Presidential

खनाल चीन भ्रमणमा, बेइजिङमा उपचार र भेटघाट


खनाल चीन भ्रमणमा, बेइजिङमा उपचार र भेटघाट

२१ असार । नेकपा (एमाले) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल मंगलबार चीन प्रस्थान गरेका छन् । बेइजिङस्थित इनर मंगोलियन विश्वविद्यालयको निमन्त्रणामा खनाल एकसाताका लागि त्यसतर्फ प्रस्थान गरेका हुन् ।

बरिष्ठ नेता खनाल थाई एअरलाइन्सको विमानबाट बैंकक हुँदै बेइजिङतर्फ गएका छन् । खनाललाई उक्त विश्वविद्यालयले सम्मान गर्ने कार्यक्रम रहेको उनका स्वकीय सचिव कृष्ण भट्टराईले बताए ।

भ्रमणको सिलसिलामा वरिष्ठ नेता खनालले चिनिया कम्युनिष्ट पार्टीका उच्च नेताहरुसाग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । ‘भेटवार्ता तय भइसकेको छ, तर को–को नेतासाग भन्ने कुरा उतै तय हुनेछ’, खनालका स्वकीय सचिव भट्टराईले भने ।

एमाले केन्द्रीय कार्यलय सचिव कृष्णगोपाल श्रेष्ठले भने भ्रमणबारे पार्टीलाई कुनै जानकारी नभएको बताए । ‘ए हो र ! जानुभएछ ? पार्टीलाई त कुनै जानकारी नै छैन’, श्रेष्ठले भने ।

स्रोतका अनुसार, बेइजिङमा रहँदा खनालको स्वास्थ्य परीक्षण पनि गर्ने कार्यक्रम छ । थाइराइडका कारण समस्या झेलिरहेका उनको अपरेसन हुन सक्ने बताइएको छ ।

भ्रमणका क्रममा खनाल चीनको प्रसिद्ध सांस्कृतिक संस्था सिआइसीसीले आयोजना गर्ने विचार गोष्ठीमा पनि सहभागी हुनेछन् । उनका साथ धर्मपत्नी रवीलक्ष्मी र पुत्र निर्भिक पनि छन् ।

एक साता भ्रमण पूरा गरी खनाल २८ असारमा स्वदेश फर्किनेछन् ।

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार