Presidential

नयाँ शक्ति निर्माण अभियान


नयाँ शक्ति निर्माण अभियान

काठमाडौं– कम्युनिष्ट र रातो रङ एक अर्काका पर्यायवाची । झन्डा रातो, अभिवादन रातो (लालसलाम) अनि नाम पनि रातो । रातो अर्थात क्रान्तिको प्रतिक । जनयुद्धकालमा बाबुराम भट्टराईको नाम त लालध्वज नै थियो । लालध्वज क्रान्तिकारी पहिचान दिने नाम थियो । यस्तो रातोलाई आत्मसात गर्दै आएका डा.बाबुराम भट्टराई अहिले रातोबाट टाढा–टाढा देखिँदै छन् ।

नयाँ शक्ति निर्माण अभियानका क्रममा उनले रातो रङ खासै प्रयोग गरेका छैनन् । अझ् नयाँ शक्ति निर्माण अभियन्ताका लागि बनाइएको टोपीको रङ त सेतो नै रोजियो । माक्र्सवादी विचारधारा त्याग गरेको तथा कम्युनिष्टपथबाट विलचन भएको आरोप लागेका बेला बाबुरामले किन रोजे त सेतो रङको टोपी ? नयाँ शक्तिका अभियन्ताले लगाउने सेतो रङको टोपी संयोगमा आएको हो कि रणनीतिमा ? यसमा रमाइलो प्रंसग भेट्टिएको छ । यद्यपी आलोचकहरु भट्टराईको टाउकोको सेतो टोपीलाई लिएर अनेकौ टिप्पणी गर्न पछाडि पर्दैनन् । असोज ९ गते एकीकृत माओवादी त्यागपछि भट्टराईले नयाँ शक्ति निर्माणको अभियान थालेका हुन् । यसैक्रममा एकीकृत माओवादीमा रहेका भट्टराई निकट मानिने नेता–कार्यकर्ताको मंसिर ६ र ७ गते काठमाडौंमा राष्ट्रियस्तरको भेलाको आयोजना गरिएको थियो ।

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार