Presidential

गैरआवासीय नेपालीलाई ‘सामूहिक लगानी कोषमा आउन अर्थमन्त्रीको आग्रह


गैरआवासीय नेपालीलाई ‘सामूहिक लगानी कोषमा आउन अर्थमन्त्रीको आग्रह

 

काठमाडौं, ९ फागुन । अर्थमन्त्री डा. युवराज खतिवडाले गैरआवासीय नेपालीलाई सामूहिक लगानी कोषमार्फत नेपालमा लगानी गर्न आग्रह गरेका छन् । गैरआवासीय नेपाली संघ बेलायतद्वारा आयोजित कार्यक्रममा अर्थमन्त्री खतिवडाले अहिले नेपालमा लगानीको उपयुक्त वातावरण रहेको जानकारी दिँदै भने, ‘तपाईंका समस्या बुझ्न र नेपालमा लगानीको सम्भावनाबारे छलफल गर्न म यहाँ आएको छु ।’ अर्थमन्त्रीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुने भन्सार चेकजाँचको विषयलाई अनावश्यक उचालिएको बताए । अर्थमन्त्रीको सचिवाललयका अनुसार अर्थमन्त्रीले ठूला मुलुकमा हुने भन्सार चेकजाँचलाई सामान्य मानिने भए पनि नेपालमा ठूलो विषय बनाइने गरेको बताए ।
कार्यक्रममा अर्थमन्त्री डा. खतिवडाले चालू आवमा ७ प्रतिशतभन्दा माथिको आर्थिक वृद्धि हुने उल्लेख गरे । करका दर बढाइएको गुनासोतर्फ इंगित गर्दै अर्थमन्त्री खतिवडाले करका दर बढेको नभई सुधार गरिएको बताएका छन् । व्यापार घाटा अहिले सिर्जना भएको समस्या नभई विगतदेखिको संरचनागत समस्या भएको समेत अर्थमन्त्रीले उल्लेख गरे । २९ र ३० मार्च २०१९ मा नेपालमा आयोजना हुने लगानी सम्मेलनको तयारीका लागि अर्थमन्त्री अहिले लन्डनमा छन् । अर्थमन्त्रीले शुक्रबार लन्डनमा आयोजना हुने ‘नेपाल विकास सम्मेलन’लाई सम्बोधन गर्ने कार्यक्रम छ ।

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार