Presidential

चाबहिल–साँखु सडक दशैंसम्ममा पिच नभए ठेक्का तोडिने


चाबहिल–साँखु सडक दशैंसम्ममा पिच नभए ठेक्का तोडिने

काठमाडौं, २३ भदौं । चाबहिल–साँखु सडक खण्डको चाबहिलदेखि जोरपाटीसम्म दशैंसम्म पिच नभए सरकारले ठेक्का तोड्ने भएको छ ।

सडक विभागका महानिर्देशक केशवकुमार शर्माले दशैंभित्र पनि पिच नभए ठेक्का तोड्ने जानकारी दिएका छन् ।

यो सडकलाई चार लेनमा विस्तार गर्न उपत्यका सडक विस्तार आयोजनाले २०७२ को असोजमा दुई वर्षमा पूरा गर्ने गरी ठेक्का लगाएको थियो ।

तर, हालसम्म पनि विस्तारको काम सकिएको छैन । सडक विस्तारको क्रममा स्थानीय बासिन्दाको अवरोध, मुआब्जा विवाद, साइट क्लियरलगायत समस्याले तोकिएको समयमा काम पूरा नसकेको हो । अन्नपूर्ण पोष्ट दैनिकबाट

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार