Presidential

कवि खेरसको बेलायतबाट ‘कोलम्बस यात्रा’


कवि खेरसको बेलायतबाट ‘कोलम्बस यात्रा’

 

काठमाडौँ, २७ मंसिर । बेलायतलाई कर्मथलो बनाएर कविता साधना गरिरहेका खोटाङका कवि देवेन्द्र खेरेस आफ्नो दोस्रो कविताकृति ‘कोलम्बस यात्रा’ लिएर आएका छन् । एक दशकअघि ‘रुङ्रीको बयान र नदी किनारा’ नामक पहिलो कविताकृतिबाटै आफ्नो पहिचान स्थापित गरिसकेका कवि खेरेसको ‘कोलम्बस यात्रा’को नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति तथा वरिष्ठ कवि बैरागी काइँलाले नेपाली वाङ्मय परिषद्, नेपाल र नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतद्वारा राजधानीमा आयोजित एक समारोहमा लोकार्पण गरे ।
उक्त समारोहमा काइँलाले मूलधारको नेपाली साहित्यले डायास्पोराको साहित्यलाई स्वीकार नगरेको भन्दै अब डायास्पोरिक साहित्यलाई स्वीकार नगरी धर नपाइने बताए । कविहरू स्वाभावैले युद्धविरोधी हुने उल्लेख गर्दै उनले युद्धको कविता लेख्नु भनेको युद्धको अन्त्यको चाहना राख्नुभएको जिकिर गरे । उनले भने, ‘कवि खेरेसका कविताहरू निकै सशक्त छन् ।’
कार्यक्रममा कवि जसराज किराती, श्रवण मुकारुङ र सुरेश हाचेकालीले बोलेका थिए । उनीहरूले कवि खरेसका कविताले देश, समाज, सस्ंकृति र डायास्पोराका विषयलाई लिएर खेरेसले रचेका कविताहरू अब्बल रहेको दाबी गरे । कार्यक्रममा कवि खेरेसले कवितालेखन अनुभूतिबारे बोलेका थिए ।
नेपाली प्रतिभा पतिष्ठान, बेलायतद्वारा प्रकाशित ‘कोलम्बस यात्रा’भित्र ‘मेरा कविताहरू’, ‘एक निर्वासित बकपत्र’, ‘एभन नदी बग्न चाहन्छु’, ‘मलाई परदेशी नभन्नू’ लगायत ३१ वटा कविता समाविष्ट छन् ।

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार