Presidential

नेपाल प्रहरीमा तीन हजार ६ सय दरबन्दी थपिंदै


नेपाल प्रहरीमा तीन हजार ६ सय दरबन्दी थपिंदै

काठमाडौं, ४ असोज । गृह मन्त्रालयले नेपाल प्रहरीमा ३ हजार ६०० दरबन्दी थप्न सिफारिस गरेको छ । तीन प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) र दुई उपरीक्षक (एसपी)सहित ३ हजार ५९६ दरबन्दी थप्न प्रस्ताव स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पेश गरिएको छ ।

नेपाल प्रहरी र प्रदेश प्रहरीसम्बन्धी ‘संगठन तथा व्यवस्थापन सर्वेक्षण’(ओएनएम) नबनाई गृहले दरबन्दी थप्न प्रस्ताव गरेको हो ।

गृहमन्त्री रामबहादुर थापाले स्वीकृत गरेको उक्त प्रस्ताव गृहसचिव प्रेमकुमार राईले मुख्यसचिव लोकदर्शन रेग्मीसमक्ष पेश गरेका छन् । अब बस्ने मन्त्रिपरिषद् बैठकबाट दरबन्दी थपको प्रस्ताव स्वीकृत हुने गृहका एक अधिकारीले जानकारी दिए । कान्तिपुर दैनिकबाट

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार