Presidential

नेता नेपालबाट मोदीलाई बधाई  


नेता नेपालबाट मोदीलाई बधाई  

काठमाडौँ, १२ जेठ।  
नेपाल कम्युनिष्ट पार्टी९नेकपा०का वरिष्ठ नेता माधवकुमार नेपालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आज टेलिफोन गरी लोकसभा निर्वाचनमा उहाँको विजय भएकामा बधाई दिनुभएको छ ।
पूर्वप्रधानमन्त्री नेपालले मोदीको दोस्रो कार्यकालमा दुई देशबीचको सहकार्य लाभदायी हुने र नेपाल–भारतबीचको सम्बन्ध उचाइमा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । भारतीय प्रधानमन्त्री मोदीले शुभकामनाका लागि धन्यवाद दिँदै नेपालसँग मिलेर काम गर्ने आफ्नो प्रतिबद्धता दोहो¥याउनुभएको नेता नेपालका प्रेस सहयोगी तथा नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिनुभयो ।

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार