Presidential

पाकिस्तानमा भएको बम विस्फोटमा १६ जनाको मृत्यु


पाकिस्तानमा भएको बम विस्फोटमा १६ जनाको मृत्यु

काठमाडौ, २९ चैत । पाकिस्तानको बलोचिस्तान प्रान्तको राजधानी क्वेटामा भएको बम बिस्फोटमा १६ जनाको मृत्यु भएको छ । स्थानीय पुलिसका अनुसार यो बिस्फोट बिहान करिब ८ बजे हजारगञ्ज इलाकामा भएको हो ।

समाचार एजेन्सी एपीपीका अनुसार पुलिसका अनुसार यो बिस्फोट बजारमा राखिएको पुलिस भ्यानलाई निशाना बनाएर गरिएको थियो ।

धमाका पछि सुरक्षाबलले इलाकालाई घेरामा लिएको छ । पुलिसका अनुसार हजारगञ्जमा हजारा शिया समुदायसँग जोडिएका मानिसहरु बस्छन् ।

समाचार एजेन्सी एएफपीका अनुसार मारिएका र घाइते भएका धेरैजसो मानिसहरु यसै समुदायका हुन् ।

पाकिस्तानमा हजार शिया मानिसहरुलाई निशाना बनाएर पहिले पनि हमला गरिँदै आएको छ ।

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार