Presidential

‘अल्पमतमा परेका ओलीलाई सत्तामै राख्न चीनले चलखेल गरिरहेको छ’


‘अल्पमतमा परेका ओलीलाई सत्तामै राख्न चीनले चलखेल गरिरहेको छ’

२ साउन । नेपालमा सरकार परितर्वनमा भारतको हात रहेको भन्दै चर्को आलोचना भइरहेको बेला भारतीय अधिकारीले त्यसमा आफ्नो नभई चीनको भूमिका रहेको आरोप लगाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकार गिराउन भएका प्रयासलाई ‘स्वचालित नभई ब्याट्रीबाट चलेको’ टिप्पणी गरे लगत्तै भारतीय पत्रिका ‘द हिन्दु’ दैनिकले भारत उच्च अधिकारीलाई उद्यृत गर्दै उक्त समाचार सार्वजनिक गरेको हो ।

‘भारतले ओली सरकार गिराउनका लागि केही पनि गरेको छैन । उनले आफैँ काम गर्न सकेनन् र गठबन्धन सरकार ढलेको छ । तथ्य यो हो कि संसद्मा आवश्यक संख्या नभए पनि उनी सत्तामा टाँसिरहन चाहन्छन्, जुन पूर्ण रुपमा अलोकतान्त्रिक छ । त्यहाँ चीनको हस्तक्षेप छ र तिनीहरुले हरेक राजनीतिक दलका सदस्यहरुलाई मनाउन कोसिस गरिरहेका छन्’, भारतीय उच्च स्रोत उद्यृत गर्दै ‘द हिन्दु’ दैनिकले लेखेको छ ।

‘माओवादी र कांग्रेस प्रयोग गरेर आफ्नो सरकार गिराउन षड्यन्त्र भएको’ भन्ने ओलीको भनाइको पनि ती अधिकारीले खण्डन गरेका छन् । ओलीले उठाएको राष्ट्रवादको खण्डन गर्दै समाचारमा उच्च स्रोतले भनेको छ, ‘ओली सरकारले राष्ट्रवाद र देशभक्तिको खेती गर्न खोजेको छ तर राष्ट्रवाद भनेको पहाडी मानिसको मात्र होइन । यदि दुई तिहाई मात्र होइन, तीन चौथाई मधेसीको माग पूरा नगर्नुमा चिनियाँ हस्तक्षेपले काम गरेको छ ।’

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार