Presidential

नेपालबाट ३७३ चिनियाँ नागरिक निष्कासित


नेपालबाट ३७३ चिनियाँ नागरिक निष्कासित

काठमाडौं, ३० पुस । भिसामा तोकिएभन्दा बढी समय बसोवास गरेर विभिन्न क्षेत्रमा काम गर्दै आएको चिनियाँ नागरिकलाई गृह मन्त्रालयले निष्कासन गरेको छ। मन्त्रालयअन्तगएतको अध्यागमन विभागले जलविद्युत, सडक, रसुवा करिडोर तथा सिमेन्छ कारखानमा कार्यरत चिनियाँ नागरिकलाई अनुमतिविना ९ओभर स्टे० नेपालमा बसेको भन्दै देश निकाला गरेको समाचार नागरिक दैनिकमा छ। सन् २०१८ मा ३७३ जना चिनियाँ नागरिकलाई निष्कासन गरिएको छ। चिनियाँ नागरिक पर्यटक भिसामा आएर विकास निर्माणका काममा खटिँदै आएका छन्। पछिल्लो पटक गृहमन्त्रालयले पर्यटक भिसामा नेपाल आएर कोटेश्वर–कलंकी खण्ड सडक योजनामा कार्यरत पाँच चिनियाँ नागरिकलाई निकालेको थियो।

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार