Presidential

कनिष्ठलाई दूत बनाएपछि सेना रुष्ट


कनिष्ठलाई दूत बनाएपछि सेना रुष्ट

senaकाठमाडौं, १६ बैशाख । सरकारले बनाउने राजदूत जसलाई बनाए पनि नेपाली सेनालाई कुनै टाउको नदुख्नुपर्ने हो । तर, यसपटक सरकारले गरेको २१ जना राजदूतको सिफारिसलाई लिएर राजनीतिक दलभित्र जस्तो छताछुल्ल नभए पनि भित्रभित्र सेनासमेत असन्तुष्ट बनेको छ ।

सेना असन्तुष्ट हुनुको कारण अरू नभएर राप्रपा नेपालको कोटामा युएईको राजदूतमा सिफारिस भएका भरत रायमाझी हुन् । रायमाझी नेपाली सेनाका अवकाश प्राप्त सहायक रथी (एकतारे जर्नेल) हुन् । अवकाश प्राप्त दुईतारे, तीनतारे जर्नेल हुँदाहुँदै एकतारेलाई सरकारले राजदूतमा सिफारिस गरेको भन्दै नेपाली सेनासमेत असन्तुष्ट बनेको हो । अवकाश प्राप्त र सेवामा छँदा काबिल मानिएका वरिष्ठ अधिकृतहरू हुँदाहुँदै पनि कनिष्ठलाई राजदूतमा सिफारिस गरेर सेनाकै इज्जत धमिलो बनाएको भन्दै जंगी अड्डाभित्र रायमाझीको आलोचना हुने गरेको स्रोतले बतायो ।

सिबी गुरुङ, नेपालभूषण चन्द, अमर पन्त, पवनबहादुर पाँडे, वालानन्द शर्माजस्ता रायमाझीभन्दा वरिष्ठ र योग्य व्यक्ति हुँदाहुँदैै राजनीतिक भागबन्डाका नाममा जस्तालाई पनि राजदूत बनाउने भन्दै अधिकृतहरूबीच कुरा हुने गरेको छ ।

२०६३ सालमा सेनाबाट अवकाश प्राप्त रायमाझी ०५८ साल जेठमा दरबार हत्याकाण्ड हुँदा दरबारको शाही रक्षक बाहिनीको कामु बाहिनीपति थिए । दरबारले समेत पत्याएका उनी अवकाश भएलगत्तै राप्रपा नेपालमा आबद्ध भएका थिए । हाल सो पार्टीको केन्द्रीय सदस्य तथा सोही पार्टीको भ्रातृ संगठन ‘पूर्वसुरक्षाकर्मी संघ’को केन्द्रीय अध्यक्षसमेत रहेका उनी राप्रपा नेपालका अध्यक्ष कमल थापाको पारिवारिक नाताभित्रका सदस्य हुन् ।

थापाका सम्धी मीनबहादुर रायमाझी र उनी नजिकैका दाजुभाइ हुन् ।

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार