Presidential

डा. सन्दुक रुइतलाई डेंगी, नर्भिक अस्पताल भर्ना


डा. सन्दुक रुइतलाई डेंगी, नर्भिक अस्पताल भर्ना

काठमाडौें, २३ भदौं । आँखाका वरिष्ठ डाक्टर सन्दुक रुइतलाई पनि डेंगीको संक्रमण भएको छ । उनलाई हाल थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको उनी निकट स्रोतले जानकारी दिएको छ ।

तिलगंगा आँखा केन्द्रका निर्देशक डा. रुइत सरल र कम लागतमा मोतिबिन्दुको चिकित्सा पद्धति ’रुइतेक्टोमी’का शुरुवातकर्ता हुन् । सन् २००६ मा रमन म्याग्सेसे पुरस्कार पाएका उनले एक लाखभन्दा बढीको मोतियाबिन्दु शल्यक्रिया गरिसकेका छन् ।

अस्पताल भर्ना भए पनि रुइतको स्वास्थ्य अवस्थाबारे विस्तृत जानकारी नभइसकेको स्रोतले बताएको छ । गत बुधबार मात्रै कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनाल पनि डेंगी संक्रमण देखिएर ग्रान्डी इन्टरनेसनल हस्पिटलमा भर्ना भएका थिए ।

पछिल्लो समय देशभरमा डेंगी संक्रमण हुने दर बढेको छ । वैशाखदेखि फैलिएको डेंगीबाट ४८ भन्दा बढी जिल्लामा ५ हजारभन्दा धेरै संक्रमित भइसकेका छन् ।

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार