Presidential

जबजमा भरतमोहनको त्यो अडान

–पहिलो न्यूज

जबजमा भरतमोहनको त्यो अडान

काठमाडौं । जनताको बहुदलीय जनवाद (जबज)का सर्जक दुर्घटनामा परे । तर, मदन भण्डारीले ल्याएको जबज यति शक्तिशाली सिद्धान्त बन्यो कि नेपालमा कम्युनिष्ट आन्दोलन नै यूर्टन भयो ।

२०५१ को नेकपा एमाले सरकारले त्यही कार्यक्रमको मार्गदर्शनमा नेपालको सामाजिक–आर्थिक–राजनीतिक कार्यदिशा नै बदलिदियो । समाजवाद उन्मुख नेपालको संविधान–२०७२ ले तत्कालीन एमालेको नौ महिने सरकारकै सार बोकिदियो । अनि, नेपालमा अहिले नेपाल कम्युष्टि पार्टी (नेकपा)ले दुई तिहाइको सहज बहुमतको सरकार चलाइरहेको छ ।

यसको श्रेय जबजलाई नै जान्छ । किनभने, बन्दूकको नालबाट सत्ता जन्मन्छ भन्ने शक्ति आज नेकपाको रुपमा संसदीय शक्तिको उपयोगबाट जनवाद प्रयोग गर्ने अवस्थामा आएको छ ।

तर, जबज आउनुमा तत्कालीन मालेका युवा नेताहरुको जस्तो हिम्मत र विवेक प्रयोग भएको थियो । उत्तिकै नेकपा माक्र्सवादीमा आवद्धहरुको योगदान अतुलनीय छ । किनभने, २०४६ अघिका माक्र्सवादी नेपालमा नयाँ जनवादको बिकल्प देखिरहेको थिइन ।

अनि, तत्कालीनमा मालेका नेता मदन भण्डारीले जबजको प्रस्ताव ल्याए । त्यसभित्र पनि थुप्रै बहस भए । २०४९ मा सम्पन्न पाँचौ महाधिवेशनले अन्ततः जबज पारित गरेरै छोड्यो । मदन भण्डारी फ्रन्टलाइनको नेतृत्वमा देखिए ।

तर, त्यो कार्यक्रम तत्कालीन माक्र्सवादीले अस्वीकार गरिदिएका थिए भने मदन भण्डारीको वाम एकता र जबजको कुरा नै अर्को हुने थियो । अहिलेको एकीकृत नेकपा हुन्थ्यो वा हुने थिएन । यी सवै कल्पना र विश्लेषणका विषय रहे । अतः हामीले भुल्नै नहुुने र धेरैले भुलेको कुरा भनेको त्यसबेला कसरी तत्कालीन माक्र्सवादीले जबज स्वीकारे ।

जबकी, नेकपाका संस्थापक पुष्पपालका साँधुभाई मनमोहन अधिकारी नै जबज स्वीकार्न तयार थिएनन् । कसरी, मनमोहनले जबज स्वीकारे र नेपालमा कम्युनिष्टले जनहितको काम मार्फत् जनवाद ल्याउन सक्छ भन्ने प्रमाणित भयो ।

यसका प्रमुख पात्र हुन्, भरतमोहन अधिकारी । मनमोहन र भरतमोहनलाई रामलक्ष्मणको संज्ञा समेत दिइन्थ्यो । तर जब, मदन भण्डारीले जबजको प्रस्ताव ल्याए । यसपछि आफ्नै दाजूविरुद्ध उभिए, भरतमोहन ।

अध्ययनशील र चिन्तक भाइको सामू मनमोहन गले, यसपछि तत्कालीन एमालेले जबज पारित गर्ने अवस्था बन्यो । अहिले त्यही जबजकै सिद्धान्तले देशमा कांग्रेसलाई बिचराको अवस्थामा उभ्याएको छ । र, ती दूरदर्शी अनि तत्कालीन एमालेका निविर्कल्प अर्थमन्त्री भरतमोहन अधिकारीको शनिबार राति ९ः३५ बजे निधन भएको छ ।

जसलाई बृद्धबृद्धाले भगवान भन्छन्, संघीयता समर्थकहरूले आफ्नो गाउँ आफैं बनाऊ अभियान सम्झन्छन् । जसको सोंच र कार्यक्रमले आज उदारवादी कांग्रेसलाई पनि सामाजिक न्याय र समतामुलक योजनाका लागि बाध्यकारी बनाएको छ ।

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार