Presidential

युएनडिपीको गाडी चलाउने महिला ड्राइभर बस्ताकोटीसँग ‘ड्राइभिङ सम्वाद’


युएनडिपीको गाडी चलाउने महिला ड्राइभर बस्ताकोटीसँग ‘ड्राइभिङ सम्वाद’

दसैँका बेला सबैजना मान्यजनको हातको टिका थाप्न आ–आफ्नो घर जाने हतारोमा थिए । तर, लीला बस्ताकोटी भने युएनडिपीका कर्मचारीलाई सेवा दिने हतारोमा बाँधिएकी थिइन् । झापा स्थायी घर भएकी बस्ताकोटी फूलपातिको अघिल्लो दिन मध्यराततिर काभ्रेको भकुण्डेबेसीमा भेटिइन् । उनी युएनडिपीका कर्मचारीलाई सर्लाहीबाट काठमाडौँतिर लिएर आउँदै गरेको अवस्थामा पहिलो न्युज डटकमका प्रतिनिधिसँग भेट भयो । करिब १० वर्ष टेम्पो चलाएर तीन वर्षदेखि युएनडिपीको गाडी चलाउँदै गरेकी बस्ताकोटीसँग गरिएको ड्राइभिङ सम्वादः

तपाईँ ड्राइभिङको क्षेत्रमा कसरी प्रवेश गर्नुभयो ?

म यो क्षेत्रमा आउनुभन्दा पहिला ‘मार्केटिङ’को काम गर्थेँ । त्यतिबेला मलाई पुरुषहरुले गाडी चलाएको देख्दा महिलाहरुले चाहिँ किन यस्तो गर्न सक्दैनन् भन्ने खुल्दुली जाग्यो । त्यतिबेला म जागिरका लागि निकै भौँतारिएकी थिएँ । त्यस कारण पनि मलाई जुन पेशा भए पनि गर्ने आँट भित्रैदेखि पलाएको थियो । त्यही भएर मैले महिलाले किन गाडी चलाउनु हुँदैन भनेर धेरै सोचँ । जागिरका लागि सोर्स–फोर्स चाहिन्थ्यो । त्यो मसँग थिएन । त्यसैले मैले हिम्मत गरेर ड्राइभिङ पेशा रोजेकी हुँ ।

यो क्षेत्रमा लाग्नुभएको कति वर्ष भयो ?

म १४ वर्षदेखि यो क्षेत्रमा निरन्तर लागेकी छु । सुरुमा मैले टेम्पो चलाएँ । करिब १० वर्ष टेम्पो चलाएपछि अहिले म युएनडिपीको गाडी चलाउन थालेकी छु । मैले त्यसैबेला आ यो ड्राइभर पेशा हो भनेर छाडेर हिँडेकी भए यो अवस्थासम्म आउने थिइनँ होला । मलाई यो पेशामा लागेर गौरव लागेको छ । युएनडिपीको गाडी चलाउन पनि मैले ६ वर्षभन्दा बढी समय संघर्ष गर्नुपरेको थियो । मैले त्यहाँ पनि मागेर होइन, मेरो काम हेरेर जागिर दिनुहोस भनेर जागिर खाएकी हुँ ।

9fdd

सुरुमा टेम्पो चलाउन निकै मुस्किल भयो । सुरुमा एउटा संस्थाले टे«निङ दियो । म दक्ष पनि भएँ । तर, महिलाले टेम्पो चलाउन सक्छन् भन्ने विश्वास दिलाउन नसकेका कारण सुरुमा जागिर पाउन नै मुस्किल भयो । आफैँले टेम्पो किनेर चलाउने हैसियत थिएन । टेम्पो मालिकहरुलाई विश्वास दिलाउन पनि नसकेका कारण धेरै समस्या भयो ।

अहिले कस्तो महसुस गर्नुभएको छ ? 

ती दिन सम्झिँदा अहिले मलाई निकै गौरव लाग्छ । टेम्पोमा चढ्नेहरु पनि आबुई महिलाले पो टेम्पो हाँक्दिरहिछ भन्थे । पुरुष ड्राइभरले पनि महिला ड्राइभरलाई हेयको दृष्टिले हेर्ने गर्थे । तर, ममा आत्मविश्वास थियो । त्यही भएर पेशाबाट पछि हटिनँ र अहिले यो ठाउँसम्म आएकी छु । अहिले पनि महिला ड्राइभरलाई हेप्ने गरिन्छ । महिला रहरले होइन बाध्यताले ड्राइभर बनेका हुन् । उनीहरुको पेशाको सम्मान होस् भन्ने मेरो आग्रह छ । महिलाहरु आत्मनिर्भर बन्न चाहन्छन भने किन हेप्ने ? मेरो पुरुषहरुलाई प्रश्न छ ।

गाडी चलाएरै गुजारा चलाउन सकिने रहेछ ?

गाडी चलाएर मज्जाले गुजारा चलाउन सकिन्छ ।

लामो दूरीको यात्रा कहाँसम्म गर्नुभएको छ ?
मैले काठमाडौँदेखि नेपालगञ्ज, हेटौँडा, सर्लाहीलगायतका ठाउँसम्मको यात्रा गाडी चलाएर गरेकी छु ।

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार