Presidential

नेपालले मलेशियालाई ६ रनले हरायो


नेपालले मलेशियालाई ६ रनले हरायो

काठमाडौं, २९ असार । नेपालले मलेशियाविरुद्धको दुई टी–२० को सिरिजमा ‘क्लिन स्विप’ गरेको छ । नेपालले आइतबार दोस्रो खेलमा ६ रनको जित निकालेको छ । यससँगै नेपालले सिरिजमा २–० को अग्रता लियो ।

यसअघि नेपालले शनिबारको पहिलो खेलमा ७ विकटको जीत हात पारेको थियो । किनारा ओभल क्रिकेट मैदानमा जितका लागि १७४ रनको लक्ष्य पछ्याइरहेको मलेशियाले १६७ रन मात्र बनाउन सक्यो ।

हारमा पनि मलेशियाले नेपालसामु बलियो चुनौती पेस गरेको थियो । मलेशियाले २० ओभर उपयोग गरेर ७ विकेट गुमाएको थियो । त्यसमा सोमपाल कामीले दुई र सन्दीप लामिछानेले दुई विकेट लिए ।
यसअघि नेपालले पहिले ब्याटिङ गर्दै १७३ रन बनाएको थियो र यो नेपाला लागि ट्वान्टी ट्वान्टी क्रिकेटमा अहिलेसम्मकै उच्च स्कोर हो । त्यसमा विनोद भण्डारीले विनोद भण्डारीले ५१ रन बनाए ।
उनी यसक्रममा नेपालका लागि सर्वाधिक छिटो अर्धशतक पूरा खेलाडी खेलाडी पनि बने । उनले २५ बलको मात्र सामना गरे । त्यसमा उनले ३ चौका र ५ छक्का प्रहार गरे । यस्तै शरद भेषावकरले ४० रनको योगदान दिए ।

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार