षा गर्छौं ।

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार