Presidential

जनतालाई एक रुपैयाँ कर बढाएका छैनौं तर अनावश्यक स्यालहुइयाँ मच्चाइयो


जनतालाई एक रुपैयाँ कर बढाएका छैनौं तर अनावश्यक स्यालहुइयाँ मच्चाइयो

देशकै सबैभन्दा सानो जिल्ला भक्तपुर । त्यही सानो जिल्लाको आधाभन्दा बढि भौगलिक हिस्सा ओगट्ने चाँगुनारायण नगरपालिकाका मेयर सोम मिश्र नेकपा भक्तपुरका पुराना चर्चित नेता हुन् । तत्कालीन एमाले भक्तपुरका पूर्व अध्यक्षसमेत रहेका मिश्र चागुनारायणबाट विकासको नयाँ मोडल संचारित गर्नेगरी अहोरात्र खटिएका छन् । उनले व्यवसायी र उद्यमीबाहेक जनताको सेवामा एक रुपैयाँ पनि कर बढाएका छैनन् । तर, सरकारका उच्चपदस्थ कर्मचारीहरुकै संलग्नतामा अहिले स्थानीय सरकारको करबाट जनता आक्रान्त भएको अनावश्यक स्यालहुइयाँ मच्चाएर संघीयता असफल बनाउने षड्यन्त्र भइरहेको उनको दाबी छ । अनुभवी राजनीतिज्ञसमेत रहेका मेयर मिश्रसँग नगरपालिकाको विकास योजना, स्थानीय कर र विकासका काममा केन्द्रीत रहेर पहिलो न्यूजका लागि कल्पना दाहालले गरेको सम्बादको मुख्य अंश:

नगरपालिका प्रमुखका रुपमा एक वर्षे कार्यकाल पूरा गर्दा चुनावका क्रममा जनतामाझ गरिएका के–के प्रतिबद्धता पूरा गरेँ भन्ने लागेको छ ?

हजुर धन्यवाद । एक वर्षको मिश्रित अनुभव छ । शुरुमा निर्वाचनलगत्तै म अलिकति आत्तिएको थिएँ । किनभने यति धेरै प्रतिबद्धता गरेको थिएँ कि त्यसअनुसार पूरा गरिहाल्ने स्रोत–साधन थिएन । त्यसैले कसरी पूरा गर्ने भन्ने समस्या थियो । तर एक वर्षे कार्यकाल पूरा हुँदा गर्दै जान सकिने रहेछ भन्ने कन्फिडेन्स बढेको छ । शत प्रतिशत त गर्न सकिन्छ कि सकिदैन  तर गर्न सकिन्छ भन्ने आशा एवम् विश्वास बढेको छ । चाँगुनारायण नगरपालिकाले भक्तपुर जिल्लाको ५७ प्रतिशत क्षेत्रफल ओगटेको छ । भौगोलिक हिसाबले ठूलो छ । काठमाडौं महानगरपालिका भन्दा चाँगुनारायण नगरपालिका १२ स्क्वायर किमी ठूलो छ । अवसरहरु प्रसस्तै छन् । पछि यसलाई ब्यवस्थित शहर विकास गर्न सक्छौँ । तर ठूलो भुगोल भएकै कारण अहिले भौतिक पूर्वाधार विकास मुख्य चुनौती देखिएको छ । मूलत: बाटो र खानेपानीको समस्या छ । प्रायः मेरो मोबाइलमा बज्ने घन्टीहरुमध्ये दिनको १५ कल फोन चाहीँ मेरो घर अगाडिको बाटो कहिले बन्छ ? कहिले पिच हुन्छ ? कहिले ग्राब्रेल हुन्छ भन्ने जनताका जिज्ञाशा हुन्छन् ।
दोस्रो, खानेपानी । यो कुरा कसरी ह्यान्डिल गर्ने होला जस्तो लागेको थियो तर अहिले विस्तारै काम गर्दैछौ । ब्यवस्थित हिसाबले यो वर्ष हामीले एउटा वडामा एउटा बाटो बनाउने योजना ल्यायौँ । एक/एक करोड लगानी गरेर एउटा–एउटा बाटो स्तरोन्ति गरौँ भनेर लागेका छाँै । प्रदेश र संघीय सरकारसँग सडकलाई प्राथमिकता दिएर बजेट ब्यवस्था गर्न माग गरेका छौँ । दुई वर्षमा रिजल्ट देखिनेगरि सडकको काम सुरु गरिसकेका छौँ । गत वर्ष नगरपालिकाभित्र खानेपानीको समस्या समाधान गर्न १० वटा डिप बोरिङ गरिएको छ । अब स्रोतको हिसाबले हामी आत्म निर्भर हुनेछौ। पाइपलाइन बिस्तार गर्ने काम बाँकी छ । त्यसलाई पनि यसपाली बजेट छुट्याएका छौ । हामीले चुनावमा चुनावका बेला गरेकोे एक घरः एक धाराको प्रतिबद्धता दुई वर्षभित्र पूरा गर्न सक्छांै भन्ने आत्मविश्वास बढेको छ । हामीले प्राविधिक शिक्षालय खोल्ने कुरा गरेका थियौं । त्यसलाई हामीले दुई तरिकाबाट लिएका छौं । नेपाल इन्जिनियरिङ कलेजलाई पनि उच्च तहको प्राविधिक महाविद्यालय बनाउने, नगरपालिकाको अभिभावकत्वमा चलाउने योजना छिट्टै साकार हुँदैछ । यसभित्रको कटुता आफ्नै ठाउँमा छ । तर चाँगुनारायणबासीको इच्छाभन्दा बाहिर गएर कलेज चल्न सक्दैन । नगरपालिका आफैंले पोलिटेक्निकल इस्टिच्युट खोल्ने तयारीका साथ काम अघि बढिसकेको छ । आर्थिक वर्षभित्र डिपिआर तयार गर्नका लागि करिब ५० लाख पैसा बिनियोजन पनि गरेका छाँै । त्यसका लागि सिटिभिटिले २० लाख, नगरपालिकाले २० लाख, प्रदेश सरकारले पनि केही पैसा छुट्याएको छ । प्राविधिक शिक्षा लिन चाँगुनारायण जाउँ भन्ने देशभरिकै मानिसलाई परोस । एउटा आवासीय प्राविधिक शिक्षालय बनाउँछौ । चाँगुनारयणमा एउटा खेल मैदान बनाउने योजना पूरा गर्न आर्थिक वर्षभित्रै काम सुरु गर्दैछौं । एक वर्षभित्र कुनै पनि काम पुरा भएको छैन तर योजना पूरा गर्नेगरी बजेट छुट्याएर काम अघि बढिरहेको छ । स्मार्टसिटीको पनि डिपिआर बन्दैछ । एक वर्षभित्र चाँगुनारायण नगरपालिकाको ८० प्रतिशत भुभाग स्मार्टसिटी भित्र पर्छ । फिनल्याण्डको एउटा कम्पनीले गर्ने काममा हामीले सहयोग गर्नेछौं ।

प्रायः मेरो मोबाइलमा बज्ने घन्टीहरुमध्ये दिनको १५ कल फोन चाहीँ मेरो घर अगाडिको बाटो कहिले बन्छ ? कहिले पिच हुन्छ ? कहिले ग्राब्रेल हुन्छ भन्ने जनताका जिज्ञाशा हुन्छन् । 

एक वर्षे कार्यकालको मूल्याङ्कन गर्नुपर्दा तपाईं आफ्नो कामप्रति कति सन्तुष्ट हुनुहुन्छ ?

एक वर्ष पुग्दा म एकदमै सन्तुष्ट छु । जनतालाई रिजल्ट ठ्याक्कै दिन सक्या छैन । काम सुरु भएका छन । योजना सुरु भएका छन । बजेटको पनि तारतम्य मिलाएका छौँ । कोही पनि बालबालिका स्कुल बाहिर नहुन् भन्ने उद्धेश्यका साथ भर्ना अभियान नै चलायौं । अहिले नगरपालिकाभित्र स्कुल जाने उमेर समूहका एक जना बालबालिका पनि स्कुलबाहिर छैनन् । सय प्रतिशत बालबालिका विद्यालयमा जान्छन् । यो एउटा सफलता हो । हामीले घरधुरी सर्वेक्षण गरेर ४५ लाख बजेट खर्च गरेर नगरपालिकाको सम्पत्ति जम्मा गरेका छाँै । शहरी स्वास्थ्य क्लिनिक खोल्याँै । हामीसँग अहिलेसम्म गरिसकेका र गर्न कामको छुट्टाछुट्टै सूची छ । व्यक्तिगत रुपमा म सन्तुष्ट छु तर आम जनता सन्तुष्ट छैनन् । के ग¥यो नगरपालिकाले ? हिलो बाटो हिलै छ भन्ने गुनासो सुनिन्छ । बाटो पनि बनेको छैन खानेपानी पनि पाएको छैन भन्नेछ । जनता छिटो परिणाम चाहान्छन् तर अहिले हाम्रा सबै योजनाले रिजल्ट दिइसकेको छैन । त्यसैले पनि यस्तो स्थिति देखिएको हो । तर, एक/दुई वर्षभित्र जनताले परिणाम हेरेर, तुलना गरेरै हाम्रो कामको प्रशंसा गर्ने कुरामा म पूर्ण विश्वस्त छु ।

देशभरका अधिकाशं स्थानीय सरकारले विकास अघि बढाउने, शुसासन कायम गर्ने र मितव्ययिता अपनाएर जनतामा आशाको संचार गर्ने भन्दा अन्धाधृुन्ध कर उठाएर संघीयताप्रति नै वितृष्णा खडा गरेकोमा असन्तुष्टि बढ्न थालेको छ । तपाईंले चाहीेँ नगरपालिकामा के गर्नुभएको छ ? यो कुराप्रति तपार्इंको के धारणा छ ?

करको विषयमा नगरपालिकाको आयोजनामा ‘प्रेस मिट’ गरेर जानकारी गराउने कि भन्ने पनि सोच राखेको थिएँ । व्यस्तताले गर्दा भ्याइएन । करको छोटो उत्तर–स्यालहुइयाँ हो । हाम्रो देशमा संघीयता राम्रोसँग कार्यान्वयनमा नजाओस भन्ने पंक्ति छ । त्यो सबैभन्दा ठूलो पंक्ति अन्त होइन, व्युरोक्रेसीभित्रै छ । सिंहदरवारभित्र बस्ने उच्च तहका अफिसरहरु संघीयता कार्यान्वयन भएको देख्न चाहादैंनन । हुन नदिनका लागि अनेक तानावाना र षयन्त्र बुनिरहेका छन । पटक–पटक उहाँहरुको सचिव उपसचिवस्तरीय मिटिङमा पनि मैले यो कुरा भनेको छु– हामीले ७० वर्ष लडार्इं गरेर ल्याएको व्यवस्था हो । २० हजार मानिसले ज्यानको आहुति दिएका छन् । हामीसँगै खुल्ला समाजमा आएका देशहरु कहाँ पुगे ? मलेसिया जस्तो देशले हाम्रा ५ लाख युवालाई जागिर दिन्छ । ७० वर्षको यो आन्दोलन र झगडा टुगिंएर नेपाल अब संघीय गणतन्त्रमा आयो । यहीँबाट हामी खुसी हुन्छौ, रमाउँछौ । यो पनि असफल भयो भने नेपालीहरुलाई कुन व्यवस्था ल्याउने ? त्यसकारण यो व्यवस्था फेल गर्नतिर नलाग्नुस कृपया । यसमा केही मिडियाको पनि साथ होला । उच्च तहको व्युरोक्रेसी छ र संघीयतालाई लागू हुन नदिने सामाजिक अर्को तप्का पनि छ । विपक्षीहरुले त खेल्ने कुरा त स्वभाविक छँदैछ ।
चाँगुनारायण नगरपालिकामा हामी आउनुभन्दा अगाडि लगभग १ करोड बराबर कर उठ्ने रहेछ । हामीले साढँे चार करोड उठाउछौ भनेर गत वर्ष प्रस्ताव ग¥यौं तर आठ करोड उठायौँ । यसपाली हामीले १६ करोड उठाउने लक्ष्य राखेका छौं । तर आम जनतामा हामीले एक रुपैयाँ पैसा कर थपेका छैनौं, भइरहेको कर पनि बढाइएको छैन । अरु क्षेत्र पर्यटन, व्यवसायी, पानी उद्योग र अन्य व्यवसायलाई कर लिएका छौँ तर आम जनतालाई एक रुपैयाँ पनि कर लिइएको छैन । जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद, बसाईं–सराई लगायतमा चाँगुनारायणमा मात्र होइन, एक दुई पालिकाले त्यस्तो गरेको भएमात्र, नभए देशभरि निशुल्क हुन्छ । चाँगुनारायणमा पनि कुनै शुल्क लाग्दैन । ३५ दिन कटेपछि ५० रुपैयाँ जरिवाना लिने भन्ने कुरा पुरानो चलन नै हो । यो २० औँ वर्षअघिदेखिको चलन हो । अहिले कर बढेको चर्चा बेक्कारका हल्ला मात्र हुन ।

 

आम जनतामा हामीले एक रुपैयाँ पैसा कर थपेका छैनौं, भइरहेको कर पनि बढाइएको छैन । अरु क्षेत्र पर्यटन, व्यवसायी, पानी उद्योग र अन्य व्यवसायलाई कर लिएका छौँ तर आम जनतालाई एक रुपैयाँ पनि कर लिइएको छैन । जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद, बसाईं–सराई लगायतमा चाँगुनारायणमा मात्र होइन, एक दुई पालिकाले त्यस्तो गरेको भएमात्र, नभए देशभरि निशुल्क हुन्छ । चाँगुनारायणमा पनि कुनै शुल्क लाग्दैन । 

विश्व सम्पदा सूचिमा परेको चाँगुनारायणको संरक्षण, सम्बद्र्धन तथा यस क्षेत्रको नमूना विकासको योजना के–के छ ?

चागुँनारायण विश्व सम्पदा सूचीमा सूचिकृत रहेकाले हाम्रो गौरब हो । यो नेपालभरिकै सबैभन्दा पुरानो मन्दिर पनि हो । युनेस्कोले विश्व सम्पदा सूचीमा राखेको छ । भुकम्पले पुरै ध्वस्त भयो । युनेक्को र पुरातत्व विभागले हामीलाई त्यहाँ काम गर्न दिदोँ रहेनछ । पुरातत्व विभागले आफै ह्यान्डल गरेर खास खास निर्माताहरु रहेछन बनाउने । चाँगुनारायण मुख्य मन्दिर र अन्य मन्दिर सबै जिर्नोद्वार भइसकेको छ । पुरातत्व विभागsom mishra2ले छुट्याएको रकमले नपुगेपछि केही रकम ठेकेदारलाई दिइएको छ । यद्यपि, पुरातत्व विभागकै डिजाइन अनुसार ठेकेदारले अहिले काम गरिरहेको छ । हामीले पुरातत्व विभाग र युनेस्कोसँग बसेर छलफल गरेका छौँ । त्यसक्रममा दुईवर्षभित्र सबै मन्दिरहरु बनाइसक्ने समझदारी बनेको छ । जसमा नगरपालिकाले पनि आफ्नो तर्फबाट भूमिका खेल्नेछ ।

भक्तपुरमा नेमकिपाले चुनाव जितको नगरपालिकाको विकास मोडल, शिक्षा, स्वास्थ्य र सेवा प्रवाहमा नमुना काम गरिरहेको मिडियाहरुमार्फत बाहिर आउने गरेको छ । छिमेकी नगरप्रमुखको दृष्टिबाट त्यसबारे तपार्इंको के टिप्पणी छ ? के तपार्इंहरुले पनि त्यही मोडल फलो गर्नसक्नु हुन्न ?

भक्तmपुर नगरपालिकाको विकास मोडल हामी फलो गर्दैनौ । चाँगुनारायण नगरपालिकाको विकास मोडेल बनाउँछौ । भोलि कुनै नगरपालिकालाई सोध्नु होला–चाँगुनारायणको जस्तो मोडल किन फलो गर्नुहुन्न भनेर । भक्तपुर नगरपालिकाले शिक्षामा गरेको लगानीबाट ख्वप्प कलेज चलाएका छन् । यही कुरा बढी हाइलाइट भएको हो । भक्तपुर नगरपालिकाको धेरै आम्दानी छ । क्षेत्रफल चाहीँ ८ स्क्वायर किलोमिटर मात्र हो जम्मा । १५ मिनेट हिँड्यो भने सबै नगरपालिका घुमिन्छ । कुनै भौतिक पूर्वाधारको काम गर्नुपर्दैन । पर्यटकबाट मात्रै मासिक १ करोड आम्दानी हुन्छ । त्यो पैसा चाहीँ निरन्तर ख्वप्प कलेजमा लगानी गरेर शिक्षा दिइएको छ । म त के भन्छु भने ख्वप्प कलेज जस्तो कलेज त निजि क्षेत्रमा पनि चलेका छन् यो देशमा । भक्तपुर नगरपालिकामा खानेपानीको अत्यन्तै समस्या छ । पानीको समस्या पनि समाधान गरेको भए हुन्थ्यो । अब जे छ कलेज राम्रो चलाउनुभएको छ, ठिक छ । तर मोडेल नै त के छ र फलो गर्नुपर्ने ? लगातार ३५ वर्षदेखि एउटै पार्टीले जितेको हुनाले केही राम्रो छ । तर अन्य पार्टीमा आस्था राख्नेलाई गरेको दुव्र्यवहार सुन्दा आशुँ आउँछ । उहाँहरुले शिक्षामा राम्रो गर्नुभाछ तर हामी पनि शिक्षामा कम छैनौँ जस्तो लाग्छ । उहाँहरुलाई पुल बनाउनु छैन, बाटो बनाउनु छैन, आएजति पैसा त्यही ख्वप्प कलेजमा खर्च गर्ने हो । राम्रो कामलाई हामी पनि साथ दिन्छौ र उहाँहरुबाट सिक्नुपर्ने कुरा सिक्छौ  पनि । हामी आफ्नै मोडल विकास गर्छौ ।
अन्त्यमा, अवसर दिनुभएकोमा चाँगुनारायण नगरपालिकाको जनताको तर्फबाट पहिलो न्यूज अनलाइन परिवारलाई धन्यवाद ।

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार