Presidential

कर्मचारी भर्नासम्बन्धी रिटमाथि एकै ठाउँमा राखेर पेशी चढाउन आदेश


कर्मचारी भर्नासम्बन्धी रिटमाथि एकै ठाउँमा राखेर पेशी चढाउन आदेश

काठमाडौं, ४ असार । लोकसेवा आयोगले खुलाएको कर्मचारी भर्नासम्बन्धी परेका सबै रिटलाई एकै पटक सुनुवाइ गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । बुधवार बसेको न्यायाधीशद्वय हरिकृष्ण कार्की र इश्वर खतिवडाको संयुक्त इजलासले भर्नासम्बन्धमा विभिन्न तीन वटा मुद्दाका साथै कर्मचारीले पनि मुद्दा हालेकाले सबै मुद्दा एकै ठाउँमा राखेर पेशी चढाउन आदेश दिएका हुन् ।

लोकसेवा आयोगले समावेशी सिद्धान्त पालना नगरी विज्ञापन गरेको भन्दै अधिवक्ताहरू जगदेव चौधरी, विकास ठाकुर र राजाराम घिमिरेले छुट्टाछुट्टै रिट निवेदन दायर गरेका थिए । तीन निवेदनमा सर्वोच्चले कारण देखाऊ आदेश जारी गरेको थियो ।

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार