Presidential

प्रचण्ड नै प्रधानमन्त्री, अरु किन नहुने ?

प्रचण्ड नै प्रधानमन्त्री, अरु किन नहुने ?

नेकपा माओवादी केन्द्र अहिले सहमतीय सरकार गठनको पहल गर्ने भन्दै सकृय छ । यसमा तपाईँको के धारणा छ ?

तपाईँहरुलाई माओवादी सलवलाए जस्तो लागेको होला । तर, माओवादी सलवलाएको हो कि राष्ट्रिय सहमतिको प्रयासको पहल गरेको हो ? त्यो बुझ्नुपर्छ । राष्ट्रिय सहमतिको सरकारकै पहल माओवादीले गरेको हो भने त एमालेको पनि त्यही धारणा हो । एमालेले राष्ट्रिय सहमतिको सरकारको पहल गर्ने एजेण्डा पहिल्यैदेखि खुला गरेको छ ।

माओवादीले पनि त्यही ग¥यो भने झन राम्रो कुरा भयो । जहाँसम्म सलबलाएको भन्ने कुरा छ । म भर्खर फर्किदैंछु । उहाँहरुसँग भेट हुन्छ । यो विषयमा कुराकानी गर्नेछु ।

राष्ट्रिय सहमतिको सरकारकै पहल माओवादीले गरेको हो भने त एमालेको पनि त्यही धारणा हो । एमालेले राष्ट्रिय सहमतिको सरकारको पहल गर्ने एजेण्डा पहिल्यैदेखि खुला गरेको छ ।

अहिले राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि माओवादीले कांग्रेसलाई फकाइरहेको चर्चा छ नि ?

राष्ट्रिय सहमतिको सरकारमा सबैलाई ल्याउनका लागि सबैलाई फकाउनु परेन ? त्यसका लागि एमालेले पनि प्रयास गर्ने, माओवादीले पनि प्रयास गर्ने, सबैले प्रयास गर्ने हो ।

राष्ट्रिय सहमतिको सरकारमा प्रधानमन्त्री चाँहि एमालेकै कायम रहने कि फेर्ने कुरा  हो ?

हाम्रो ध्यान नै सबै भन्दा पहिला प्रधानमन्त्री को बन्ने भन्नेमा छ । त्यसैले पहिलो ध्यान राष्ट्रिय सहमतिको सरकार बनाउनेमा हुनुपर्छ । सुरुवात त्यहीँबाट हुनुपर्छ । त्यसपछि राष्ट्रिय सहमतिको सरकारले गर्ने कामहरु के–के हुन् ? त्यो आधार तयार गर्ने ।

हाम्रो ध्यान नै सबै भन्दा पहिला प्रधानमन्त्री को बन्ने भन्नेमा छ । त्यसैले पहिलो ध्यान राष्ट्रिय सहमतिको सरकार बनाउनेमा हुनुपर्छ । सुरुवात त्यहीँबाट हुनुपर्छ । त्यसपछि राष्ट्रिय सहमतिको सरकारले गर्ने कामहरु के–के हुन् ? त्यो आधार तयार गर्ने ।

यी–यी विषयलाई कार्यान्वयन गर्नका लागि यी–यी आधार तयार गर्ने । तेस्रो प्रयास त्यहाँ हुनुपर्छ । ती विषयमा छलफल गरेर टुंगोमा पुगेपछि मात्र हामीले सरकारको प्रारुप तयार गर्नुपर्छ । सरकारको प्रारुप तयार भएपछि मात्र हामीले कति जना मन्त्री बनाउँने ? को प्रधानमन्त्री बन्ने भन्ने कुरा सबै भन्दा अन्तिममा गर्नुपर्छ । यो भयो भने मात्र सहमति कायम हुनसक्छ । हामी सबै भन्दा पहिला प्रधानमन्त्रीको कुरा ल्याउँछौँ अनि सबै कुरा विग्रिन्छ ।

बहुमतीय सरकार गठन भयो भने एमाले सरकारमा जान्छ कि जाँदैन ?

अर्को बहुमतीय सरकारमा जान एमालेलाई के आवश्यक छ ? त्यसले के फाइदा गर्छ ? राष्ट्रिय सहमतिको सरकार गठन गर्ने एमालेको नीति नै हो । त्यो नीतिबाट एमाले दायाँ–बाँया हुँदैन । म केही दिन विदेश भ्रमणमा रहेँ । त्यसलाई सार्थक रुप दिन यहाँ प्रयास भैरहेको होला । म पनि छलफल गर्छु । अब कांग्रेस, एमाले, एमाओवादी सबै एउटै सरकारमा बस्नुपर्छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले त कांग्रेस र एमालेमध्ये एउटा पार्टी सरकार बाहिर बस्नुपर्छ भन्नुभएको छ । यस्तो अवस्थामा राष्ट्रिय सहमतिको सरकार कसरी बन्ला त ?

त्यो कुरा उहाँले तपाईँहरुसँग भन्नुभयो होला । हामीसँग त मिलेर जानुपर्छ भन्नुभएको छ । उहाँले अहिले पनि अरु कुरा गर्नुभयो होला जस्तो मलाई लागेको छैन ।

केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्न एमालेकै नेताहरु लागि परेका छन् भन्ने आरोप छ नि ?

मेरो मेचीदेखि महाकालीसम्म, स्वदेशदेखि विदेशसम्म पत्रकारसँग भेटघाट भैरहेको छ । मैले त्यो कतै पनि भनेको छैन । अब भन्दै नभनेका कुरालाई कपोलकल्पित गरेर कसैले बाहिर ल्याउँछ भने त्यसबारे मेरो भन्नु केही छैन । उहाँले यसो भन्नु हुन्छ होला भन्ने अनुमान गरेरै समाचार छाप्नेहरुका लागि त के गर्न सकिन्छ र ? आफ्नो पार्टीको भविष्यका बारेमा सोच्ने व्यक्तिले आफ्नै पार्टीका बारेमा यसो भनेको भन्ने कुरा सही होइन ।

mepal 2

तीन ठूला दल मिलेर अघि बढ्ने संभावना अझै कायमै छ र ?

यो समयको माग हो । कमसेकम यो अन्तिम संक्रमणकालको चरणमा एक ठाउँमा बसेर देशलाई संवृद्धिको दिशामा अघि बढाउने काम गर्न सक्यौँ भने अथवा देशलाई संवृद्धिको दिशामा लैजान कतिपय अवस्थामा प्रतिपक्षमा भए पनि सहमत भएर जानुपर्छ है भन्यौँ भने संभव छ । अहिले राष्ट्रिय सहमतिको सरकार भए के होला ? नभए के होला ? भन्ने अनुमानको कुरा अहिले नगरौँ ।

प्रचण्ड प्रधानमन्त्री हुन सक्ने, अरु कोही प्रधानमन्त्री हुन नसक्ने भन्ने कुरा हुन्छ र ! तर, सबै बसेर सबै कुरामा छलफल गर्ने हो भने समाधान नहुने केही छैन ।

यही गठबन्धनलाई कायम राख्ने भन्दा प्रचण्डलाई प्रधानमन्त्री बनाउने कुरा कत्तिको संभव छ ?

प्रचण्ड प्रधानमन्त्री हुन सक्ने, अरु कोही प्रधानमन्त्री हुन नसक्ने भन्ने कुरा हुन्छ र ! तर, सबै बसेर सबै कुरामा छलफल गर्ने हो भने समाधान नहुने केही छैन । मलाई अचम्म लाग्छ । किन सबैको ध्यान प्रधानमन्त्रीमै गएको होला भनेर ।

यो प्रधानमन्त्री भन्ने पद कुनै आश्चर्यको पद होइन । प्रचण्डजी प्रधानमन्त्री भएकै व्यक्ति हो । हामी सबै प्रधानमन्त्री भैसकेकै हौँ । त्यसैले यो प्रधानमन्त्री पदकै लागि मात्र गलफत्ती गर्नु हुँदैन भन्ने मेरो धारणा छ ।

पूर्वप्रधानमन्त्री एवम् एमालेका विदेश विभाग प्रमुख माधवकुमार नेपाल नौ दिने भियतनाम भ्रमण पूरा गरी बुधबार स्वदेश फर्किने क्रममा त्रिभूव अन्तराष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलनमा गरेको संक्षिप्त कुराकानीः

8 पटक पढिएको

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

        
            Loading...     
        

    अन्तरवार्ता

    समाचार