Presidential

दशैंका यात्रुले पाएनन् टिकट


दशैंका यात्रुले पाएनन् टिकट

काठमाडौं, १० असोज । दशैं नजिकिँदै जाँदा यात्रुले टिकट नपाएको गुनासो गरेका छन् । दशैंको मुखमा घर जाने तयारीमा रहेका यात्रु टिकट नपाउँदा निरास छन् ।

पूर्व, पश्चिम, मध्यपश्चिम र सुदूरपश्चिम सबैतिरका यात्रुले टिकट काट्न जाँदा बुक भइसकेको सूचना पाउने गरेको बताए ।

काठमाडौंबाट नजिक रहेका जिल्लाहरुका लागि भने शुक्रबारबाट टिकट बुकिङ खुल्दैछ । पोखरा जाने यात्रुले सुन्धरा र नयाँ बसपार्कबाट टिकट लिन पाउने छन् ।
गोरखाका लागि पनि शुक्रबार नै टिकट खुला भएको छ । कान्तिपुर दैनिकबाट

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार