Presidential

नेपाल हिरो अफ ट्यालेन्ट हुँदै, अडिसनमा छुट्नुभयो कि ? 


नेपाल हिरो अफ ट्यालेन्ट हुँदै, अडिसनमा छुट्नुभयो कि ? 

काठमाडौ, २२ वैशाख । नेपालमा एकपछि अर्को गर्दै विभिन्न रियालिटि शोहरु हुने गरेका छन । यसमा अर्को रियालिटी शो पनि थपिएको छ । एन्जल मिडियाले ‘नेपाल हिरो अफ ट्यालेन्ट’ रियालिटी शो सञ्चालनमा ल्याएको छ । विभिन्न उमेर समुहका प्रतिभालाई समेट्ने यस रियालिटी शोको देशका विभिन्न भागमा अडिसनहरु भइरहेका छन ।

विभिन्न प्रतिभा गायन, नृत्य, अभिनय, बाद्यबाधन, बिट बक्सिङ, बि बोईङ, लगायत आफुसँग भएको प्रतिभालाई सहभागिले प्रस्तुत गर्न सक्नेछन । प्रदेश १ मा अडिसन सकिएपछि पोखरामा अडिसन हुन लागेको छ । बैशाखको २८ र २९ गते पोखरामा नेपाल हिरो अफ ट्यालेन्टको अडिसन हुने एन्जल मिडियाका मार्केटिङ डाइरेक्टर समिर लामा तामाङले जानकारी दिए ।

उनका अनुसार काठमाडौको बसुन्धारा स्थित ऐती पार्टी प्यालेसमा जेठको ५, ६ र ७ गते अडिसन हुँदैछ । अडिसन सकिएपछि हिमालय एच.डी च्यानलबाट नियमित प्रसारण हुने उनले बताए । हिरो अफ ट्यालेन्टमा पहिलो हुने बिजेतालाई नगद ७० लाख, दोस्रोलाई २० लाख र तेस्रो हुने विजेतालाई १० लाख दिने आयोजक एन्जल मिडियाका प्रबन्ध निर्देशक प्रेम कुमार श्रेष्ठले बताए ।

यस कार्यक्रमका जजहरु गायक आनन्द कार्की, अभिनेत्री अलिना बास्कोटा र संगीतकार ओम प्रकाश राई रहेका छन ।

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार