Presidential

उपत्यकाका सडक भताभुङ्ग : खन्दै, पुर्दै, फेरि खन्दै


उपत्यकाका सडक भताभुङ्ग : खन्दै, पुर्दै, फेरि खन्दै

काठमाडौं, २९ भदौं । सडक डिभिजन कार्यालय काठमाडौं र काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले ढलको पाइप राख्न गत असारमा चाबहिल–चुच्चेपाटी सडक खने ।

खनेको सडक मर्मत नगरी छाडेपछि एक महिनासम्म सर्वसाधारणले सास्ती भोगे । एक महिनापछि सडक खनेर पुरेलगत्तै फेरि ढल मर्मत गर्न भन्दै सडक खनियो । खनेको सडक नपुर्दा पानीमा हिलो र घाममा धुलोले सर्वसाधारण आक्रान्त छन् ।

ढलको मंगाल पनि खुलै छाडिएको छ । चाबहिलका प्रकाश ढकालका अनुसार चाबहिल–चुच्चेपाटी सडक काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालय, सडक डिभिजन कार्यालय काठमाडौं, उपत्यका सडक विस्तार आयोजना, केयुकेलगायत निकायले ढल र खानेपानी पाइप राख्ने नाममा बारम्बार खन्दै र पुर्दै आएको छ । नागरिक दैनिकबाट

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार