Presidential

अस्पतालमा कर्मचारी मृत्यु प्रकरणमा संचालक उत्तम सञ्जेल सहित ४ जना हिरासतमा


अस्पतालमा कर्मचारी मृत्यु प्रकरणमा संचालक उत्तम सञ्जेल सहित ४ जना हिरासतमा

काठमाडौं,५ असार । बौद्धको समता अस्पतालमा कार्यरत कर्मचारीको मृत्युलाई लिएर समता अस्पतालका संचालक उत्तम सञ्जेल सहित चार जनालई प्रहरीले हिरासतमा लिएको छ ।
रामेछाप घर भएकी अस्पतालकी कर्मचारी विमला तामाङको रहस्यमय मृत्यु भएपछि सोधपुछका लागि प्रहरीले तीन जनालाई हिरासतमा लिएको हो ।

सञ्चालक सञ्जेलकी पत्नी कला सञ्जेल, कर्मचारी तीर्थकुमारी श्रेष्ठ र संगीता केसीलाई प्रहरीले हिरासतमा लिएको हो ।तामाङका आफन्तले अस्पताल प्रशासन र कर्मचारीमाथि कारबाहीको माग गर्दै प्रदर्शन गरेपछि प्रहरीले उनिहरुलाई सोधपुछका लागि भन्दै नियन्त्रणमा लिएको थियो । अस्पताको बन्द कोठामा झुण्डिएको अवस्थामा भेटीएकी बिमलाको गोजीमा भेटिएको चिटमा को आधारमा तीर्थ, संगीता र म्याम लेखिएको प्रहरीले जनाएको छ ।

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार