Presidential

एक वर्षभित्र पार्टीको महाधिवेशन गर्छौः अध्यक्ष प्रचण्ड


एक वर्षभित्र पार्टीको महाधिवेशन गर्छौः अध्यक्ष प्रचण्ड

काठमाडौ, ९ वैशाख । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकम दाहाल प्रचण्डले एक वर्षभित्र पार्टीको महाधिवेशन गर्ने बताएका छन् ।
पार्टी स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले ८ महिनाभित्र ७७ जिल्ला र प्रवासका सबै कमिटीको सम्मेलन सकिने र एक वर्षभित्र महाधिवेशन गर्ने बताए । जिल्ला कमिटीको अध्यक्ष र सचिव टुंगो लागेसँगै पार्टी एकता मूलभूत रुपमा टुंगिएको भन्दै उनले अब पार्टीलाई तलसम्म गतिशील बनाउनुपर्ने बताए । ‘अब हामी एक छिन पनि ढिलो गर्न सक्दैनौं । हामीले हिजो सचिवालय (समितिको बैठक) मा पनि भनेका छौं । ८ महिनाभित्र ७७ जिल्ला र प्रवासका सबै सम्मेलन सक्नेछौं र एक वर्षभित्र महाधिवेशन सम्पन्न्न गरिसक्नुपर्नेछ’ प्रचण्डले भने ।

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार