Presidential

नेत्री कोइराला इण्डोनेशीया प्रस्थान


नेत्री कोइराला इण्डोनेशीया प्रस्थान

sujataवैशाख ८, काठमाडौ । नेपाली काँग्रेस नेत्री एवम् पूर्व परराष्ट्रमन्त्री सुजाता कोइराला बुधबार राती इण्डोनेशीया प्रस्थान गर्नुभएको छ ।

नेपाली समयअनुसार बेलुका सवा एघार बजे त्यसतर्फ जान लाग्नुभएको हो । आगामी अप्रिल २२ देखि २४ सम्म इण्डोनेशीयाको राजधानी जर्कातामा हुने विश्व सम्मेलनमा भाग लिन त्यसतर्फ प्रस्थान गर्न लाग्नुभएको हो ।

सम्मेलनमा जनताको कल्याण र प्रजातन्त्र सुढृढका लागि विश्वका राजनीतिक दलको भूमिकाको बारेमा छलफल हुनेछ ।
सम्मेलनमा एसियन राजनीति दलको संगठन (आइक्याप) ल्याटिन अमेरिकन र क्याराभानका राजनीतिक दलको संगठन (कोपाल) अफ्रिकन काउन्सिल (क्याप) लगायतका संगठनका प्रतिनिधीको सहभागिता रहनेछ भने युरोपियन सांसद सदस्यहरु निरीक्षकका रुपमा रहनेछन् ।

रासस अच्युत रेग्मी

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार