Presidential

एनआरएन युकेले बुझायो बारा पर्साका हावाहुरीपीडितका लागि आर्थिक सहयोग


एनआरएन युकेले बुझायो बारा पर्साका हावाहुरीपीडितका लागि आर्थिक सहयोग

काठमाडौ, २९ चैत । गैर आवासिय नेपाली संघ एनआरएनए युकेले बारा र पर्साका हावाहुरीपीडितलाई ४ लाख ११ हजार रुपैया सहयोग गरेको छ ।
बेलायतमा रहेका नेपालीबाट संकलन गरिएको सो रकम एनआरएन युकेकी उपाध्यक्ष एवं आपतकालिन बिभागकी संयोजन सुशिला राईले एनआरएनए एनसिसिका उपाध्यक्ष कुल आचार्यलाई सो रकम हस्तान्तरण गर्नुभएको हो । लण्डनमा आयोजित एक कार्यक्रमबीच उपाध्यक्ष राईले चार लाख ११ हजार रुपैयाको चेक उपाध्यक्ष आचार्यलाई हस्तान्तरण गर्नुभएको थियो ।

गत चैत १७ गते आएको हावाहुरीबाट बारा र पर्सामा ठुलो जनधनको क्षती भएकोले पीडितलाई राहतका लागि एनआरएन केन्द्रीय कार्यालयमार्फत सहयोग गर्न युकेले सो रकम हस्तान्त्रण गरेको हो । सहयोग हस्तान्तरण समारोहमा उपाध्यक्ष राईले हावाहुरीपीडितलाई सहयोग गर्न भाइवरमार्फत आ्हवान गरिएकोमा १० दिनमै सो परिमाणको सहयोग आएको बताउनु भयो ।

उहाँले सहयोग गर्ने सवै दातालाई धन्यवाद दिँदै आर्थिक संकलनका लागि दिलोज्यान दिएर खटने एनआरएन युकेका कोषाध्यक्ष सचिन श्रेष्ठ, नेप्लिजओमन कम्युनिटीकी अध्यक्ष शशी थापा सुब्बासहित सहयोगीप्रति आभार प्रकट गर्नुभयो ।

संयोजक राईले संकलित रकम सम्बन्धित ठाउँमा पुगोस भन्ने दाताहरुको चाहना रहेको जानकारी पनि दिनुभयो । ‘जस्को नाममा रकम संकलन गरिएको हो, उनीहरुलाई नै पुग्नुपर्छ भन्ने सवै दाताहरुको चाहना छ,यहीअनुसार एनआरएनए केन्द्रले ब्यवस्थापन गरोस,’ राईले भन्नुभयो ।

चेक बुझेपछि एनआरएनएका उपाध्यक्ष कुल आचार्यले मानवीय सहयोगमा हात अघि बढाएर एनआरएन युकेले आफूलाई अब्बल सावित गरेको बताउनु भयो । एनआरएन युके परोपकारी काममा उदाहरणीय बन्न सफल भएको आचार्यको भनाई थियो । उहाँले बारा र पर्सामा परेको बिपतमा एनआरएनए आइसिसिले आफ्नो च्यारिटी कोषमा रहेको राहत तत्काल बितरण गरिएको जानकारी दिँदै संसारभरबाट संकलित रकम सोही कोषमा जम्मा गर्ने बताउनु भयो ।

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार