Presidential

चर्चित लोक गायक मोतीराज खनाल र राधा आचार्यको तिजको कोशेली ‘सधै तमासा’ सार्वजनिक (भिडियो सहित)


चर्चित लोक गायक मोतीराज खनाल र राधा आचार्यको तिजको कोशेली  ‘सधै तमासा’ सार्वजनिक (भिडियो सहित)

काठमाडौं १२ साउन । चर्चित लोक गायक मोतीराज खनाल र राधा आचार्य अधिकारीको ‘सधै तमासा’ नामक तीजको गीती एलबम बिमोचन भएको छ ।
अर्घाखाँची सरोकार समाजले रिपोर्टर्स क्लब नेपालमा आयोजना गरेको कार्यक्रममा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीले बिमोचन गरे ।
मोतीराज खनालको शब्द तथा गिता पराजुलीको संगित रहेको उक्त गीतको म्युजिक भिडियो सापकोटा प्रोडक्सनले बजारमा ल्याएको हो । चर्चित कलाकार कमल गाउँले, रञ्जु अधिकारी र मोडलमा कृष्ण सापकोटा, भीमा लामाको अभिनय रहेको उक्त गीतको भिडियोलाई प्रकाश धमलाले सम्पादन गरेका छन् । गुरु आमा तथा स्मृति तिमिल्सिनाको निर्देशनमा निर्माण भएको म्युजिक भिडियोलाई सुरेश श्रेष्ठले क्यामेरामा कैद , गरेका छन र कमल सौरागले एरेन्ज गरेका हुन् ।
नजिकिँदै गरेको महिलाहरुको महान पर्व हरितालिका तीजको विशेष अवसर पारेर बजारमा सार्वजनिक उक्त गीतले नेपाली समाजमा रहेका बेथितिहरुको बारेमा उजागर गरेको छ ।
कार्यक्रममा उक्त गिती एल्बम बजारमा ल्याउन योगदान पु¥याउने कलाकार तथा स्रष्टाहरुलाई अर्घाखाची सरोकार समाजले ‘गायक मोतीराज खनाल तथा गायिका राधा अधिकारी प्रमाणपत्र’ प्रदान गरेको छ ।
उक्त अवसरमा समाजले कमल गाउँले, सन्तोष केसी, सुनिल बिसी, रञ्जु अधिकारी, नारायण पाण्डे, सरिता पाण्डे, कृष्ण सापकोटा, लक्ष्मण चापागाँई र गिता पराजुलीलाई सम्मान तथा मायाको चिनो प्रदान गरेको थियो । अर्घाखाँचीमा जन्मिएका मोतिराज खनाल २०६३ साल देखी गित संगितमा लागेका थिए । उनको पहिलो एल्वम जुनी जुनी संगै बाचौला , ऋण बढेर दोब्वर भैसकेयो, संगै सुते लाग्छ गोडामा , लाली गुराँस फुल्यो मायाँलु, यो सन्देश पठाईदेउ मेरी सानीलाई, नयाँ नेपाल निर्माण अब, क्याराम्री पुतली लगायत दजनौ गितहरु बजारमा आईसकेका छन् । मिठो स्वँरका धनी खनाल शब्द र लय पनि आफै बनाउने गर्छन उनको यो तिजको कोशेली सधै तमासा जनचेतनामुलक रहेको उनको भनाई छ ।moti-ra-teej-photo

गीत हेर्न यहाँ क्लिक

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार