Presidential

चिनियाँ राष्ट्रपति सी स्वदेश प्रस्थान


चिनियाँ राष्ट्रपति सी स्वदेश प्रस्थान

काठमाडौँ, २६ असोज। चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपालको दुई दिने राजकीय भ्रमण सकेर स्वदेशतर्फ प्रस्थान गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा हिँजो काठमाडौं आइपुगेका सीलाई विदाई गर्न राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका नेताहरू त्रिभुवन विमानस्थल पुगेका छन्।

सी नेपालमा रहँदा राष्ट्रपति भण्डारी, प्रधानमन्त्री ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायतका नेताहरूले भेटवार्ता गरेका थिए ।
साथै नेपाल र चीनबीच विभिन्न विषयमा दुई पक्षीय सहयोग आदान–प्रदान गर्ने सम्झौताहरू पनि भएका थिए ।

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार