Presidential

टुंगियो जनवर्गीय संगठनको नेतृत्व (नामावलीसहित)


टुंगियो जनवर्गीय संगठनको नेतृत्व (नामावलीसहित)

काठमाडौं– पार्टी एकताको एक वर्षपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले जनवर्गीय संगठनको एकता टुंगो लगाएको छ । बिहीबार दिउँसो बसेको सचिवालय बैठकले नेतृत्व टुंगो लगाएको हो ।

सचिवालयले संयोजक र सहसंयोजकको व्यवस्था गरेको छ । पूर्व एमालेबाट संयोजक बनेकोमा पूर्व माओवादीबाट सहसंयोजक र पूर्व माओवादीबाट संयोजक बनेको जनसंगठनमा पूर्व एमालेबाट सहसंयोजकको जिम्मेवारी तोकिएको छ ।

सचिवालयले विद्यार्थी संगठनको संयोजकमा ऐन महर र सहसंयोजकमा रञ्जित तामाङ तोकेको छ । युवामा रामप्रसाद सापकोटा दीपशिखा संयोजक र रमेश पौडेल सहसंयोजक तोकिएको छ । महिलाको संयोजक अमृता थापा मगर र सहसंयोजक सीता पौडेल तोकिएका छन् । मजदुरको संयोजकमा विनोद श्रेष्ठ र सहसंयोजकमा जगत सिम्खडा तोकिएका छन् ।

प्रवासी नेपाली मञ्च भारतको संयोजकमा लोकनाथ भण्डारी र सहसंयोजकमा ईश्वरी भण्डारी तोकिएका छन् । प्रेसमा महेश्वर दाहाल संयोजक र गणेश बस्नेत सहसंयोजक, बुद्धिजिवीतर्फ दिनेशचन्द्र देवकोटा संयोजक र कृष्ण केसी उपसंयोजक तोकिएका छन् ।

पेशागत महासंघमा विश्वनाथ प्याकुरेल संयोजक र दयाराम बस्याल सहसंयोजक तथा जन सांस्कृतिक महासंघमा खगेन्द्र राई संयोजक र सरल सहायात्री सहसंयोजक तोकिएका छन् । मुस्लिम संगठनमा सिराज महमद फरुकी संयोजक र अत्तहर हुसेन फारुकी सहसंयोजक, दलितमा तिलक परियार संयोजक र ओमबहादुर विश्वकर्मा सहसंयोजक तोकिएका छन् ।

भूपू सुरक्षाकर्मीको संगठनमा धनबहादुर चन्द संयोजक तोकिएका छन् । किसान महासंघको संयोजकमा वामदेव गौतम र सहसंयोजकमा चित्रबहादुर श्रेष्ठ तोकिएका छन् । अपाङ्ग महासंघको संयोजकमा इन्द्रमाया गुरुङ, सहसंयोजकमा रामप्रसाद ढुंगाना, मानवअधिकार तथा सामाजिक मञ्चको संयोजकमा मीनबहादुर साही र सहसंयोजकमा हुकुम पोखरेल तोकिएका छन् ।

जनजातिमा संयोजक सुरेश आले, सहसंयोजक शेरबहादुर तामाङ, भूमिहीनको संयोजकमा रामपृत पासवान र सहसंयोजकमा पदम देवकोटा, खेलकुदको संयोजकमा पुरुषोतम पौडेल, सहसंयोजकमा शिव कोइराला तथा उद्योग व्यवसायी संगठनको संयोजकमा लक्ष्मीदास मानन्धर र सहसंयोजक श्याम पाठक तोकिएका छन् ।

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार