Presidential

मधेस आन्दोलनमा ५२ मध्ये ४८ जना कांग्रेसका पालामा मारिए, अनि एमाले कसरी मधेस विरोधी ?

मधेस आन्दोलनमा ५२ मध्ये ४८ जना कांग्रेसका पालामा मारिए, अनि एमाले कसरी मधेस विरोधी ?

लालबाबु यादव संविधानसभामा आउनुअघि प्राध्यापन पेशामा संलग्न थिए । एमाले कोटाबाट संविधानसभामा सभासद बनेका यादव आफूलाई मधेसवादी होइन, तराई–मधेसको नागरिक भन्न मन पराउँछन् ।

शुक्रबार व्यवस्थापिका संसदको ‘क्यान्टिन’ मा भेटिएका यादवले पहिलो न्युजका प्रतिनिधिसँग कुराकानीका क्रममा एमालेलाई लाग्ने गरेको मधेस विरोधीको आरोपको तर्कसहित खण्डन गरे । करिब आधा घण्टाको बसाइका क्रममा यादवसँग पहिलो न्युजका कार्यकारी सम्पादक मोहन बास्तोलाले गरेको कुराकानीः

मुलुकको पछिल्लो राजनीतिक स्थितिलाई कसरी हेरिरहनुभएको छ ?

संविधान जारी गर्नुअघि प्रमुख दलबीच १६ बुँदे सहमति भएको थियो । नेपालका प्रमुख दलबीच नेपाली भूमिमै सहमति भएर नेपाली जनताले चाहे अनुरुपकै संविधान जारी भएको थियो । तर, जब संविधान जारी भयो, त्यसपछि विभिन्न खाले बाह्य र आन्तरिक हस्तक्षेपहरु बढ्दै गए । मुलुकभित्रै केही राजनीतिक दलहरु असन्तुष्ट भए । उनीहरुलाई पनि सहमतिमा ल्याएर संविधान कार्यान्वयन गर्ने सन्दर्भमा भने केही ढिलासुस्ती अवश्य भयो । यसले गर्दा अहिले राजनीतिक स्थायित्व, संघीयता र स्थानीय सरकार सबैमा असर परेको छ ।

राजनीतिमा सिद्धान्त हुन्छ । तर, कांग्रेस–माओवादी गठबन्धन सिद्धान्तमा आधारित गठबन्धन होइन । पार्टीका पनि आधारभूत सिद्धान्तहरु हुन्छन् । यससँग पनि यो गठबन्धनले मेल खाएजस्तो लाग्दैन । म अहिले पनि दुई पार्टीबीचको गठबन्धनले अन्योलमा परेको छु ।

अहिले मधेसी दलसहितको समर्थनमा कांग्रेस–माओवादी गठबन्धनमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बनेपछिका राजनीतिक घटनाक्रमले मुलुकलाई कता लगिरहेका छन् ?

अहिले जे भइरहेको छ, यो ‘शक्ति’ का लागि भएको सम्झौता हो । राजनीतिमा सिद्धान्त हुन्छ । तर, कांग्रेस–माओवादी गठबन्धन सिद्धान्तमा आधारित गठबन्धन होइन । पार्टीका पनि आधारभूत सिद्धान्तहरु हुन्छन् । यससँग पनि यो गठबन्धनले मेल खाएजस्तो लाग्दैन । म अहिले पनि दुई पार्टीबीचको गठबन्धनले अन्योलमा परेको छु । वर्तमान गठबन्धनमा सहभागी एउटा पार्टी, जुन बिक्रम सम्बत् २००३ सालमा स्थापना भएको थियो, स्थापना कालमै त्यो पार्टीले अहिंसात्मक आन्दोलनको सिद्धान्तलाई अपनाएको थियो । गठबन्धनमा सामेल अर्को पार्टी, जसले २०५२ सालमा हतियारबद्ध राजनीति थालनी गरेको थियो, उसले आफूलाई हिंसात्मक आन्दोलनको बाटोमा अग्रसर तुल्यायो । एउटा पार्टीले मतमा विश्वास गर्छ, अर्को पार्टीले बन्दुकमा । अर्थात् ‘ब्यालेट’ र ‘बुलेट’ मा विश्वास गर्ने पार्टीबीचको गठबन्धनलाई स्वाभाविक मान्न सकिन्न । ब्यालेट र बुलेट एक अर्काका पूरक होइनन् ।

अझ गजब त के छ भने गठबन्धनभित्रै मुख्य दुई दलमध्ये एक दल हामी संसदीय व्यवस्थालाई विश्वास गर्छौं भन्छ । अर्को हामीले गरेको जनयुद्ध नै संसदीय व्यवस्थालाई खतम पार्नका लागि हो भन्छ । यी दलबीचको मेल कसरी हुनसक्छ ? गठबन्धन भित्रकै एक दल कुनै पनि हालतमा जातीय संघीयता हुँदैन भन्छ, अर्कोले त्यो नभई हुँदैन भन्छ । यसरी हेर्दा यी दलबीच राजनीतिक प्रणाली, संघीयता, सिद्धान्त र घोषणापत्र केहीमा पनि मेल खाँदैन । तर, कसरी यी दलबीच गठबन्धन भयो ? यसको सहज उत्तर छ कि उनीहरुको गठबन्धन सत्ताका लागि होइन, शक्तिका लागि हो । शक्तिका लागि निर्मित गठबन्धनले नेपाल र नेपाली जनतालाई केही दिन्छ भन्नेमा म आशावादी छैन ।

प्रचण्ड नेतृत्वको सरकार गठन भएको एक महिना मात्रै भयो । अहिले नै केही गर्न सक्दैन भनेर कसरी भन्न सकिएला र ?

हो, सरकार गठन भएको एक महिना पूरा भयो । अहिलेसम्म केही त गर्न सकिन्थ्यो । सुधारका केही संकेत नै देखिएका छैनन् । प्रचण्डजीले राजदूत नियुक्त भएको छैन भन्दै हुनुहुन्छ । फेरि उहाँले नै दुई छिमेकी मुलुक भारत र चीनमा जनताले तिरेको करको दुरुपयोग गरेर किन विशेष दूत पठाउनुभएको हो ? मैले बुझ्न सकेको छैन । के एजेण्डा लिएर उहाँहरु त्यहाँ जानुभयो ? त्यसमा पनि प्रधानमन्त्रीले चित्तबुझ्दो जवाफ दिन सक्नुभएको छैन । उहाँमा पारदर्शिता, नैतिकता र जिम्मेवारीबोध देखिएन । यी तीन कुरा भएनन् भने राजनीतिमा असल नेतृत्व देखिँदैन । उहाँमा विशेष दूत चीन र भारत पठाउने सन्दर्भमा तीनवटै कुरा देखिएन ।

० विशेष दूत पठाएकोमा किन यत्रो आपत्ति ?

गान्धीलाई जुन कुराका लागि चर्चिलले बोलाएका थिए, त्यो गान्धीलाई सामान्य लागेछ र भनेछन्– ‘यति सामान्य कुराको जानकारी लिनु थियो भने म खाममा हालेर लेखेरै पठाउथेँ नि ! किन मलाई बोलाएर यति धेरै खर्च गराउनुभएको ?’ प्रचण्डजीहरुलाई जनताले तिरेको कर खर्च गरेर सामान्य कुरामा दौडिन किन हतार भएको हो ? त्यही कुरा थियो भने त खाममा हालेर पठाइदिए भइहाल्थ्यो नि !

विशेष दूत पठाएकोमा हाम्रो गुनासो होइन । एजेण्डा के लैजानुभयो ? प्रश्न त्यो हो । उहाँ भारत जाँदा के तराई–मधेसको समस्या लिएर जानुभयो ? के उहाँहरु विकासको एजेन्डा लिएर जानुभयो ? चीनमा उहाँले के लिपुलेकको विषय लिएर जानुभयो ? हो, हाम्रो प्रश्न त्यसमा छ । भारतीय प्रधानमन्त्रीलाई दिएको चिठी हेर्नै हुँदैन रे ! जनताले तिरेको करबाट विशेष दूत पठाउने अनि त्यसरी पठाइएका विशेष दूतले के बोकेर गए भन्ने जनताले थाहा नपाउने भन्ने हुन्छ ? त्यहाँ नियत गलत छ । lalbabu-yadav

एक पटक ब्रिटेनका शासक चर्चिलले महात्मा गान्धीलाई स्वतन्त्रताबारे केही सुझाव लिन बोलाएछन् । गान्धी धोती र गम्छा भिरेर गएछन् । पछि उनले गान्धीको पोशाक हेरेर ‘त्यस्ता भिखारीलाई भेट दिन नसक्ने’ जानकारी दिएछन्् । टाइ–सुट लगाएपछि मात्र भेट दिने चर्चिलको आग्रहलाई गान्धीले अस्वीकार गरेपछि अन्त्यमा चर्चिलले भेट दिएछन् । लामो कुराकानीपछि चर्चिल गान्धीसँग प्रभावित भएछन् । तर, गान्धीलाई जुन कुराका लागि चर्चिलले बोलाएका थिए, त्यो गान्धीलाई सामान्य लागेछ र भनेछन्– ‘यति सामान्य कुराको जानकारी लिनु थियो भने म खाममा हालेर लेखेरै पठाउथेँ नि ! किन मलाई बोलाएर यति धेरै खर्च गराउनुभएको ?’ गान्धी चर्चिलसँग रिसाएछन् । तर, चर्चिल चाहिँ गान्धीसँग प्रभावित भएछन् । प्रचण्डजीहरुलाई जनताले तिरेको कर खर्च गरेर सामान्य कुरामा दौडिन किन हतार भएको हो ? त्यही कुरा थियो भने त खाममा हालेर पठाइदिए भइहाल्थ्यो नि !

अहिले केही साथीहरु त्यतिबेला एमालेका वामदेव गौतम गृहमन्त्री हुनुहुन्थ्यो, उहाँले मार्न लगाएको हो भन्छन् । त्यसो हो भने त ओली नेतृत्वको सरकार हुँदा पनि शक्ति बस्नेत गृहमन्त्री हुनुहुन्थ्यो । त्यो चाहिँ उहाँहरु किन भन्नुहुन्न ?

केपी ओली नेतृत्वको सरकारमा रहँदा व्यवस्थापिका–संसद बहिस्कार गरेका तराई–मधेसका नेता अहिले प्रचण्ड नेतृत्वको सरकारपछि संसद छिरेका छन् । यो त सकारात्मक कुरा भयो नि ?

संविधान जारी हुँदा सरकारको नेतृत्व नेपाली कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालाले गर्नुभएको थियो । नेपालकै एक भाग तराई–मधेसमा भएको आन्दोलनका क्रममा ५२ जना नेपाली नागरिकमध्ये ४८ जनाले त उहाँकै सरकार भएका बेलामा मारिएका थिए । केपी ओलीले त बोल्नु मात्र भयो । तर, नागरिक त कांग्रेसको सरकार भएका बेला मरेका हुन् । हो, ओलीले बोलेका कारण केही नकारात्मक प्रभाव परेकै हो । तर, जसका पालामा नागरिक मरे, दण्डित त ऊ पो हुनुपर्ने होला नि ! अहिले केही साथीहरु त्यतिबेला एमालेका वामदेव गौतम गृहमन्त्री हुनुहुन्थ्यो, उहाँले मार्न लगाएको हो भन्छन् । त्यसो हो भने त ओली नेतृत्वको सरकार हुँदा पनि शक्ति बस्नेत गृहमन्त्री हुनुहुन्थ्यो । त्यो चाहिँ उहाँहरु किन भन्नुहुन्न ?

तर मधेसी दलहरुले चाहिँ ओलीलाई मधेसविरोधी भन्छन् नि त ?

मधेस आन्दोलन सुशील कोइराला नेतृत्वको सरकार रहेका बेला भएको हो । ओलीले त नाकाबन्दी खोल्ने र भारतसँगको कुटनीतिक सम्बन्धलाई बलियो बनाउने काम गर्नुभएको हो । कसरी ओली मधेस विरोधी हुनुभयो ?

केपी ओलीले बोल्ने कुरामा सन्तुलन चाहिँ मिलाउन नसक्नु भएकै हो । असल मनले भने पनि संक्रमणकालका बेलामा त्यसको गलत अर्थ लाग्न सक्छ । एमाले कहिल्यै मधेस विरोधी छैन । पहिला भएको आन्दोलन पनि माओवादी र मधेसवादी दलबीच भएको हो । मधेस आन्दोलन एमालेले कहिल्यै पनि दबाएको छैन । पहिला माओवादीले दबाएको हो, मधेस आन्दोलन ।

त्यसो भए एमालेलाई मात्रै मधेस विरोधी किन भनिन्छ त ?

कांग्रेस–माओवादी मधेसको मित्र र एमाले मधेसको शत्रु भन्ने तर्क नै गलत छ । मैले उहाँहरुसँग निकै पटक यो विषयमा कुराकानी गरेको छु । अहँ, उहाँहरुले पनि मलाई बुझाउन सक्नुभएको छैन । उहाँहरुले मलाई जवाफ पनि दिन सक्नुभएको छैन ।

सामाजिक सञ्जालमा एमाले स्थायी कमिटी सदस्य शंकर पोख्रेलले तराई–मधेससँग सम्बन्धित लेखेको स्ट्याटसले हंगामा मच्चिएको छ । यस्ता कुराले पनि असर पारेको हो कि ?

यस्तो बेलामा शंकर पोखरेलले त्यस्तो लेख्नु हुँदैनथ्यो । सुरुमा त उहाँले लेखेको होइन भनेर मैले प्रतिवाद गरेँ । तर, हिजो थाहा पाएँ, उहाँले लेखेको कुरा फिर्ता लिएँ भन्नुभएछ । फेरि पनि भन्छु– यस्तो बेलामा उहाँ जस्तो व्यक्तिले लेख्नु नै गलत थियो । दोस्रो कुरा, त्यति सानो कुरालाई लिएर उहाँ र एमालेमाथि नै आक्रमण गर्ने जुन प्रयास भएको छ, यो पनि सर्वथा गलत छ । हो, त्यो उहाँको व्यक्तिगत कुरा हुनसक्छ । उहाँले सामाजिक सञ्जालमा लेख्नुभयो भने त्यसैमार्फत प्रतिक्रिया दिन सकिन्छ । त्यही बाहनामा किन एमालेमाथि आक्रमण गर्ने ? प्रजातन्त्रमा बोल्ने अधिकार सबैलाई छ । उहाँहरुले पनि त्यसैअनुरुप प्रतिवाद गरे भइहाल्यो नि ! यही सन्दर्भलाई लिएर एमाले स्थायी कमिटी सदस्य सत्यनारायण मण्डललाई कालोमोसो दल्ने प्रयास भयो भन्ने समाचार आएको छ । यो गलत छ । यो पार्टीको निर्णय हो कि ? व्यक्तिले भनेको हो कि ? कुरै नबुझी कालोमोसो दल्नु उचित होइन ।

तर, जिम्मेवार नेताबाटै यस्तो अभिव्यक्ति आएपछि केही समस्या त भै हाल्छ नि, होइन र ?

हो, यस्ता कुरामा नेताहरुले ध्यान पु-याउनुपर्छ । उहाँहरु त सुरक्षासहित जानुहुन्छ । समस्या तलका कार्यकर्ता र जनतालाई पर्ने हो । अहिले यही सन्दर्भले गर्दा एमालेलाई तराई–मधेसमा जान समस्या हुन्छ भन्ने तर्कहरु पनि आएका छन् । हो, पहिला पनि समस्या भएकै हो । म रौतहटको व्यक्ति हुँ । मलाई मधेस आन्दोलनका बेला धेरै गाली गर्थे । मैले सबैलाई सम्झाएँ । पछि उहाँहरुले गल्ती भयो भन्नुभयो ।

उहाँले त्यो स्ट्याटस् असल मनले लेख्नुभएको होला । तर, समय उचित भएन । उहाँले एकातिर संविधान मान्ने, सरकारमा जाने, मन्त्री खाने, सांसदको भत्ता खाने, सांसद्को ब्याच लगाउने अनि अर्कोतिर संविधान ठीक छैन भन्दै जलाउने कुराको विरोध गर्नुभएको हो । मेरो विचारमा पनि यो कुरा नैतिकताभित्र पर्दैन । जुन घरमा बस्ने त्यही घरमा आगो लगाउने कुरा उचित होइन । संविधान संसद्को देउता हो, समाजको देउता हो, जनताको देउता हो र देशको देउता हो । त्यसलाई जलाउन मिल्दैन । संविधान नमान्न मिल्दैन । संविधान च्यात्न मिल्दैन ।

12 पटक पढिएको

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

        
            Loading...     
        

    अन्तरवार्ता

    समाचार