Presidential

जापान उडान : रित्तै जाने, रित्तै आउने


जापान उडान : रित्तै जाने, रित्तै आउने

काठमाडौं, ५ असोज । सुन्दा गर्वै लाग्छ–नेपाल एयसलाइन्स सीधै जापान उड्न थालेको छ । यसको व्यापारिक हालत भने पीडादायी छ । अर्थात, वाइडबडी विमान रित्तै जस्तै जान्छ, रित्तै जस्तो आउँछ ।

अगस्ट २९ यता काठमाडौं–ओसाका–काठमाडौं १५ उडान भए । औसत यात्रु संख्या भने सिट क्षमताको १९ प्रतिशत मात्र छ । २७६ सिट क्षमताको वाइडबडी अगष्ट ३१ मा त काठमाडौँबाट १८ जना बोकेर उड्यो ।

‘ओसाका सेक्टर अत्यधिक घाटाको उडान हो,’ नेपाल वायु सेवा निगमका उच्च अधिकारी भन्छन्,‘ भाडा, दूरी र खर्च हेर्दा यस रुटको अकुपेन्सी ८० प्रतिशतभन्दा माथि पुगे मात्र नाफामा जान्छ ।’

लामो गन्तव्य नपाएर एक वर्ष अलमलिएको वाइडबडी ओसाका उडाउने तयारी भइरहेको थियो । निगम दिवसमा प्रधानमन्त्री केपी शर्मा ओलीले भने, ‘उडाउनु पथ्र्यो नारिता, उडान खोजिँदैछ ओसाका ।’

नारिता टोकियोसँगैको विमानस्थल हो । त्यहाँभन्दा टाढाको शहर ओसाकाबाट नेपाल आउने र यताबाट त्यहाँ जाने यात्रु कम हुन्छन् । त्यो जापानको क्षेत्रीय केन्द्र हो, जहाँ नेपालसँग हवाई व्यापार चम्किने कुनै साइनो छैन । अन्नपूर्ण पोष्टबाट

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार