Presidential

चीनका राष्ट्रपति सी जिनपिङले नेपाल भ्रमण गर्ने संभावना


चीनका राष्ट्रपति सी जिनपिङले नेपाल भ्रमण गर्ने संभावना

२५ जेठ । उपप्रधान तथा रक्षामन्त्री भीम रावलसँग गणतन्त्र चीनका ‘जोइन्ट स्टाफ डिपार्टमेन्ट सेन्ट्रल, मिलिटरी कमिसनका डेपुटी चिफ एडमिरल सुन जिङ्गोको नेतृत्वले शिष्टाचार भेट गरेको छ । भेटवार्ताका क्रममा मन्त्री रावलले नेपाल सदैव एक चीन नीतिको पक्षमा रहेको र चीनको प्रगतिमा नेपाल खुसी हुँदै आएको कुरा उल्लेख गरेका थिए ।

उनले गत वर्ष नेपालमा गएको विनाशकारी भूकम्पको समयमा चीन सरकारबाट उद्धार, खोज तथा राहत कार्यमा उपलब्ध गराएको विशेष सहयोगका लागि धन्यवाद पनि दिएका थिए । त्यसबेला चिनियाँ जनमुक्ति सेनाले निर्वाह गरेको भूमिकाको मन्त्री रावलले प्रशंसासमेत गरे ।

भेटका अवसरमा चिनियाँ प्रतिनिधिमण्डलका प्रमुख एडमिरल सुनको नेतृत्व टोलीले नेपाल चीनको ज्यादै असल छिमेकी मित्र रहेको र नेपाल–चीन सम्बन्ध ऐतिहासिक भएको चर्चा गरेका थिए । भेटका क्रममा चीन सधैँ नेपालको स्वतन्त्रता र स्वतन्त्र निर्णयको पक्षमा रहेको पनि उल्लेख गरिएको थियो ।

निकट भविष्यमा चीनका राष्ट्रपति सी जिनपिङले नेपालको भ्रमण हुनसक्ने सम्भावना रहेको बताउँदै उपप्रधानमन्त्री रावललाई चीन भ्रमण गर्नसमेत उनले आग्रह गरेका थिए ।

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार